कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, को वडा सदस्य पदमा एक दम्पती विजयी भएका छन्। स्थानीय तहको निर्वाचनमा दुई फरक पार्टीबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका दुवै जना विजयी भएका हुन्।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेको तर्फबाट खुला वडा सदस्य पदमा उम्मेदवारी दिएका सन्दिप उपाध्याय र नेपाली कांग्रेसकातर्फबाट महिला वडा सदस्यमा उम्मेदवारी दिएकी कमला उपाध्याय विजयी भएका हुन्। उनीहरु दुवै दम्पती हुन्। वडा सदस्य पदमा सन्दिपले ७ सय ५५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर श्रेष्ठले ७ सय १४ मत पाएका थिए।
यस्तै, वडा महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी कमलाले ७ सय ९२ मत पाएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला बोगटीले ६ सय २० मत पाएकी थिइन्। एउटै घरका श्रीमान/श्रीमती दुवै फरक पार्टीबाट भए पनि वडा सदस्य पदमा विजयी भएको खुसी व्यक्त गर्दै कमलाले भनिन्,‘हामी दुवै अलग अलग पार्टीबाट चुनाव लड्यौ र जित्यौ पनि।’ आफू सानैदेखि कांग्रेस विचारधाराबाट प्रभावित भएको बताउँदै उनले भनिन्,‘मेरा माइती पनि कांग्रेस थिए, यता घरमा पनि कांग्रेस नै,तर अघिल्लो स्थानीय तहको निर्वाचनदेखि भने श्रीमान एमाले बने। हामी चैं कांग्रेस नै रह्यौं।’ श्रीमान एमालेमा गए पनि आफू भने कांग्रेसमै रहेको बताउँदै उनले भनिन्,‘श्रीमानले विचार छोडेर अर्को पार्टीमा लागे, म भने आफ्नै विचारमा अडिग रहेँ, अनि सासु-ससुरा पनि कांग्रेसमै छन्।’
स्थानीय तहको निर्वाचनका बेला आफूलाई कांग्रेसले वडाको महिला वडा सदस्य पदका लागि टिकट दिइसकेपछि एमालेले पनि आफ्नै श्रीमानलाई वडा सदस्य पदका लागि टिकट दिएको उनले बताइन्। ‘मलाई मेरो पार्टीले विश्वास गरेर चुनावमा लड्नका लागि टिकट दियो,’ उनले भनिन्,‘उहाँ (श्रीमान) लाई पनि उहाँकै पार्टीले विश्वास गरेछ र टिकट दिएछ।’ निर्वाचनताका चुनावी प्रचार प्रसारमा जाँदा पनि दुवै जना विपक्षी पार्टीलाई भोट नदिनुहोला भन्दै मतदातालाई प्रभावित पार्ने गरेको बताउँदै उनले भनिन्,‘अहिले सम्झँदा अचम्म लाग्छ, त्यो बेला चुनावको जोस थियो, आफ्नै श्रीमानलाई (एमाले) पनि भोट नदिनुहोला भन्दै मतदातालाई ‘कन्भिन्स’ गथ्र्यौं।’ चुनावी प्रचारका बेला श्रीमान बिहानै उठेर एमालेको प्रचारमा जाने गरेको बताउँदै उनले भनिन्,‘उहाँ बिहानै उठेर एमालेको प्रचारमा जानु हुन्थ्यो, म घरधन्दाको काम सकेर कांग्रेसको प्रचारमा जान्थे।’
गाउँमा एमाले बलियो देखिएकाले आफ्नो पार्टीको पूरै प्यानल कसरी जित्न सकिन्छ भनेर चुवानी रणनीतिहरु बन्ने र त्यो गोप्य राख्ने गरेको बताउँदै उनले चुनावी अभियानका बेलाको अनुभव सुनाउँदै भनिन्,‘श्रीमान भए पनि चुनावका बेला भएको गोप्य योजनाहरु भन्न नसकिने रहेछन्।’
नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका किशोर लिम्बू सुब्बा निर्वाचित भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी गंगादेवी जोशी विजयी भएकी छिन्। बुधबार दिउँसो सन्दिप मेयरको विजयी उत्सव मनाउन गएका थिए भने कमला उपमेयरको विजयी उत्सव मनाउन जाने तयारीमा थिइन्।
‘श्रीमान बिहानै एमालेको विजयी उत्सव मनाउन गइसके,’ उनले भनिन्,‘हामी भने उपमेयरमा विजयी कांग्रेसको विजयी उत्सव मनाउन जाने तरखरमा छौँ।’ उनको वडामा नेकपा एमालेले वडाध्यक्ष र वडा सदस्य खुलाबाट उनका श्रीमान सन्दिपले जिते भने कांग्रेसबाट खुला महिला सदस्यमा कमला, एक दलित महिला सदस्य र एक खुला पुरुष सदस्यमा जितेका छन्।