काठेखोला एमालेबाट खोस्यो काँग्रेसले, अध्यक्षमा राजु थापा विजयी
०४ जेष्ठ २०७९
•
५ मिनेट पाठ
काठेखोला एमालेबाट खोस्यो काँग्रेसले, अध्यक्षमा राजु थापा विजयी
गाउँपालिका अध्यक्षमा निर्वाचित राजु थापा, गाउँपालिका उपाध्यक्षमा निर्वाचित तेजबहादुर थापा।
जिल्लाको काठेखोला गाउँपालिका नेपाली काँग्रेसले एमालेबाट खोसेको छ। वैशाख ३० गते भएको निर्वाचनबाट अध्यक्षमा राजु थापा विजयी भएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उनी नेकपा एमालेका डिलबहादुर कार्कीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। कार्कीलाई एक हजार तीन सय ६८ मतले पछि पारे। थापाले कुल ७ हजार ७ सय ५१ मत पाउँदा कार्कीले ६ हजार तीन सय ८३ मत पाए। गत स्थानीय निर्वाचनमा यहाँ नेकपा एमालेका अमरबहादुर थापा गाउँपालिका अध्यक्ष विजयी भएका थिए।  




स्थानीय निर्वाचन २०७४ मा काठेखोलामा नेकपा एमाले राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र मिलेर निर्वाचन लडेका थिए। नेपाली काँग्रेस एक्लै निर्वाचनमा होमिएको थियो। उक्त निर्वाचनमा नेकपा एमालेका अमरबहादुर थापाले एक हजार चार सय ७५ मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर हमाललाई पराजित गरेका थिए। त्यो निर्वाचनमा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर खत्री विजयी भएका थिए। यस पटक भने चुनावी साझेदारी संगसंगै निर्वाचनको नतिजा समेत उल्टिएको छ। गठबन्धनबाट नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष जित्दा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकले गाउँपालिका उपाध्यक्ष जितेका छन्।  

उनले नेकपा एमालेकी कोपिला पुनलाई पछि पार्दै उपाध्यक्षको बागडोर सम्हाल्ने मौका पाएका हुन्। थापाले ६ हजार ७ सय १२ म ल्याउँदा पुनले ६ हजार ४ सय ४७ मत पाएका छन्। अघिल्लो पटक एमालेसंग मिलेर उपाध्यक्ष पाएको जनमोर्चाले यो पटक पाँच दलीय गठबन्धन गर्दा पनि काठेखोलामा उपाध्यक्ष पाएको हो। यस पटक काठेखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जना काठेखाला-४ तंग्रामबाट परेका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित राजु थापा २०५४ सालमा नेपाली काँग्रेसबाट साविक तंग्राम गाविसको गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए।

उपाध्यक्ष निर्वाचित तेजबहादुर थापा तिलक पनि तंग्रामकै हुन्। उनी गत स्थानीय निर्वाचनमा काठेखोला-४ तंग्रामको वडाध्यक्षमा काँग्रेस उम्मेदवार केशव थापासंग १४ मतले पराजित भएका थिए। अघिल्लो पटक एमालेसंग् मिलेर उपाध्यक्ष जितेको राजमोले अहिले गठबन्धनबाट उपाध्यक्ष जित्यो। देशमा द्वन्द्वले चर्को रुपमा लिएपछि उनी गाउँबाट विस्थापित हुँदै लामो समय विदेशमा पनि बसे। माओवादीले भौतिक कारबाही गर्नसक्ने सूचना पाएपछि उनी गाउँबाट विस्थापित भएका थिए। अहिले उनै माआवादी सहितको पाँच दलीय गठबन्धन हुँदा गाउँपालिका अध्यक्षमा विजयी हुने मौका पाए।  

झण्डै १८ वर्ष बेल्जियममा बसेका उनले स्थानीय निर्वाचन हुनुभन्दा चार पहिना अगाडि बेल्जियको व्यवसाय र सबै सेवा सुविधा त्यागेर नेपालमै बसेर राजनीति गर्ने योजनाका साथ नेपाल फर्किएका थिए। संयोग पनि मिल्यो उनी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बने र जिते पनि। विदेशमा हुँदै गर्दा पनि गाउँघरको सुख दुःखमा साथ दिएका कारण उनी गाउँठाउँमा लोकप्रिय नै थिए। दैवी प्रकोप आपत विपद्मा सहयोग जुटाउने देखि विभीन्न खेलकुद र अन्य कार्यक्रमशरु पनि उनले सहयोग गरिरहन्थे। जसले गर्दा पनि उनी सात समुन्द्र पारी हुँदा पनि गाउँबाट विच्छेद भएनन्।

