‘जबजको औचित्य सकिएको छैन, समयानुकूल परिमार्जन गर्नुपर्छ’
१४ असार २०७९
•
३ मिनेट पाठ
‘जबजको औचित्य सकिएको छैन, समयानुकूल परिमार्जन गर्नुपर्छ’
फाउन्डेसनको अधिवेशन। तस्बिर: भीम/नागरिक
नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ समय र परिस्थितिअनुकूल कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन्। जबजको औचित्य सकियो भन्नु भ्रममात्रै भएको वक्ताले बताए।




मदन भण्डारीको ७१औं जन्मजयन्ती तथा मदन भण्डारी फाउन्डेसनको चौथो जिल्ला अधिवेशनमा सहभागी वक्ताले जबजको कार्यदिशामै अहिले देशको सिंगो कम्युनिस्ट आन्दोलन अघि बढेको बताए। कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य अगमप्रसाद बान्तवाले भण्डारीकै बाटोमा अहिले देशको कम्युनिस्ट आन्दोलन अघि बढेको बताए। ‘जबजको औचित्य, प्रयोग सकियो भन्ने भ्रम फैलाउन थालिएको छ,’ उनले भने, ‘फाउन्डेसनले यो भ्रम चिर्न सक्नुपर्छ।’ उनले समयअनुसार जबजलाई पनि परिस्कृत गरेर जीवनोपयोगी बनाउँदै जानुपर्ने बताए।

केन्द्रीय सल्लाहकार परिषद् सदस्य लोकनाथ सुुवेदीले जबजकै कारण देशमा कम्युनिस्टको जनमत बढेको बताए। ‘अहिले सबै कम्युनिस्टले जबजकै प्रक्रिया अवलम्बन गरेका छन्,’ उनले भने, ‘पहिला फाउन्डेसनको गतिविधि अघि बढाउनै समस्या थियो, अहिले मदनकै बाटो ठीक छ भनेर कम्युनिस्टहरूले यसैलाई मार्गदर्शक सिद्धान्त बनाएको देखिन्छ।’

एमाले प्रदेश कमिटी सदस्य तथा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले जबजको कार्यदिशाभन्दा बाहिरको कुरा गर्ने कम्युनिस्टहरू विचलनतिर गएको बताए। ‘जबजले मात्रै कम्युनिस्टहरूलाई एक बनाउन सक्छ,’ उनले भने, ‘त्यही सिद्धान्त उपयोग गरेर मन्त्री, प्रधानमन्त्री बनेकाहरू अहिले जबजकै औचित्य सकियो भन्न थालेका छन्, कम्युनिस्टको खोल ओेढेका उनीहरूमा सैद्धान्तिक विचलन देखिएको छ।’ राईले  जबज देशको आवश्यकता भएको भन्दै माओवादीले समेत ‘२१ शताब्दीको जनवाद’का नाममा जबजलाई नै अँगालेको पनि बताए।

एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष महेश बस्नेतले कुनै पनि सिद्धान्तलाई समय र अवस्थाअनुकूल प्रयोग गर्नसक्नुपर्ने बताए। उनले समय र आवश्यकताअनुसार परिवर्तन नहुने सिद्धान्त दीर्घकालीन नहुने पनि जनाए। ‘जबज जुन परिस्थितिमा सिर्जना भएको हो, अहिलेको अवस्थामा पनि त्यसको सिर्जनात्मक प्रयोग आवश्यक छ,’ उनले भने, ‘श्रमजीवी सर्वहाराको राज्यसत्ता सशस्त्र क्रान्तिबाट मात्र सम्भव छ भन्ने विषयलाई पुष्पलाल र मदन भण्डारीहरूले जुन बाटो देखाउनुभयो, त्यो नेपाली समाजअनुकूल थियो र छ तर समयअनुसार परिवर्तित हुँदै जानुपर्छ।’  

फाउन्डेसनका निवर्तमान अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य गणेशप्रसाद बरालले इलाममा फाउन्डेसन स्थापना र सञ्चालन गर्न सुरुमा निकै कठिनाइ भएपनि अहिले सहज भएको बताए। ‘कतिपय स्थान र अवस्थामा फाउन्डेसन विवादितसमेत भएकाले गतिविधि धेरै भएनन्,’ उनले भने, ‘तर, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा जबजलाई व्यावहारिक बनाउँदै समयसापेक्ष प्रयोग गर्नमा फाउन्डेसनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’

एमाले जिल्ला कमिटी उपाध्यक्ष उदयबहादुर राईले नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शनका रूपमा जबजलाई लिनुपर्ने बताए। उनले जबज र एमालेकै लोकप्रियताका कारण कम्युनिस्ट शक्ति देशमा ७० प्रतिशतभन्दा बढी भएको भन्दै अन्य कम्युनिस्ट पार्टीले समेत जबजलाई फरक शब्दसहित अँगालेको बताए। फाउन्डेसनका निवर्तमान सचिव केशवकुमार धौरालीले फाउन्डेसन पार्टीको भ्रातृसंगठन वा राजनीतिक संगठन नभइ गैरनाफामूलक सामाजिक संस्था भएको जानकारी दिए।

फाउन्डेसन अध्यक्षमा अधिकारी

फाउन्डेसनको आजै सम्पन्न चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा सावित्रा शिवा र कोषाध्यक्षमा दीपेन्द्र खनाल चयन भएका छन्।

सदस्यहरूमा शिव अधिकारी, धनबहादुर फियाक, दिनेश ढकाल, मित्र खड्का, सीताराम घिमिरे, भक्त बर्देवा, प्रवेश पराजुली, नोमनाथ खतिवडा, तुलसा खत्री, प्रेम गुरुङ, विपनम गुरुङ, प्रदीप अधिकारी, प्रकाश खनाल, कुशबहादुर थेबे, खम्बासिंह लिम्बू, सटेन्द्र जबेगू, तेजमाया गुरुङ, कुलचन्द्र कट्टेल, दामोदर चापागाईं र एलबी थाम्सुहाङ चयन भएका छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
३१ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस