तीन अध्यक्ष: जसले पहिला जिते, अहिले हारे
०५ जेष्ठ २०७९
•
३ मिनेट पाठ
तीन अध्यक्ष: जसले पहिला जिते, अहिले हारे
गाउँपालिका अध्यक्षमा यसपटक पराजित भएका निवर्तमान अध्यक्षहरू बायाँबाट क्रमसः जितबहादुर राई, डिकेन्द्र इदिंगो र उदयबहादुर राई। तस्बिर: नागरिक
वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलामका ३ पालिकाका अध्यक्ष त्यही पदमा पराजित भएका छन्। माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगो, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई पुनः त्यही पदमा पराजित भएका हुन्।




माइजोगमाई गाउँपालिका अध्यक्ष राई २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए। उनले त्यतिबेला ५ हजार ६ सय ९६ मतसहित नेपाली कांग्रेसका पेम्बाछिरी शेर्पालाई पराजित गरेका थिए। शेर्पाले ३ हजार ९ सय ३६ मत ल्याएका थिए।

एमाले विभाजनपछि अध्यक्ष राई नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरे। अहिले कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) समेतको गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका राई एमालेका कुशबहादुर थेबेसँग पराजित भए। राईले ४ हजार ९ सय १३ मत ल्याउँदा उनलाई थेबेले २ सय २२ मतान्तरले पराजित गरेका हुन्। थेबेले ५ हजार १ सय ३५ मत ल्याएका छन्।  

पराजित उम्मेदवार राई जनमत आफ्नो पक्षमै रहेको भएपनि प्राविधिक रूपमा आफू सफल हुन नसकेको बताउँछन्। ‘गठबन्धन भएका कारण मतपत्रमा चुनाव चिह्न रोज्नेक्रममा मतदातालाई समस्या परेको पाएँ,’ उनले भने, ‘मेरो केही मत बदर पनि भएछ, मलाई मतदाताले हराएको होइन, प्राविधिक कारणले पछि परेकोमात्रै हो।’  

गठबन्धनबाटै उम्मेदवार बनेका माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोलाई त्यही पदमा एमालेका हेमन्त राईले पराजित गरे। डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याउँदा हेमन्तले ३ हजार ८ सय १८ मत ल्याएर पराजित गरेका हुन्। इदिंगो प्रतिनिधिसभा इलाम क्षेत्र २ को कांग्रेसका क्षेत्रीय सभापति पनि हुन्। ०७४ सालको निर्वाचनमा डिकेन्द्रले ३ हजार ७ सय ५९ मत ल्याएर हेमन्तलाई नै हराएका थिए। हेमन्तले त्यतिबेला ३ हजार १ सय ८१ मत ल्याएका थिए।  

पराजित भएपछि इदिंगोले चुनावी गठबन्धन भएपछि आफ्नै पार्टीका नेता–कार्यकर्ता चुनावका लागि सक्रिय नभएको बताए। ‘हामी हाम्रो पक्षमै जनमत छ भनेर बस्यौं, वडामा पनि पार्टीका स्थानीय नेता–कार्यकर्ता परिचालन गर्न कठिनाइ भयो,’ उनले भने, ‘मतदातासम्म प्रचारप्रसार नै पुगेन, हामी जित्छौं भन्ने आत्मविश्वास अलि बढी नै भएकाले पराजित हुनुपरेको हो।’

सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई यो पटक गठबन्धनका उम्मेदवार कांग्रेसका तुलाबहादुर गुरुङसँग पराजित भए। राईले ३ हजार २ सय ५८ मत ल्याउँदा गुरुङ ४ हजार २ सय २३ मत ल्याएर विजयी बने। राई एमालेको जिल्ला उपाध्यक्ष पनि हुन्। यसअघिको निर्वाचनमा राई अध्यक्ष पदमा ४ हजार ५ सय २९ मत ल्याएर विजयी हुँदा कांग्रेसका देवेन्द्रकुमार सुवेदी २ हजार ३ सय ५४ मत ल्याएर पराजित भएका थिए।    

पराजित उम्मेदवार राईले एमाले विभाजनको असरलाई र उम्मेदवारी मनोनयन दर्ताक्रममा भएको पार्टीभित्रकै कलहका कारण आफू पराजित भएको बताए। ‘पालिकामा हामीले लोकप्रिय कार्यक्रम सञ्चालन गरेका छौं, जसलाई क्रस गर्न अबका जनप्रतिनिधिलाई पनि निकै हम्मे पर्नसक्छ। तर, अध्यक्षको उम्मेदवारी दर्ताक्रममा भएको अन्योलले मतदातालाई असर गर्‍यो,’ उनले भने, ‘प्राविधिक हिसाबले एमालेलाई कम मत आउनुको कारण पनि मतदाता होइन, पार्टीभित्रकै कमी–कमजोरी हो।’ उनले अब पनि आफू सन्दकपुरबासीसँगै रहेर विकास–निर्माण र थप सामाजिक काममा सक्रिय रहने बताए। 

जिल्लाका माङ्सेबुङ र माइजोगमाई गाउँपालिकामा पुनः त्यही पदमा उम्मेदवारी दिएका दुई उपाध्यक्ष पनि यसपटक पराजित भएका छन्।माङ्सेबुङकी उपाध्यक्ष सुनिता सुब्बा गठबन्धनका उम्मेदवार विनोद नेम्बाङसँग पराजित भइन्। नेम्बाङले ३ हजार ७ सय २९ मत ल्याउँदा एमाले सुब्बाको ३ हजार ४६ मत आएको छ। ०७४ को निर्वाचनमा चाहिँ सुब्बाले नै नेम्बाङलाई पराजित गरेकी थिइन्। त्यतिबेला सुब्बाको ३ हजार ८९ र नेम्बाङको २ हजार ७ सय ७१ मत आएको थियो।  

माइजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई पनि यसपटक पराजित भएकी छिन्। एमालेबाट उम्मेदवार बनेकी भट्टराई गठबन्धनबाट कांग्रेसकी उम्मेदवार प्रविना राईसँग पराजित भएकी हुन्। भट्टराईले ४ हजार ८ सय ८३ मत ल्याउँदा राईले ५ हजार १ सय ५९ मत ल्याएकी छिन्। ०७४ को निर्वाचनमा भट्टराईले ५ हजार २ सय ९५ मत ल्याउँदा कांग्रेसकी लोकमाया थेबेले ३ हजार ९ सय ४२ मत ल्याएकी थिइन्।  

देउमाई नगरपालिकामा २०७४ सालमै निर्वाचित मेयर सूर्य पोख्रेल र उपमेयर पविमाया राईले यसपटक पनि एमालेबाटै तिनै पदमा उम्मेदवारी दिए। उनीहरू पुनः त्यही पदमा विजयी घोषणा भइसकेका छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
६ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस