जनता समाजवादी पार्टीका संघिय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले वैशाख ३० मै चुनाव गर्न राजनीतिक समस्या केही नभएको बताएका छन्।
२०७४ मा दोस्रो चरणमा निर्वाचन भएको स्थानीय तहको म्याद असोज ५ सम्म बाँकी रहेको बताउँदै भट्टराईले यो विषयमा अधिवक्ताहरुले यसअघि नै संविधान अनुसार वैशाख ३० मा चुनाव गर्दा बाँझिने जानकारी दिएको बताए।
‘कानुनी ढंगले भयो भने के लाग्यो र?’ ‘राजनीतिक रुपमा संशय छैन’ उनले थपे। ‘संवैधानिक समस्या छ तर राजनीतिक रुपमा कुनै समस्या छैन’ मंगलवार गृहजिल्ला आएका उनले पत्रकारहरुसँगको कुराकानीमा भने ‘गठबन्धन भित्र पनि अघि बढिसक्यो अव निर्वाचन गर्नुपर्छ भन्ने छ।’
सत्ता गठबन्धन भन्दा बाहिर चुनावी तालमेल गर्नु राजनीतिक नैतिकताले नदिने बताउँदै भट्टराईले स्थानीय तहमा जिल्ला र प्रदेशले समझदारी बनाउने बताए। सत्ता गठबन्धनका दलहरुबीच महानगर र उपमहानगरको भागवण्डा करिब टुङ्गिएको बताउँदै उनले पोखरा एकीकृत समाजवादीलाई दिँदा कांग्रेसका कार्यकर्ताले बिरोध गरेकाले महानगरको अन्तिम निर्णय आउन बाँकी रहेको बताए।
काठमाडाैं महानगरपालिका, ललितपुर, बिराटनगर कांग्रेसले लिने, बिरगंज जसपाले लिने, माओवादीले भरतपुर र एकीकृत समाजवादीले पोखरा लिने गरी सहमति भएको उनले बताए। उप महानगरपालिका पनि सोही अनुसार सहमतिमा टुङ्गिने उनले बताए। ‘गठबन्धनका दलहरु स्थानीय निर्वाचनमा सँगै जाँदा राम्रो हुन्छ’ उनले भने। गठबन्धन भित्र जो–जो मिल्न सक्छ उनीहरुसँगै जाने उनले बताए।