इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा (एमाले)का यामकुमार कार्की गोलाप्रथाबाट निर्वाचित भएका छन्।
आज गरिएको गोलाप्रथामा उनलाई निर्वाचित घोषणा गरिएको निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिए। हिजो साँझदेखि रोकिएको मतगणना पनि १ नम्बर वडाको परिणाम घोषणा भएपछि सुरु गरिँदैछ।
शनिबार साँझको मतगगणनामा वडा १ को वडाध्यक्षमा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाह (ठकुरी)को बराबर (१०८४) मत आएको थियो। तर, गोलाप्रथा गर्ने कि अरू कुनै विकल्पमा जाने भन्ने निर्णय हुन सकेको थिएन। यो वडाका अरू चारै वडा सदस्यमा एमालेकै उम्मेदवार विजयी भइसकेका छन्।
वडा १, २, ३, ४ र ५ को गणना सकिएर अब वडा ६ को मात्र बाँकी रहँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले वडा १ को परिणाम घोषणा गर्न माग गरेपछि गणना अवरुद्ध थियो। ‘अब वडा ६ को गणना गर्ने तयारी भएको छ,’ निर्वाचन अधिकृत काफ्लेले भने।