जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याए।
गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माल जम्मा १७८ मत ल्याएका छन्। मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरुले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ।
बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो। अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय काँग्रेस कार्यकर्ताले वडा पार्टी सभापति समेत रहेका शर्मालाई अध्यक्षको रुपमा अगाडि सारेर स्वतन्त्र उम्मेदवारीको प्यानल नै दर्ता गरेका थिए। काँग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफू वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दवाबकाबीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन्। अन्ततः सोमबार साँझ सकिएको मतगणनामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका छन्।
उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी डटेर सामाना गरेका उनी स्थानीय तहको जनप्रतिनिधिको रुपमा यस अघि पटक पटक पराजित भएका उम्मेदवार हुन्। पहिलो स्थानीय निकायको निर्वाचनमा २०४८ सालमा नेपाली काँग्रेसबाट अमलाचौर गाविसको अध्यक्षको उम्मेदवार बनेका उनी पराजित बन्न पुगेका थिए। २०५४ को स्थानीय निकाय निर्वाचनमा जित नजिक पुगेका उनलाई मतपत्र च्यातेर पुनः निर्वाचन गरी हराईएको थियो। स्थानीय तह निर्वाचन २०७४ मा भरतपुरमा मतपत्र च्यातिएपछि अमलाचौरको २०५४ को घटनाको खुब चर्चा भएको थियो।
मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि २०७४ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी नेकपा एमालेका गुरुदत्त पाठकसंग पराजित भएका थिए। यस पटक काँग्रेसले जित्ने आधार तयार भएको र भागवन्डा गर्दा अमलाचौर काँग्रेसको भागमा पार्नुपर्ने भन्दै अमलाचौरका काँग्रेस कार्यकर्ताले चर्को दबाब दिए पनि विगतमा एमालेले जितेका वडा भएकाले भागवन्डामा राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो। जनमोर्चाको भागमा परेपछि काँग्रेस कार्यकर्ताका दबाबमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी स्वतन्त्र उम्मेदवार बने पनि काँग्रेसका सबै जसो कायकर्ता मात्र नभई अन्य दलले समेत सघाएपछि उनी विजयी भएका हुन्।
उनको प्यानलबाट महिला सदस्यमा माया नेपाली ११५३, दलित महिला सदस्यमा मिनाकुमारी विश्वकर्मा १३११ र खुला सदस्यहरुमा ढुण्डीराज लामिछाने १३४९ र महानन्द शर्मा १३४६ मत सहित विजयी भएका छन्। आफु स्वतन्त्र भएपछि सबै दलका कार्यकर्ता र जनाले सहयोग गरेका कारण आफु निर्वाचित भएको उनले बताए। ‘मलाई पार्टीले टिकट दिएन, वडाका सबै काँग्रेसजनको आग्रहमा स्वतन्त्र उम्मेदवार बने,’ उनले भने,‘सबैको साथ र सहयोगबाट जनताको सेवा गर्छु। मैले पदमा बसेर जनताको सेवा गर्न पाएको थिएन।’ पटक पटक निर्वाचन हारे पनि अहिले स्वतन्त्र भएपछि उनी विजयी बनेका छन्।
‘मैले धेरै पटक हारेंं, कहिले मतपत्र च्यातेर हराईयो,’ शर्माले भने,‘जनताको आवश्यकतालाई मध्येनजर गरेर आवश्यकताको आधारमा योजना निर्माण गरी काम गर्छु।’ उनले वडामा सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त बताए। ‘धेरै बजेट ल्याउनका लागि पार्टी र पहुँच त चाहिएला, तर वडामा जति आउँछ त्यसैलाई पनि राम्रोसंग उपयोग गर्न सकियो भने धेरै काम गर्न सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने। शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतः सदस्यता खारेज हुने चेतावनी दिए पनि नेपाली काँग्रेसका जिल्ला तहका नेताहरु शर्माको विजयी र्यालीमा सहभागी देखिएका छन्। अमलाचौरका काँग्रेसका नेता कार्यकर्ताले योगदान र त्यागको जित भएको भन्दै सामाजिक सञ्जाल मार्फत बधाई दिईरहेका छन्।