उम्मेदवारी दर्ता, बग्रेल्ती विद्रोही
१३ वैशाख २०७९
•
६ मिनेट पाठ
उम्मेदवारी दर्ता, बग्रेल्ती विद्रोही
स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै। तस्विरः संगम/नागरिक
वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता गरिएको छ। आइतबार र सोमबार दुई दिनका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि आइतबार अधिकांश निर्वाचन अधिकृतको कार्यालय सुनसान रहे।




सोमबार दिउँसोसम्म पनि खाली जस्तै रहेका निर्वाचन कार्यालयहरूमा दिन ढल्नेबेला भिड हुन थालेको हो। गठबन्धन दल नेकपा एमालेले सोमबार दिउँसोसम्म उम्मेदवारको टुंगो लगाउन नसक्दा साँझमा निर्वाचन अधिकृतको कार्यालयलाई धपेडी भएको छ। सोमबार अन्तिम दिन भएका कारण पनि उम्मेदवारी दर्ता गराउनको अहिले साँझतिर भिडभाड रहेको थियो। बागलुङमा पाँच दलिय सत्ता गठबन्धन र नेकपा एमालेको राप्रपासँग गठबन्धन भएको छ।

बागलुङ नगरपालिकामा गत स्थानीय निर्वाचनकै प्रतिस्पर्धीबीच पुन नगरप्रमुखमा प्रतिस्पर्धा हुने भएको छ। बागलुङ नगरपालिकामा पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। उनी गत स्थानीय निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार बनेका थिए। राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेबाट हालका नगर प्रमुख जनकराज पौडेल पुनः नगरप्रमुखमा उम्मेदवार बनेका छन्।

गत स्थानीय निर्वाचनमा राप्रपा र राष्ट्रिय जनमोर्चालाई समेत साथ लिएर नगरप्रमुखमा पौडेल निर्वाचित भएका थिए। नगर उपप्रमुखमा पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजु खड्का र एमाले राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्का उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट उपप्रमुख टिकट पाएकी पवित्रा रोकाले राप्रपासँगको गठबन्धनपछि उम्मेदवार दर्ता गर्न पाइनन्। अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारी दर्ता भए पनि मुख्य प्रतिस्पर्धा यिनैबीच हुनेछ।

जिल्लाको जैमिनी नगरपालिकामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनः मेयरमा उम्मेदवार बनेका छन्। उनी गत स्थानीय निर्वाचनमा कांग्रेस उम्मेदवार इन्द्रराज पौडेलसँग थोरै मतान्तरले मात्रै पराजित भएका थिए। नेकपा एमालेबाट हालका उपमेयर लीला राना मेयरमा उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट हरिहर शर्मा उम्मेदवार बनेका छन्। उनी कांग्रेस बागलुङका सचिव पनि हुन्। उपमेयरमा भने सोमबार मात्रै एमाले प्रवेश गरेर नेपाल महिला संघ बागलुङकी सचिव एवं गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि उषा पौडेल उम्मेदवार बनेकी छिन्।

जिल्लाको गलकोट नगरपालिकामा पाँच दलिय गठबन्धनको तर्फबाट कांग्रेसका भरत शर्मा गैले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। उनी हालका मेयर हुन्। नेकपा एमालेका तर्फबाट पूर्ण काउचा नगरप्रमुखको उम्मेदवार बनेका छन्। गठबन्धनले उपमेयरमा नेकपा माओवादी केन्द्रका फमलाल निउरेलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट जिल्ला समन्वय समिति बागलुङकी सदस्य रुपा विक उपमेयर उम्मेदवार बनेकी छिन्।

ढोरपाटन नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्याल मेयरको उम्मेदवार बनेका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नगर सभापति धनबहादुर कायत कल्याण उम्मेदवार छन्। नेकपा एमालेले हालका नगरप्रमुख देवकुमार नेपालीलाई उम्मेदवार बनएको छ। उपप्रमुखमा पनि हालकै उपप्रमुख करमती पुनलाई टिक दिइएको छ।

काठेखोला गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका महाधिवेसन प्रतिनिधि राजु थापा अध्यक्षका उम्मेदवार बनेका छन्। उनी साविक तंग्रामका पूर्वगाविस अध्यक्ष हुन्। गठबन्धनकै उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकै लक्ष्मण पुन उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट डिलबहादुर कार्की गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धामा छन्। उनी एमाले काठेखोला गाउँ समिति अध्यक्ष हुन्। उपाध्यक्षमा एमालेले कोपिला पुनलाई उम्मेदवार बनाएको छ।

