लुम्बिनी प्रदेश: संसदको अर्को अधिवेशन स्थायी राजधानीमै चल्ने!
१० असार २०७९
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेश: संसदको अर्को अधिवेशन स्थायी राजधानीमै चल्ने!
झण्डै दुई वर्षअघि २०७७ असोज २० मा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी क्षेत्र तोकियो। देउखुरीको भालुवाङ केन्द्र रहने गरि संसदको दुई तिहाई बहुमतले पास गरेको स्थायी राजधानी कार्यान्वयनको प्रकृया थालियो पनि। तर यो दुई वर्षको अवधि सम्म स्थायी राजधानी तोकिएको थलोमा राजधानीको भौतिक उपस्थिती भएको प्रत्याभुत हुन भने सकेन।  




यो अवधिमा दुई मन्त्रालयहरु स्थायी राजधानीमा सारिए। सुरुमा शहरी बिकास मन्त्रालय स्थायी राजधानीमा सारियो। कांग्रेसका डिल्ली चौधरी मन्त्री रहेको यो मन्त्रालय सारिएको जस्तो मात्रै भयो। तर कामकाज भने अस्थायी राजधानी बुटवलबाटै हुँदै आईरहेको छ।  

दाङकै मन्त्री चौधरीले स्थायी राजधानीबाट कामकाज नगरेको भन्दै उले मन्त्रालय पुनः बुटवल फिर्ता लगेको आरोप समेत लागेको थियो। त्यसोत, तत्काली शंकर पोख्रेल नेतृत्वको सरकारका पालामा स्थायी राजधानीमा सारिएको यो मन्त्रालयमै पछि बनेको सरकारका मन्त्री चौधरीले देउखुरी स्थित मन्त्रालयमै आएर पदभार ग्रहण गरेका थिए। तर उनी पछि बुटवल केन्द्रित भए। भलै मन्त्रालय भने देउखुरीमै छ, तर कामकाज भने बुटवलबाट हुन्छ।  

यसैगरि स्थायी राजधानीमै स्वास्थ्य मन्त्रालय पनि सारिएको छ। देउखुरीकै माओवादी सांसद ईन्द्रजीत चौधरी स्वास्थ्य मन्त्री नियुक्त भएलगत्तै उनले आफ्नो मन्त्रालयले स्थायी राजधानीमा सारेका थिए। उनले आफूले मन्त्रालय सार्नुको कारण स्थायी राजधानी कार्यान्वयनको बलियो आधारका रुपमा अथ्र्याएका थिए।

अहिलेसम्म स्थायी राजधानीको डिपिआर तयार गर्न स्थापना भएको प्रदेश पूर्वाधार बिकास प्राधिकरण स्थायी राजधानीमा छ। यस अलावा दुई मन्त्रालयका भवन राजधानीमा छन्। तर सरकारका अन्य निकायहरु भने अहिले पनि अस्थायी राजधानीमै केन्द्रित छन्।  

स्थायी राजधानी कार्यान्वयनको बलियो आधारका रुपमा रहेको भनेको प्रदेशसभा भवन हो। प्रदेशको संसद स्थायी राजधानीमै सञ्चालन हुन सके स्थायी राजधानी कार्यान्वयनको पाटो बलियो बन्ने प्रदेश पूर्वाधार बिकास प्राधिकरण बताउँछ। दुई वर्षसम्म स्थायी राजधानीको प्रत्याभूत गर्न नपाएको देउखुरीले आगामी भदौ देखि भने राजधानी बासीको प्रत्याभूत गर्न पाउने दाबी प्राधिकरणको छ। स्थायी राजधानीमा प्रदेशसभा भवन निर्माण भैरहेको छ।  प्राधिकरणका प्रमुख छबिराज पोख्रेलका अनुसार प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ।

