दलहरुले अझै उम्मेदवार टुंग्याउन सकेनन्
११ वैशाख २०७९
•
३ मिनेट पाठ
दलहरुले अझै उम्मेदवार टुंग्याउन सकेनन्
स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन निर्वाचन अधिकृतको कार्यालय सुनसान भएका छन्। १० पालिका रहेको बागलुङका कुनै पनि पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा चहल पहल भएन। जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्ने पहिलो दिन घर्किदासम्म पनि आफ्नो उम्मेदवारी टुंग्याउन सकेनन्। पाँच दलीय गबन्धनबीच आइतबार दिनभरी पनि सहमती जुट्न सकेन। पालिका तहमा फुस्किएको गाँठो फेरि वडा तहमा पुगेर कसियो। काठेखोला गाउँपालिकाको वडा नम्बर ४ तंग्राममा पुगेर काँग्रेस र जनमोर्चाबीच गाँठो परेको बताईएको छ।  




काँग्रेस र जनमोर्चाबीच तीब्र प्रतिस्पर्धा हुने ठाउँ भएकाले दुबैले दाबी गर्दा गाँठो परेको हो। गत स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवार केशरबहादुर थापा केशवले जम्मा १४ मतान्तरले राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक थापालाई वडाध्यक्षमा पराजित गरेका थिए। निकै थोरै मतको मात्रै प्रतिस्पर्धा भएका कारण दुबैले पार्टी उक्त वडालाई प्रतिष्ठाको विषय बनाउँदा पालिका तहमा टुंगिएको कुरा वडामा अल्झिएको बुझिएको छ। एकिकृत समाजवादी पार्टीले बागलुङमा मुख्य दलहरु काँग्रेस माओवादी र राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीलाई सम्मान जनक स्थान नदिएको भन्दै शुक्रबारदेखि नै बैठकमा सहभागी भएको छैन।  

आईतबार बिहान केही समय वार्तामा गएको नेकपा एस एक्लै निर्वाचनमा जाने तयारी गरेको बताउँछ। अधिकाँस पालिकामा निर्वाचन अधिकृतको कार्यालय सुनसान हुँदा जिल्लाको ढोरपाटन नगरपालिकामा एक जना मेयर पदका लागि उम्मेदवारी परेको छ। ढोरपाटन नगरपालिकाको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निमबहादुर भण्डारीले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनी बाहेक अरु कसैले पनि उम्मेदवारी दर्ता नगरेको ढोरपाटन नगरपालिकाका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बताए।

रिजालका अनुसार मेयरसँगै राप्रपाको तर्फबाट वडा नम्बर ६ को वडा अध्यक्ष सहित वडा सदस्यमा पनि उम्मेदारी दर्ता भएको छ। वडा नम्बर ६ को वडा अध्यक्षमा तुल बहादुर भण्डारी महिला सदस्यमा मनिषा भण्डारी, खुल्ला सदस्यमा जितबहादुर थापा र मुना भण्डारीको उम्मेदावारी परेको छ। स्वतन्त्र उम्मेदवारको रुपमा पनि कसैले उम्मेदवारी दर्ता गरेका छैनन्। यता जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रकुमारी रोका क्षेत्रीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन्। पाँच दलीय गठबन्धन भागबन्डाका लागि छलफलमै बसिरहेको बेला उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।  

जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिए। गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट कार्यपालिका सदस्य रहेकी उनले पदबाट राजिनामा दिएर उम्मेदवारी दर्ता गराएको बुझिएको छ। लामो समय निकै पेचिलो बनेको जैमिनी नगरपालिकामा प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गर्ने मोटामोटी सहमती भए पनि स्वतन्त्र उम्मेदवारी पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले मेयर जितेको जैमिनी नगरपालिका जिल्लामा गठबन्धन कायमै राख्न राष्ट्रिय जनमोर्चालाई छोडेको थियो। निकै पेचिलो भएर काँग्रेस छोड्न तयार हुँदा पनि काँग्रेस कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी हाल्ने चेतावनी दिएका कारण त्यसको काउन्टरमा स्वतन्त्र उम्मेदवारी हालेको हुनसक्ने अड्कलबाजी गरिएको छ। क्षेत्रीको उम्मेदवारीको तात्पर्य उम्मेदवारी फिर्ता लिने दिनसम्म थाहा होला।

निर्वाचन अधिकृत भण्डारीका अनुसार आईतबार जैमिनी नगरपालिकामा चार जना वडाअध्यक्षको उमेदवारी दर्ता भएको छ। वडा नम्बर २ मा राप्रपाका यज्ञप्रसाद सापकोटा, ६ मा राप्रपाकै याम बहादुर क्षेत्री, वडा नम्बर ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापा र वडा नम्बर ३ मा कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उमेदवारी दर्ता गरे। बागलुङ नगरपालिकाको उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। काठेखोला गाउँपालिका-५ को वडाध्यक्षमा होमनाथ कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। 
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
३१ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस