उत्तरी गोरखामा दलित समुदाय नहुँदा उम्मेदवार नै ‘खाली’ भएको छ। वडा समितिमा एक जना दलित सदस्यको व्यवस्था गरिएको छ। चुमनुब्री गाउँपालिकाको केही वडामा दलित नहुँदा सदस्यमा उम्मेदवारी नै परेको छैन।
वडा नं. २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए। वडा नम्बर ६ को चुम्चेतमा दलित सदस्यमा उम्मेदवारी नै परेन। वडा अध्यक्षसहित अन्य चार जना निर्विरोध चयन भए। वडा नम्बर १, ४, ५, ७ मा पनि दलित सदस्य रिक्त छ।
वडा नं. २ बाट ल्हाक्पा डिकी कामीको उम्मेदवारी परेको छ। वडा नं. ३ को कांग्रेसबाट निरमाया बिक, नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी र जसपाबाट निमा कामीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चुमनुब्रीमा वडा अध्यक्षसहित ९ जना निर्विरोध
गोरखाको चुमनुब्री गाउँपालिकामा वडा अध्यक्षसहित ८ जना निर्विरोध चयन भएका छन्। नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरु सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको हो।
वडा समिति नै सर्वसम्मत भएको छ। अध्यक्ष र सदस्य माओवादी केन्द्र र दुईवटा सदस्य कांग्रेसले बाँडेका हुन्।
यस्तै चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा काग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामापनि निर्विरोध भएका छन्। वडा नम्बर ५ बिहीका सोनाम साङ्गो पनि महिला सदस्यमा एकल उम्मेदवारी परेको छ। वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकी सदस्यमा निर्विरोध भएकी छिन्।