गोरखाको गण्डकी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ। अध्यक्ष पदमा माओवादी केन्द्रबाट दिपक तिमल्सिना र जसपाको तर्फबाट उपाध्यक्षमा भिम श्रेष्ठ उम्मेदवार भएका छन्।
सहमतिपछि जसपाबाट अध्यक्षको उम्मेदवारी दिएका सनमाया आले र माओवादी केन्द्रबाट उपाध्यक्ष बनेका पार्वती गुरुङले अन्तिम नामावली प्रकाशन गर्नु अगावै शुक्रबार पाँच बजे भित्र उम्मेदवारी फिर्ता लिएका छन्। दुबै पार्टीबीच चुनावी तालमेल गर्ने लिखित सहमति भएको जसपाबाट उपाध्यक्ष पदका उम्मेदवार भिम श्रेष्ठले बताए। चुनावी अभियान पनि संयुक्त रुपमा सुरु भएको छ।
जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले गण्डकी गाउँपालिकाको चुनावी तालमेलको आधिकारिक विषय आफूलाई थाहा नभएको बताएका छन्। ‘जिल्लाबाट त्यस्तो सहमति भएको छैन, पालिकाले के गरेको छ त्यो थाहा भएन,’ उनले भने।
अन्यत्र पनि पालिका स्तरका नेताहरु चुनावी तालमेलको विषयमा छलफलमा छन्।