देउमाई र फाकफोकथुमले आइतबारको बिदा कार्यान्वयन नगर्ने
१० जेष्ठ २०७९
•
२ मिनेट पाठ
देउमाई र फाकफोकथुमले आइतबारको बिदा कार्यान्वयन नगर्ने
इलामको फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाललाई नौमती बाजासहित पदबहाली गराउन कार्यालयतर्फ लगिँदै। तस्बिरः नागरिक
देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले आइतबारको बिदा कार्यान्वयन नगर्ने भएका छन्।




दुवै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सातामा आइतबार पनि बिदा दिने संघीय सरकारको निर्णय अव्यावहारिक भएको भन्दै कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका हुन्।

नयाँ जनप्रतिनिधिले पदबहाली गर्दै सातामा शनिबारमात्र बिदा रहने र बाँकी ६ दिन विद्यालय तथा सरकारी कार्यालय खुला रहने जनाएका छन्। गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले कोरोनाले विद्यार्थीको पढाइ चौपट भएको र बिदा थपिँदा झनै असर पुग्ने भएकाले आइतबारको बिदा व्यावहारिक नभएकाले कार्यान्वयन नगर्ने निर्णय गरेको बताए।

‘कोराना महामारीले विद्यार्थीको पढाइ पूरै बिथोलिएको छ, उनीहरू विद्यालय जान नपाइ परीक्षा दिन बाध्य भएका छन्,’ खनालले भने, ‘अब सातामा २ दिन बिदा दिँदा विद्यार्थीको पढाइमा अझ ठूलो क्षति हुन्छ, त्यसैले यो कार्यान्वयन नगर्ने निर्णय गरेका छौं।’

खनालले बर्खाको बेला विद्यार्थीहरू भौगोलिक विकटताका कारण पनि विद्यालय जान नसक्ने भएकाले पढाइमा असर पुग्ने बताए। ‘बर्खामा बालबालिका विद्यालय जान सक्दैनन्, त्यसै पनि सातामा कति दिन उनीहरू घरै बस्नुपर्ने हुन्छ,’ अध्यक्ष खनालले भने, ‘त्यसैले आइतबारको बिदा हाम्रो ठाउँका लागि व्यावहारिक भएन। आइतबार पनि बिदा कार्यान्वयन गर्ने हो भने सबै बिदा हिसाब गर्दा सातामा ३ दिन बिदा नै हुुने देखियो।’ उनले सरकारी कार्यालयमा आइतबार बिदा दिँदा सेवाग्राहीलाई हैरानी हुने भएकाले कार्यान्वयन नगर्ने बताए।

फाकफोकथुमले गाउँपालिका क्षेत्रमा रहेको बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी कालोपत्रे गर्ने निर्णय पनि गरेको छ। गाउँपालिकाले फुसको छानो विस्थापित हुन नसक्नुको कारण पहिल्याएर १ वर्षभित्र फुसको छानो हटाउने योजना ल्याउने निर्णय पनि गरेको खनालले बताए।

देउमाई नगरपालिकाले पनि आइतबारको बिदा कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेको छ। मेयर सूर्य पोख्रेलले सातामा दुई दिनको बिदाले चौतर्फी असर पुग्ने भन्दै यसको कार्यान्वयन नगर्ने निर्णय भएको बताए। नगरले सुरक्षित प्रसूतिका लागि महिलालाई अस्पताल पुर्‍याउन निःशुल्क सुविधा दिनेगरी एम्बुलेन्स खरिद र सञ्चालन गर्ने निर्णय पनि गरेको छ। घरको छानो चुहिने समस्या भएका परिवारलाई जस्तापाता उपलब्ध गराउने पनि नगरले निर्णय गरेको छ।

इलाम नगरपालिकाले कडा रोगीहरूको उपचारमा सहयोग गर्न स्वास्थ्य उपचार कोष खडा गर्नेलगायतका ९ निर्णय गरेको छ। नगरले जनप्रतिनिधिले पाउने आर्थिक सुविधाबाट कट्टी गरी यो उपचार कोष स्थापना गर्ने भएको हो। मेयर केदार थापाले मेयरको मासिक ३ हजार, उपमेयरको २ हजार र कार्यपालिका सदस्यबाट १ हजार रुपैयाँ कट्टी गरी कोषमा रकम जम्मा गर्ने निर्णय भएको सुनाए।

इलाम नगरले विभिन्नखाले करमा निश्चित प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। नगरले सम्पत्तिकर र मालपोतको करमा १० प्रतिशत, होटल व्यवसायमा १० प्रतिशत र अरू सबैखाले व्यवसायमा ५ प्रतिशत कर छुट दिने निर्णय पनि गरेको छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस