संयुक्त गठबन्धनको धनगढी प्रतिबद्धता पत्रः भ्रष्टाचारमुक्त धनगढी, सुशासनमा अगाडि
१९ वैशाख २०७९
•
२ मिनेट पाठ
संयुक्त गठबन्धनको धनगढी प्रतिबद्धता पत्रः भ्रष्टाचारमुक्त धनगढी, सुशासनमा अगाडि
संयुक्त गठबन्धनका तर्फबाट धनगढीको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै। तस्बिरः नागरिक
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धन दलहरुले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। ‘हामी भ्रष्टाचार गर्ने छैनौ र गर्न पनि दिने छैनौ’ भन्ने प्रणसहित २२ बुँदे प्रतिबद्धता पत्र संयुक्त गठबन्धनका तर्फबाट सोमबार धनगढीमा सार्वजनिक गरिएको छ। संयुक्त गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जितेपछि नगरबासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण गर्दै धनगढीलाई सुशासनमा अगाडि ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।  




धनगढीलाई आवश्यक पूर्वाधार तयार गरी महानगरपालिका बनाउन पहल गरिने बताउँदै संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसमा मेयरका उम्मेदवार नृपबहादुर वडले भने, ‘उपमहानगरपालिकाको उर्मालाई नमुना बस्ती बनाइने छ।’ धनगढीको मुख्य बजार क्षेत्रका क्याम्पसरोड, चौराह र शहीद गेटमा आकाशे पुल, एक वडा एक पार्क, एक पोखरी र एक पुस्तकालय निर्माण, सुकुमबासी, मुक्त कमैया, अव्यवस्थित बसोबासीलाई वडामै गएर लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिइने उनले बताए।

उनले भने, ‘यसअघि धनगढीका केही वडामा लालपुर्जा वितरण कार्य सुरु भइसकेको छ र, त्यसलाई निरन्तरता दिइने छ।’ एक गाउँ बहु उत्पादन नीति लिएर कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सन्चालन गरिनुका साथै किसानका लागि कृषि बिमा कार्यक्रम ल्याइने उनले बताए। धनगढीलाई शैक्षिक हबका रुपमा विकास गरिने बताउँदै उनले भने,‘हामीले हाम्रो प्रतिबद्धता पत्रमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा परिणत गरिसकेकाले तलब भत्ता सुविधा सरकारी शिक्षकसरह बनाउने छौँ।’

बालविकास केन्द्रका शिक्षकलाई आधारभूत तहको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख गरेको उनले बताए। उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्दैमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गराउने उनले बताए। ‘एक घर एक धारा’ को व्यवस्था गरिने बताउँदै उनले भने,‘खानेपानी सरसफाई तथा ढल व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने छ।’ छाडा चौपायाका कारण किसानको बालीनाली नोक्सान हुनबाट जोगाउन यसअघि वडा नम्बर ७ र ३ मा निर्माण गरिएको गौशालालाई थप व्यवस्थित गरिने उनले बताए।

बहुजातीय, बहुसांस्कृतिक संग्रहालय निर्माण गरी सबै धर्म सम्प्रदाय र तीसँग सम्बन्धित आस्थाका केन्द्रको विकास तथा प्रवर्द्धन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। धनगढीका १५ र १६ नम्बर वडामा औद्योगिक क्षेत्र स्थापना गरिने उनले बताए। विदेशमा रहेका धनगढी बासीलाई लगानीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने मेयरका उम्मेदवार वडले बताए।  

धनगढी उपमहानगरपालिकाबाट गठबन्धनका तर्फबाट मेयर पदमा वड र उपमेयर पदमा नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
३ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस