इलाम नगरपालिकाले गठन गरेका विभिन्न समितिका पदाधिकारीलाई १ महिनाभित्र पुनः शपथग्रहण गर्न लगाउने निर्णय नगर कार्यपालिकाको पहिलो बैठकले गरेको छ। नगरपालिकामा अघिल्लो कार्यकालभन्दा फरक राजनीतिक दलको नेतृत्व निर्वाचित भएपछि पहिले गठन गरिएका समितिका पदाधिकारीलाई दोस्रो पटक शपथ लिन आउन भनिएको हो।
पहिले नै शपथग्रहण गरी काम गरिरहेका नगरस्तरीय समिति, उपसमिति, कार्यदल, विद्यालय व्यवस्थापन समिति, प्रतिष्ठान र उपभोक्ता समितिलगायतलाई पुनः शपथ गर्न आउन कार्यपालिका बैठकले निर्देशन दिएको छ। १ महिनाभित्र यस्ता समितिले अहिलेको नगर नेतृत्वसँग शपथ नलिए वा इन्कार गरे त्यस्ता पदाधिकारीलाई पदबाट फिर्ता गरी मेयर वा कार्यपालिकाबाट अर्काे मनोनयन गर्नेसमेत निर्णय बैठकले गरेको छ।
नवनिर्वाचित मेयर केदार थापाले अहिलेको नगर नेतृत्वले भ्रष्टाचारशून्य नीति अवलम्बन गरेकाले ती समितिका पदाधिकारीलाई शपथमा बोलाउने निर्णय भएको बताए। ‘नगरको नेतृत्व परिवर्तन हुनेबित्तिकै ती समिति–उपसमितिको नेतृत्व परिवर्तन गर्ने भन्ने चाहिँ होइन,’ उनले जबाफ दिए, ‘म भ्रष्टाचार गर्दिनँ, इमान्दार, जिम्मेवार र जबाफदेही बन्छु भनेर शपथ गराउन खोजिएको हो।’ नगरमा गत वैशाख ३० को निर्वाचनबाट मेयर, उपमेयरसहित बहुमत पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा चाहिँ इलाम नगरमा नेकपा (एमाले)का उम्मेदवार मेयर–उपमेरसहित बहुमत पदमा निर्वाचित थिए। त्यतिबेलाको नगर कार्यपालिकाले नगरस्तरीय विभिन्न ७ समिति–प्रतिष्ठान गठन गरेको थियो।
नगरस्तरीय महिला समन्वय समिति, आदिवासी जनजाति, दलित, साहित्य–संगीत तथा कला, खेलकुद, पर्यटन र युवा समिति गठन गरिएकामा र आदिवासी जनजाति समन्वय समितिको चाहिँ कार्यावधि सकिएको छ। बाँकी ५ समितिका पदाधिकारी, ५० भन्दा बढी विद्यालयका व्यवस्थापन समिति, विभिन्न प्रतिष्ठान, उपसमिति, कार्यदल, उपभोक्ता समितिलगायतले चाहिँ कार्यपालिकाको निर्णयअनुसार पुनः शपथ लिनुपर्ने भएको छ।
०७४ सालमा इलाम नगरपालिका वडा ५ को वडाध्यक्षमा निर्वाचित तथा नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले एक पटक शपथ लिएर काम गरिरहेका समिति, उपसमिति, प्रतिष्ठान, विव्यसलगायतका पदाधिकारीलाई पुनः शपथ गर्न लगाउने नगरको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिए। एमाले नगर कमिटी सचिवसमेत रहेका श्रेष्ठले राजनीतिक आस्थाका आधारमा वर्तमान नेतृत्वले ती समिति, उपसमितिलगायतलाई अवधि नपुग्दै हटाउनेगरी फितलो निर्णय गरेको उनको आरोप छ। ‘एकपटक नगरले शपथ गराएर जिम्मेवारी दिएका समितिका पदाधिकारीलाई भ्रष्टाचारशून्य बनाउने नाममा पुनः शपथ गराउने काम हास्यास्पद छ,’ उनले भने, ‘त्यसो हो भने अहिलेसम्म चाहिँ ती समिति, प्रतिष्ठान, उपसमिति, कार्यदल सबैले भ्रष्टाचार गरेका थिए त?’ श्रेष्ठले अघिल्लो कार्यकालकामा नगरले समितिहरू गठन गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरी सबैलाई समेटेरै गरेको दाबी पनि गरे।
नगरको पहिलो कार्यपालिका बैठकले ओमनाथ प्रधानको संयोजकत्वमा सामाजिक विकास समिति, गोपाल चौहानको संयोजकत्वमा पूर्वाधार विकास समिति, काजीबहादुर श्रेष्ठको संयोजकत्वमा आर्थिक विकास समिति, नरेश श्रेष्ठको संयोजकत्वमा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति र गिरिराज खनालको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन गरेको छ।
नेपालकै इतिहास र पुरातात्विक सम्पदाका रूपमा रहेको चिया बगान र उद्योगलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने तथा इलाम–काठमाडौं हवाई उडान नियमित र सुलभ बनाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
नगरमा बसोबास बढाउन यहाँ बसाइँ सरेर आउने परिवारलाई वडाध्यक्षले घरदैलोमै स्वागत गर्ने, इलाम अस्पतालमा र यो अस्पतालबाट रेफर भएका अस्पतालमा जन्मिएका शिशुको जन्मदर्ता, दोहोर नपर्नेगरी ३ वर्षसम्मका लागि स्वास्थ्य विमा गर्ने निर्णय पनि गरेको मेयर थापाले जानकारी दिए। नगरले इलाम नगरका सिर्जनशील स्रष्टालाई बर्सेनि पुरस्कृत र सम्मान गर्न ‘गंगादेवी–बद्री साह स्रष्टा सम्मान कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ। कोष सञ्चालनका लागि नगरका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यको संयोजकत्वमा समिति गठन गरिएको छ।
नगरले मेची राजमार्गको विकल्पका रूपमा रहेको इलामबाट बेलासे हुँदै झापा जोड्ने फास्ट ट्र्याक कालोपत्रे गर्न संघीय सरकारसमक्ष पहल गर्ने, त्यसका लागि नगरको प्रतिनिधिमण्डल काठमाडौं पठाउने निर्णय पनि गरेको नगर प्रवक्ता नुतनदेव दुलालले बताए। नगरले पर्यटन, प्रविधि तथा संस्कृति प्रवद्र्धन र विकास, विपद् व्यवस्थापन तथा फोहोरमैला विसर्जन, प्रशोधन प्रणाली विकास गर्न सन्दकपुर र रोङ गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग साझेदारी गर्न प्रक्रिया अभि बढाउने निर्णय पनि गरेको छ। बैठकले नवनिर्वाचित मेयर थापाले शपथग्रहणलगत्तै गरेको ९ बुँदे निर्णय अनुमोदनसमेत गरेको प्रवक्ता दुलालले जानकारी दिए।