‘राजु थापा भौतिक रुपमा विदेशमा भए पनि काठेखोलाको सबै ठाउँका जनतासंग नजिक हुनुहुन्थ्यो,’ धौलागिरि क्याम्पस बागलुङका स्ववियु अध्यक्ष मनिष थापा भन्छन्,‘गाउँघरमा पर्ने हरेक समस्यामा उहाँले साथ दिनुभयो। खुसीमा होस् वा दुःखमा प्रदेशबाट भए पनि साथ दिएका कारण उहाँले लोकप्रिय मत पनि पाउनुभयो।’ मुलुकमा शान्ति प्रक्रिया सुरु भएदेखि नै उनी नेपाल फर्केर राजनीतिक सामाजिक काम गर्न चाहेको निकटस्थहरुसंग बताउने गर्थे। ‘उहाँको ज्यान विदेश भए पनि मन पुरै यतै थियो,’ काठेखोला-४ तंग्रामका निवर्तमान वडाध्यक्ष केशव थापा भन्छन्,‘गत स्थानीय निर्वाचनपछि त यहाँका शुभचिन्तकहरुले पनि उहाँलाई नेपाल फर्किन दबाद दिईरहेका थिए। आउनुभयो, टिकट पाउनुभयो र चुनाव पनि जित्नुभयो।’ 

राजु थापा आँफै पनि बाध्यताले विदेशिनु परेको बताउने गर्छन्। ‘एउटा कालखण्डमा देशको समस्याले मलाई विदेश जान बाध्य बनायो,’ उनले भने, ‘मेरो चाहाना यही बसेर सामाजिक काम गर्ने जनताको काम गर्ने थियो र अहिले त्यो झन बढेर गएको छ।’ गाउँपालिका अध्यक्षमा निर्वाचित भैसकेपछि उनले जनप्रतिनिधि वापत आफूले पाउने सेवा सुविधा समेत विपन्न नागरिकको सुविधाका लागि सामाजिक क्षेत्रमा गर्ने घोषणा गरेका छन्। ‘मेरो आफ्नो परिवारको खर्च धान्नका लागि मैले केही लगानी गरेको छु, छोराहरु पनि सेटल भएका छन् उनीहरुको पनि राम्रो साथ छ,’उनले भने,‘मैले आफ्नो जीवन धान्नका लागि राज्यकोषबाट रकम लिन पर्दैन। त्यसैले त्यसलाई गरिब विपन्न वर्गको उत्थानका लागि के गर्न सकिन्छ सामाजिक काममा लगाउँछु।’

निर्वाचनका दौरानमा विपक्षीले लामो समय विदेश बसेर भूगोल नबुझेको लगायतका विभीन्न अफबाह फैल्याएर रोक्ने प्रयास गरे पनि उनी लोकप्रिय मतका साथ निर्वाचनमा विजयी भएका छन्। उनले प्रत्येक वडाबाट उनको गठबन्धनका उम्मेदवार जितेको नजितेको वडामा पनि अधिकांशमा वडाध्यक्षका उम्मेदवारले भन्दा बढी मत पाएका छन्। नेकपा एमालेको राम्रो जनमत भएको र जित्ने आशा गरेको गाउँपालिका एमालेले गुमाएको छ। उम्मेदवार छनोटमा कमजोरी भएका कारण एमालेले निर्वाचन हारेको बताईन्छ।  

एमाले भित्र निवर्तमान गाउँपालिका अध्यक्ष अमरबहादुर थापालाई नै गाउँपालिका अध्यक्षमा दोहोर्‍याउनुपर्ने विचार रहे पनि नेतृत्वले त्यसको वास्तै नगरी डिलबहादुर कार्कीलाई उम्मेदवार बनाएको विषयमा एमाले भित्रै असन्तुष्टी देखिन्थ्यो। गत निर्वाचनमा निर्वाचित भएपछि स्थानीयसंग राम्रो सम्बन्ध बनाएका र काँग्रेसको पकड भएका पाला, तंग्राम र लेखानी, बिहुँ लगायतका क्षेत्रबाट समेत राम्रो मत तान्न सक्ने उम्मेदवार अमरबहादुर थापा हुने विश्लेषण गरिएकोमा एमालेले कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो। ठूलो मतदाता रहेको र त्यो पनि एमालेको पकड क्षेत्र काठेखोला ७ रेशका भएकाले डिलबहादुरलाई टिकट दिईएको चर्चा हुन्थ्यो।  

रेशका एमाले कार्यकर्ताले कुल खसेको मतको ८०/८५ प्रतिशत मत एमालेको पक्षमा खस्ने ठाउँबाट उम्मेदवार दिनुपर्ने तर्क गर्ने गरेका थिए। कार्कीले टिकट लिएर आउँदैबाट जिल्लाका एमाले नेतृत्वले गुण तिर्न टिकट दिलाएको भन्ने सामाजिक सञ्जालमै चर्चा भएको थियो। आफ्नो वडाबाट राम्रो मत ल्याए पनि अन्य वडाबाट तुलनात्मक रुपमा कम मत पाएपछि कार्की उपविजेतमा सिसित भए। काठेखोलाका ८ वडामध्ये नेपाली काँग्रेसले ४ वटा वडा, एमालेले तीन वटा र राष्ट्रिय जनमोर्चाले एक वडामा जितेका छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
६ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस