आसन्न स्थानीयतह चुनावमा सत्ता साझेदार दलीय गठबन्धनले सहमति जुटाउने कसरत कायम राखेको छ। ३/४ दिनयता लगातार छलफल भईरहे पनि केन्द्रीय निर्देशन अनुसार गठबन्धन गर्ने सर्वसम्मत सहमति जुट्न भने सकेको छैन।
०७४ को चुनाव जित्ने पार्टीलाई प्रमुख पद छाड्ने र नजितेको ठाउँमा दोस्रो मत ल्याउने दललाई प्रमुख दिने गठबन्धन दलहरुको केन्द्रीय नीति अनुसार लछफल भईरहे पनि कतिपय आकांक्षीहरुमा दम्भ पलाएका कारण सर्वसम्मत सहमति हुन नसकेको नेताहरु बताउँछन्। लामो प्रयासमा पनि सहमति नजुटेपछि असहमति भएको ठाउँमा आआफ्नो उम्मेदवार उठाएर स्वच्छ र स्वस्थ्य प्रतिस्पर्धा गर्ने सहमति भएको नेताहरुको भनाई छ।
खासगरी सदरमुकाम त्रियुगा नगरपालिकामा सहमति जुटाउने प्रयास लगभग असफल भएको छ। त्रियुगामा गत चुनावमा एमालेबाट प्रमुख र काँग्रेसले उपप्रमुखसहित १६ मध्ये ८ वटा वडामा अध्यक्षलगायत प्यानलै जितेको थियो। बाँकी वडामध्ये ४ वटामा एमाले र २ वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको थियो। उपप्रमुख काँग्रेसकी देवीकुमारी चौधरीले जिते पनि प्रमुखमा काँग्रेसका प्रत्यासी बसन्त बस्नेतलाई ७२ मतले पछि पारेर मेयर जितेका बलदेव चौधरी नेकपा (एस)मा प्रवेश गरेका छन्।
अहिले यही नगरमा गठबन्धनको हलो अड्कन पुगेको छ। पटकपटकको छलफलमा कुरा नमिलेपछि सत्तारुढ दलहरुमध्येको काँग्रेस गठबन्धनबाट अलग भएर एक्लै चुनाव लड्ने र बाँकी माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर जाने सहमति भएको छ। काँग्रेस जिल्ला सभापति हिमाल कार्कीले पटकौँको प्रयास असफल भएपछि त्रियुगामा काँग्रेस एक्लै लड्ने र बाँकी स्थानीयतहमा केन्द्रीय नीति अनुसार गठबन्धन गर्ने निर्णय भएको बताए।
कार्कीले अहिले पनि गठबन्धनको संभावना सकिइनसकेको बताएका छन्। मनोनयन गर्ने समय अझै दुई दिन बाँकी रहेकाले अझै सकारात्मक परिणाम ल्याउँन सकिन्छ कि भनेर प्रयास जारी राखेको उनको भनाई छ। त्रियुगामा काँग्रेसलाई नै प्रमुख दिएर अघि बढ्ने विकल्पमा पनि गठबन्धन दलहरुबीच व्यापक छलफल भएको तर, सफल हुन नसकेको बताइएको छ।
हालका मेयर चौधरी एकीकृत समाजवादीका पालिटव्युरो सदस्य र प्रदेश अध्यक्षसमेत रहेकाले केन्द्रबाटै उनको पक्षमा लविङ भएको एक नेताले बताए। एसमा हाई प्रोफाईल भएकैले पनि चौधरीको विकल्प बस्नेतलाई बनाउन नसकिएको उनी बताउँछन्।
त्रियुगामै सहमति नजुटेकै कारण जिल्लाभरीको गठबन्धनको गाँठो फुकाउन असहज भएको हो। सदरमुकाम र ठूलो नगरपालिका भएकाले मुख्य स्थानीयतह त्रियुगामा सहमति नजुट्नुको ‘साईड इफेक्ट’ अन्य पालिकाहरुमा प्रत्यक्ष परोक्ष परेको गठबन्धनको निश्कर्ष छ। गठबन्धन गर्ने विषयमा सुरुवाती चरणको छलफलमा त्रियुगा र उदयपुरगढी गाउँपालिका प्रमुख एसलाई, लिमचुङबुङ, ताप्ली र कटारी नगर माओवादी र बाँकी ४ पालिका काँग्रेसलाई दिने मोटामोटी सहमति जुटेको थियो।
