गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतमा सर्वसम्मत वडा समिति चयन भएको छ। २८ वर्षिय सरोज लामाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। आधिकारीक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयले ३० गतेपछि मात्रै गर्नेछ।
उनी मात्र होईन सिङ्गो समिति नै सर्वसम्मत भएको वडा अध्यक्षका उम्मेदवार लामाले बताए। ‘दुईवटा सदस्य कांग्रेसबाट हुनुहुन्छ, म र एक जना सदस्य माओवादी केन्द्रबाट हौँ’ लामाले भने ‘दलित सदस्य हाम्रोमा नभएकाले उम्मेदवार हुनुभएन।’ सदस्यमा कांग्रेसबाट २९ वर्षीया सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको छ।
२०५१ सालमा जन्मिएका अध्यक्षका उमेदवार लामा बाबुको प्रेरणाबाट राजनीतिमा लागेका हुन्। कक्षा १२ उर्तीण गरेका उनले गोरखा सदरमुकाम बसेर उच्च शिक्षा अध्ययन गरेका थिए। अहिले गाउँमै इन्टरनेट सेवा बिस्तार र होटल ब्यवशाय गर्दै आएका लामा सामाजिक काममा पनि सक्रिय छन्। गाउँमा हुने समस्या र बिपत्तीको बारेमा सामाजिक सञ्जाल र संचार माध्याममा पनि उनले जानकारी गराउने, समस्या समाधानमा पहल गर्ने गर्थे।
कांग्रेसबाट सदस्यमा एकल उम्मेदवारी परेका सोनाम लाम र अध्यक्ष सरोज लामा मिल्ने साथी हुन्। ‘अब युवाले केही गर्नुपर्छ भनेर गाउँमै सल्लाह गरेर कांग्रेसबाट पनि मेरो साथी सदस्य भएको छ’ उनले भने। सोनाम सवओभसियर हुन्। दुई युवाहरु मिलेर गाउँको बिकासको नेतृत्व गर्ने योजना रहेको अध्यक्ष लामाले बताए।
चमनुब्री ६ को चुम्चेत दुर्गम गाउँ हो। अहिले सम्म सडक सञ्जाल जोडिएको छैन। अध्यक्ष निर्विरोध भएपछि उनले शिक्षा, स्वास्थ्य, र रोजगारको क्षेत्रमा काम गर्ने योजना रहेको बताए। दिगो बिकास र जनतालाई प्रत्यक्ष फाईदा हुने काममा आफुले ध्यान दिने उनले बताए।