बडिगाड गाउँपालिकामा गठबन्धनबाट कांग्रेसकी गण्डकी थापा अधिकारीले अध्यक्षको उम्मेदवारी दर्ता गरेकी छिन्। उनी नेपाली काँग्रेस बागलुङका सचिव पनि हुन्। उनी गत स्थानीय निर्वाचनमा पनि काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेर उपविजेता बनेकी थिइन्। गठबन्धनबाट उपाध्यक्ष राष्ट्रिय जनमोर्चाका भीमसेन वन उम्मेदवार बनेका छन्। उनी पनि गत निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए। नेकपा एमालेबाट हालका गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका छोरा राजन पाइजालाई अध्यक्षमा उम्मेदवार बनाइएको छ। उपाध्यक्षमा एमालेले उपाध्यक्षमा मीना रायमाझीलाई उम्मेदवार बनाएको छ।

निसीखोला गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षको उम्मेदवार बनेका छन्। उनी हालका वडा नम्बर ७ का वडाध्यक्ष हुन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्ती उम्मेदवार छन्। निसीखोलामा नेकपा एमालेबाट भूमिराज घिमिरे अध्यक्ष र भोटु चन्द उपाध्यक्षमा उम्मेदवार बनेका छन्।

तमानखोलामा गठबन्धनबाट कांग्रेसका जोकलाल बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवं हालका पनि गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीका तारा सिर्पाली उम्मेदवार बनेका छन्। तमानखोला गाउँपालिका एमाले अध्यक्ष रहेका सिर्पाली आइतबार मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए। नेकपा एमालेले अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमती विकलाई उम्मेदवार बनाएको छ।

बरेङ गाउँपालिकामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा पौडेल उम्मेदवार बनेका छन्। उनी हालका गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा कांग्रेसका दिलीप पुनले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमालेले प्रदीप थापा मगरलाई अध्यक्ष र दुर्गा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।  

जिल्लाको ताराखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल अध्यक्षका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका उम्मेदवार बने। उनी लामो समय शिक्षण पेसामा आवद्ध थिए। उनले प्रजातन्त्र विकास मावि अमरभूमिको प्रधानाध्यापक पदबाट राजीनामा दिएर गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेका हुन्। नेकपा एमालेले ऋषिराम रोकालाई गाउँपालिका अध्यक्ष र थममाया घर्तीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ।

बग्रेल्ती विद्रोही

गठबन्धन र पार्टीले आधिकारिक टिकट दिएको उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार पनि बागलुङमा ठूलो संख्यामा देखिएका छन्। जिल्लाको ताराखोला गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका उनी अहिले पनि गाउँपालिका अध्यक्षको लागि सिफारीस भएका थिए। नेकपा माओवादी केन्द्रले आधिकारीक रुपमा धनबहादुर विक हिमाललाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। पार्टीले अन्याय गरेकाले उनले स्वतन्त्र उम्मेदवारी गरेको बताएका छन्।

गलकोट नगरपालिकामा नेपाली काँग्रेसकी नेतृ मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन्। नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य सदस्य चालिसेले मेयरमा दाबी गरे पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। मेयरको उम्मेदवारका लागि लबिङमा पोखरा रहेकी उनले पार्टी टिकट भरत शर्मा गैरेलाई दिएपछि हेलिकप्टरमा गलकोट फर्केर नगरप्रमुखमा उम्मेदवारी दिएकी बताईएको छ।

जिल्लाको ढोरपाटन नगरपालिकामा पनि कांग्रेसकी नेतृत्व दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी छिन्। मेयरको रेशमा रहेकी उनी गठबन्धन गर्दा पाएको उपमेयरमा पनि काँग्रेसले सम्बोधन नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएकी छिन्। उनी नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि हुन्।

यता नेपाल महिला संघ बागलुङकी सचिव उषा पौडेल कांग्रेसबाट सोमबार नै एमाले प्रवेश गरी जैमिनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छिन्। प्रमुख प्रतिस्पर्धी दलहरू राष्ट्रिय जनमोर्चा र कांग्रेसले गठबन्धन गरेर प्रमुखमा राजमोका नरबहादुर थापा र उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा उम्मेदवार बनेपछि पौडेल एमाले प्रवेश गरेर उपप्रमुख उम्मेदवार बनेको बताईएको छ।

अन्य विभीन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवार दिनको लर्को लागेको छ। ढिलागरी दलहरू उम्मेदवारी दर्ता गर्न गएका कारण उम्मेदवारी दर्ताको प्रक्रिया राती अबेरसम्म पनि चलेकै कारण कति स्वतन्त्र र विद्रोही उम्मेदवारी दर्ता भयो भन्ने एकिन विवरण भने आउन बाँकी छ। गठबन्धन र उम्मेदवारमा टिकट नपाएकाहरूले स्वतन्त्र उम्मेदवारी दिने र दल बदल्ने संख्या निकै धेरै रहेको छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२१ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस