इलामको सूर्योदय नगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुर्गाकुमार बरालको विजय निश्चित भएको छ । वडा नम्बर १४ को मतगणना बाँकी नै रहँदा बरालको विजय निश्चित भएको हो।
वडा १४ मा २ हजार १५ मत खसेको छ । तर, बरालले वडा १३ को गणना सकिँदा नै नेकपा ९एमाले०की उपमेयर उम्मेदवार दुर्गादेवी भट्टराईभन्दा दुई हजार ३ सय ७९ मतको अग्रता कायम गरिसकेका छन् । अहिलेसम्म बरालले १० हजार ९ सय १३ र भट्टराईले ८ हजार ५ सय ३४ मत पाएका छन्। उपमेयरमा वडा १४ को सबै मत एमालेलाई गएपनि बराललाई भेट्न ३ सय ६४ मतले पुग्दैन । त्यसैले उपमेयरमा बरालको विजय निश्चित भएको हो।
सूर्योदयको मेयरमा पनि गठबन्धनबाटै नेकपा ९एकीकृत समाजवादी०का रणबहादुर राई विजयनजिक छन्। मतगणना गर्न एउटा वडा ९१४० मात्र बाँकी रहँदा मेयर उम्मेदवार राईले एमालेका उम्मेदवार काजीमान कागतेभन्दा १ हजार ३ सय ९० मतको अग्रता कायम गरेका छन् । अहिलेसम्ममा राईले ११ हजार ४ सय ८ र कागतेले १० हजार १८ मत पाएका छन्।
१४ नम्बर वडामा एमालेका उम्मेदवार कागतेले यो मतान्तर उछिनेर विजयी हुन निकै कठिन देखिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो।