गोरखामा सत्ता गठबन्धन भित्रका चार दलबीच चुनावी तालमेल नटुङ्गिँदा चुमनुब्री गाउँपालिकाका उम्मेदवार अन्यौलमा परेका छन्।
कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीबीच गठबन्धन हुँदा कुन वडा कसको भागमा पर्ने भन्ने यकिन भएको छैन। ११ वटा नगर र गाउँपालिकामा सहमति जुटाउन नसकेका गठबन्धनका दलहरुले छिट्टै वडा टुङ्ग्याउने संभावना देखिँदैन।
चुमनुब्री गाउँपालिको वडा नम्बर १ सामागाउँ, २ ल्होबाट गाउँपालिकाको केन्द्र वा निर्वाचन अधिकृतको कार्यालयमा आउन दुई/तीन दिन लाग्छ। वडा नम्बर ४, बिही, ७ छेकम्पारबाट पनि एक दिन भन्दाबढि लाग्छ। बैशाख ११ र १२ गते मनोनय दर्ता गर्न निर्वाचन आयोगले समय तोकेको छ। ‘अहिले सम्म कुन पार्टीबाट कसले वडा अध्यक्ष, सदस्यहरुमा उम्मेदवारी दिने भन्ने यकिन नहुँदा यहाँ अलमल भएको छ’ स्थानीय बिरबल घलेले भने।
गठबन्धन हुँदा कुन वडामा अध्यक्ष सदस्य कुन दलको हुने भन्ने पनि यकिन हुन सकेको छैन। गठबन्धन नभएको खण्डमा फरक–फरक पार्टीबाट उम्मेदवारी दिनुपर्ने भएकाले को–को उम्मेदवारी दिन र प्रस्ताबक, समर्थकका लागि निर्वाचन अधिकृतको कार्यालयमा जाने भन्नेमा स्थानीयलाई अन्यौल भएको छ।
केही संभावित उम्मेदवारले भने प्रस्ताब समर्थक ल्याएर निर्वाचन अधिकृतको कार्यालय नजिकै चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा होटलमा राखेका छन्। ‘केही दुईतीन दिन अघिदेखि आएर होटलमा बसेका छन’ उनले भने ‘केहीलाईं गठबन्धन भयो भने जाने कि नजाने भन्ने पनि अन्यौल छ।’ सबै पार्टीबाट संभावित उम्मेदवारलाई यस्तो समस्या भएको उनले बताए।
गठबन्धन दलले सहमती नहुने घोषणा गर्ने हो भने सोही अनुसार उम्मेदवारले प्रस्ताबक समर्थक लिएर नोमिनेशनको तयारी गर्ने थिए। गठबन्धनका विषयमा टुङ्गो नलाग्दा दुर्गममा कार्यकर्ताले दुःख पाएका छन् भने अन्यौल पनि बढेको छ। गठबन्धन भित्र पनि दलहरु बिच भावगण्डाको विषय पेचिलो भएकाले सहमतीको संभावना कमजोर हुँदै गएको नेताहरुले बताएका छन्।