‘प्रदेशसभा भवन निर्माणको काम ९० प्रतिसत पुरा भैसकेको छ,’ पोख्रेलले भने, ‘आगामी भदौ देखि प्रदेशसभा सञ्चालन हुने गरि भवन निर्माणको काम भैरहेको छ।’ उनले अबको प्रदेशको संसद यही भवनमै सञ्चालन हुने दाबी गरे। ‘प्रदेशको अवको संसद स्थायी राजधानीमै सञ्चालन हुने छ,’ उनले भने ‘यससंगै अन्य संरचनाहरु खडा हुनेछन्।’ प्रदेशसभा सञ्चालन भए लगत्तै मुख्यमन्त्री कार्यालय र सभामुखको कार्यालय स्थायी राधजानीमै सञ्चालन हुने उनको भनाई छ। ‘प्रदेशसभा स्थायी राजधानीमै सञ्चालन भए मुख्यमन्त्रीको कार्यालय र सभामुखको कार्यालय पनि स्थायी राजधानीमै सञ्चालन हुने छ,’ पोख्रेलले भने ‘त्यसका लागि स्थायी संरचना नबने सम्मका लागि तत्काल भवन खोजेर ब्यवस्थापन गरिने छ।’

प्राधिकरणका अनुसार प्रदेशका सात मन्त्रालय भवनको डिपिआर समेत सम्पन्न भैसकेको छ। अब तत्काल ठेक्का प्रकृया अघि बढ्ने उनले बताए। मन्त्रालयको भवन निर्माणका लागि ठेक्का प्रकृया प्रारम्भ हुनु स्थायी राजधानी कार्यान्वयनको अर्को बलियो पाटो हो। ‘मन्त्रालयको भवन निर्माणको डिपिआरको काम पुरा भैसकेको छ,’ उनले भने, ‘अब तत्काल निर्माणका लागि ठेक्का आह्वान हुन्छ।’

तर मन्त्रालय स्थानान्तरणका लागि स्थायी संरचना नबने सम्मका लागि अस्थायी रुपमा सञ्चालन गर्न भवनको खोजी समेत भैरहेको उनले बताए। ‘सात मन्त्रालय मध्य दुई मन्त्रालय अहिले पनि स्थायी राजधानीमा आईसकेका छन्,’ उनले भने ‘बाँकी ५ मन्त्रालय पनि सार्नका लागि भवनहरुको व्यवस्थापन गरिने छ।’  

भवन निर्माणको डिपिआर पुरा गरिसकेको प्राधिकरणले बस्ती व्यवस्थापनका लागि काम प्रारम्भको काम भने बाँकी रहेको जनाएको छ। स्याथी राजधानी क्षेत्रमा रहेका जग्गाको उपभोगका लागि यहाँका बस्तीको उचित ब्यवस्थापन गर्नुपर्ने हुन्छ। बस्ती व्यवस्थापन गर्ने भनेर प्रदेश सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको र अव उक्त कामको प्रकृया प्रारम्भ हुने छ। ‘जग्गामा उब्जिएको बाली काटिएपछि ‘ल्याण्ड प्लानिङ’ को काम थालिने छ,’ प्राधिकरण प्रमुख पोख्रेलले भने ‘जग्गा व्यवस्थापनका गर्ने भनेर सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको छ।’

यसैगरि प्रदेश सरकारले उपभोग गर्ने गरि प्रकृया थालेको भालुवाङमा रहेको राप्ती प्राबिधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना उपभोगका लागि शिक्षालयको स्थानान्तरण पनि पक्का भैसकेको छ। यो शिक्षालयलाई गढवा गाउँपालिकामा रहेके सरस्वती माविको जग्गामा स्थानान्तरण गरिने छ। त्यहाँ रहेको १४ बिघा जग्गामा प्राविधिक शिक्षालयको भवन निर्माणका लागि प्रदेश सरकारले डिपिआर समेत तयार पारिसकेको छ। ‘गढवामा स्थानान्तरण हुने प्राविधिक शिक्षालयको भवनको डिपिआर तयार भैसकेको छ,’ पोख्रेलले भने, ‘भदौ महिना देखि प्राविधिक शिक्षालय गढवामै नयाँ भवनमा सञ्चालन गर्ने गरि काम अघि बढ्छ।’
अर्को समाचार
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
५ मिनेट अघि
•
१ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।




डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनको भनाइ छ।

पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।

कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालको भनाइ छ।

कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनले उल्लेख गरे।

सभामुख अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिए। सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको अर्यालले बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको सुनाए।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस