इलामको सूर्याेदय नगरमा कार्यपालिका गठन गर्न एमाले–नेकपा (एस) गठबन्धन
१४ जेष्ठ २०७९
•
३ मिनेट पाठ
इलामको सूर्याेदय नगरमा कार्यपालिका गठन गर्न एमाले–नेकपा (एस) गठबन्धन
इलामको सूर्याेदय नगरपालिकाको कार्यपालिका सदस्यका लागि मनोनयनपत्र दर्ता गरिँदै। तस्बिर: भीम/नागरिक
सूर्याेदय नगरपालिकाको कार्यपालिका गठनमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल हुने भएको छ। कार्यपालिकामा निर्वाचित गरिने महिला, दलित र अल्पसंख्यक सदस्यमा एमाले र नेकपा (एस)ले सहमति गरी बहुमत जुटाउने भएका हुन्।  




कार्यपालिकामा मेयर, उपमेयर, निर्वाचित वडाअध्यक्षबाहेक दलित र अल्पसंख्यकबाट ३ जना र निर्वाचित वडा सदस्यमध्येबाट ५ महिला गरी ८ जना थपिन्छन्। यी ८ मध्ये एमाले र नेकपा (एस)ले ४/४ सदस्यको भागबन्डा गर्ने सहमति भएको स्रोतले जनाएको छ।  

सूर्योदय नगरको कार्यपालिका गठनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। ‘कार्यपालिकाका ८ सदस्यका लागि एमाले र नेकपा (एस)ले ४/४ जनाको भागबन्डा मिलेको छ,’  एमाले सूर्याेदय नगरका एक नेताले भने, ‘आजै मनोनयन दर्ता हुनेछ।’

१४ वटा वडा रहेको सूर्याेदय नगरमा प्रत्येक वडाका ५ जना (१ वडाध्यक्ष, ४ सदस्य) तथा मेयर र उपमेयर गरी ७२ जना निर्वाचित भइसकेका छन्। यी निर्वाचितले मतदानप्रक्रियाबाटै थप ८ जनालाई कार्यपालिका सदस्य निर्वाचित गर्छन्।  

सूर्याेदय नगरको मेयरमा नेकपा (एस)का रणबहादुर राई र उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल निर्वाचित भएका थिए। वैशाख १० को निर्वाचनमा राई र बरालले गठबन्धनबाट साझा उम्मेदवारी दिएका थिए भने एमालेका उम्मेदवार पराजित भएका थिए। तर, कार्यपालिका गठन गर्ने बेला यसअघिको चुनावी गठबन्धन टुटेको छ। नेकपा (एस) गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल हुने भएको हो।  

सूर्योदय नगरका १४ मध्ये ७ वटा वडामा कांग्रेस, ५ वटामा नेकपा (एस) र २ वटा वडाको अध्यक्ष एमालेले जितेका छन्। कार्यपालिका सदस्यका लागि मतदान गर्ने ७२ जना निर्वाचितमध्ये कांग्रेसका ३४, नेकपा (एस)का २० र एमालेका १८ जना छन्। एमाले र नेकपा (एस)बीच गठबन्धन हुँदा कार्यपालिका सदस्य छान्न बहुमत पुग्छ। एमाले–नेकपा (एस) गठबन्धन हुँदा ३८ तथा कांग्रेसको ३४ मत हुन्छ।  

कार्यपालिका गठनमा कांग्रेस–एमाले, एमाले–नेकपा (एस) र नेकपा (एस)–कांग्रेसबीच तालमेल गर्न लामो प्रयास भएको थियो। तर, नेकपा (एस)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्याेदय नगर र माइजोगमाई गाउँपालिकामा वैशाख ३० को चुनावका लागि गठबन्धन भएपनि कांग्रेसले नेकपा (एस)का उम्मेदवारलाई भोट नहालेको अभिव्यक्ति सार्वजनिक भएपछि जिल्लाका कांग्रेस नेता रुष्ट बनेका छन्। उनीहरूले खनालप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन्।  

खनालले केही दिनअघि एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिनेक्रममा इलामका स्थानीय तहमा गठबन्धनका अन्य दलले नेकपा (एस)का उम्मेदवारलाई भोट नहालेको भन्दै सूर्याेदयको नेतृत्वसमेत नेकपा (एस)कै भोटले मात्रै निर्वाचित भएको अभिव्यक्ति दिएका थिए। सूर्याेदय नगरपालिका खनालकै निर्वाचन क्षेत्रको मुख्य स्थानीय तह हो।  

कांग्रेसबाट उपमेयरमा विजयी बरालले आफूहरूले वैशाख ३० कै गठबन्धनलाई निरन्तरता दिन प्रस्ताव गरेपनि नेकपा (एस)ले मिल्नै नचाहेको आरोप लगाए। ‘हामीले त कार्यपालिकामा पनि मिलेरै जाऔं भनेका थियौं तर उहाँहरू (नेकपा एस)ले मिल्ने कुरै गर्नुभएन,’ बरालले भने, ‘कुरा नमिलेपछि कांग्रेसले एक्लै मनोनयन दर्ता गर्दैछ।’ बरालले पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिबारे भने टिप्पणी गर्न चाहेनन्।  

नेकपा (एस)का सूर्याेदय नगर कमिटी अध्यक्ष कमल गदालले पछिसम्मलाई पनि हेरेर आफूहरूले कांग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नु उचित देखेको बताए। ‘अस्तिको अनुभव र पछिसम्मलाई हेर्दा बरु एमालेसँगै हाम्रो सबैथोक मिल्नेरहेछ भन्ने निर्णय भएर एमालेसँग गठबन्धन गरिएको हो,’ उनले भने, ‘सहमतिअनुसार नै अहिले नोमिनेसन भइरहेको छ।’ उनले कार्यपालिकामा पनि गठबन्धन गर्न कांग्रेससँग छलफल भएको तर भागबन्डामा सहमति हुन नसकेको बताए। सूर्याेदयको कार्यपालिका गठनका लागि आउँदो २१ गते निर्वाचन हुँदैछ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस