लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरू मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष ठाकुरले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।
प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्नुपर्ने, विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनका क्रममा पक्राउ परेका राजबन्दीलाई अविलम्बन रिहा गर्नुपर्ने लगायत माग छन्।
ज्ञापनपत्रमा संविधान संशोधन गर्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्ने/गराउने लगायत माग ज्ञापनपत्रमा समेटिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।
सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...