जितेको पालिकामा प्रमुख र दोस्रो स्थान ल्याउनेलाई उपप्रमुख तथा पराजित पालिकामा दोस्रो स्थान ल्याउनेलाई प्रमुख दिएर जाने केन्द्रीय नीति अनुसार आएको सो प्रस्तावमा कतै दम्भ र कतै आग्रह मिसिदा गठबन्धन पेचिलो बन्न पुगेको नेताहरुको बुझाई छ। जिल्लातहमा गठबन्धनको समस्या समाधान नभएपछि सो जिम्मेवारी प्रदेश संयन्त्रलाई सुम्पने निर्णय पनि गरियो। तर, प्रदेशले पनि जिल्ला संयन्त्रकै सिफारिसका आधारमा गर्ने भनेपछि पुनः फर्केका जिम्मेवारी निभाउन नसक्दा उम्मेदवार तोक्नै ढिला भएको छ।
९ गते शुक्रबारसम्म गठबन्धन संयन्त्रले बाँडफाँड टुंगो लगाउन नसकेपछि पार्टींहरुले आन्तरिक उम्मेदवार तय गर्न सकेका छैनन्। गठबन्धन गर्ने कुराप्रति पूर्ण प्रतिबद्ध रहे पनि प्राविधिक पाटो पेचिलो भएर समस्या उब्जेको माओवादीका केन्द्रीय सदस्य सुरेशकुमार राई बताउँछन्। उनका अनुसार यत्ति हुँदा पनि गठबन्धन गरेर जाने कुरामा अझै सत्ता साझेदार दलहरु एकजुट रहेका छन्। ‘अहिलेको राष्ट्रिय आवश्यक्ता गठबन्धन गर्ने पर्ने भएकाले सोही अनुसार केन्द्रीय नीति बनेको छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राईले भने, ‘त्यसैले अझै सबै पालिकामा गठबन्धन गरेर जाने विकल्प हामीले खुल्ला राखेर छलफल जारी छ।’
एमालेमा सकस छिचोल्दै गठबन्धनको पर्खाइमा
उता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि अहिलेसम्म उम्मेदवार टुंगो लगायन सकेको छैन। सत्ता साझेदार दलहरु गठबन्धनमा अल्झिरहँदा व्यापक आन्तरिक छलफल गर्ने मौका पाएको एमालेले पनि आकांक्षी धेरै भएकैले उम्मेदवार टुंग्याउन नसकेको हो।
पार्टीमा चैत अन्तिमभित्रै सबै पालिका र वडाबाट उम्मेदवारहरुको नाम सिफारिस भएर आईसके पनि ठोस भने गरिसकेको छैन। सत्तारुढ दलीय गठबन्धन एमालेका लागि चुनावी पल्लाभारीको अनुमान गरिए पनि उनीहरुबीच फाटो ल्याउन सके चुनावी परिणाम हात पार्न सकिने आँकलन गर्दै एमालेले छलफललाई घनिभूत बनाएको नेताहरु बताउँछन्।
एक अगुवा कार्यकर्ताले भने एमालेबाट लगभग सबै पालिका र वडा उम्मेदवारको नाम टुंगो लागिसकेको बताए। तर, गठबन्धनले टुंगो लगाएको हेरेर एमालेले आफ्नो निर्णय बाहिर ल्याउने याजना बनाएको उनको बुझाई छ। सत्ता साझेदारहरुबीचको रस्साकस्सी लम्बिरहँदा व्यापक छलफल गरेर वस्तुपरक ढंगले उम्मेदवार छान्न पाउने अवसर मिलेको एमालेको बुझाई छ। ‘पहिले गठबन्धनबाट को को उम्मेदवार हुन्छन् हेरुँ भन्ने पनि पार्टीको पर्खाइ हो,’ एक एमाले अगुवा कार्यकर्ताले भने, ‘उता टुंगो लागेपछि त्यसलाई काट्न सक्ने क्याडर हामीलाई छान्न सहज होस् भनेर पनि नाम टुंगो नलगाइएको हो।’