गोरखामा गठबन्धनका चारवटै दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून हुँदै गएको छ। पटक–पटक बसेको गठबन्धन बैठकले ठोस निर्णय गर्न नसक्दा दलहरु एकै ठाउँमा नहुने अवस्था देखिएको हो।
कांग्रेसले यस अघि जितेको नौ वटै पालिकामा दावी छाडेको छैन। गठबन्धनको मर्म नै यस अघि जितेको ठाउँमा गठबन्धन भित्रको दललाई छाड्ने भएको भन्दै यो ‘बटमलाईन’मा कांग्रेस छ। ‘हाम्रो दावी ९ वटा पालिकामा रहेको छ, त्यो रहिरन्छ, गठबन्धनको मर्मत अनुसार नै छ,’ कांग्रेसका एक नेताले भने।
माओवादी केन्द्रले आधा/आधा जसो स्थानीय तह भागबण्डा गर्नुपर्ने अडान राखेको छ। कांग्रेस र माओवादी केन्द्रको मत बराबर रहेको दावी गर्दै माओवादी केन्द्रले एउटा नगरपालिका सहित पाँचवटा पालिका दावी गरेको एक नेताले बताए। यो मागबाट माओवादी पनि अहिलेसम्म पछि हटेको छैन।
जनता समाजवादी पार्टीले एउटा नगरसहित तीनवट पालिका आफूले पाउनुपर्ने दावी गरेको जिल्ला अध्यक्ष यानप्रसाद भट्टले बताए। राष्ट्रिय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगर पालुङटार नगरपालिका आफूले पाउनुपर्ने दावी जनता समाजवादी पार्टीको छ। जसपालाई नगरपालिकासहितका पालिका दिन कांग्रेस, माओवादी तयार छैनन्। कांग्रेस र माओवादी केन्द्र मिलेको खण्डमा गोरखाका सबै पालिकामा जित्न सकिने दावी उनीहरुको छ।
गठबन्धन भित्रकै अर्को दल नेकपा एकीकृत समाजवादीले एउटा पालिका मागेको छ। नेकपा एसको संगठन कमजोर रहेकाले उसलाई मिलाउन सहज नहुने बुझाईमा कांग्रेस माओवादीका नेता छन्। तर जनता समाजवादी पार्टीसँगको छलफल निश्कर्षमा पुगेको छैन। चारवटा पार्टीलाई ११ वटा स्थानीय तह भागवण्डा गर्न मुस्किल परेको छ। स्थानीय तहको प्रमुख पदमा भागबण्डा नमिल्दा गठबन्धनको बैठक अर्थहिन बनेको छ। शुक्रवार बिहान बसेको गठबन्धन बैठक शनिवार बसेन। आईतवार गठबन्धनका नेताहरु बैठक बस्ने तयारीमा छन्।
केन्द्रबाट सहमतिको नयाँ खाका नआएको खण्डमा जिल्लाका नेताहरु आफ्नो अडामै रहने देखिन्छ। गठबन्धन भित्रका सबै दल एकै ठाउँमा हुने सम्भावना पछिल्लो बैठकपछि कम रहेको सहभागी नेताहरु नै बताउँछन्। गठबन्धन भित्रका सबै दल एकै ठाउँमा रहेनन् भने कांग्रेस र माओवादी मात्रै मिल्दा गठबन्धनमा आँच आउने खतार पनि छ। यो खतरा टार्न कांग्रेस र माओवादीपनि एक्लाएक्लै प्रतिष्पर्धा गर्ने तयारीमा छन्।
सबै दलले आन्तरिक रुपमा वडा तहदेखि पालिकाका उम्मेदवारको खाका तयार गरिसकेका छन्। गठबन्धन हुन सक्ने झिनो आशा बाँकी रहेकाले गठबन्धन हुँदा र नहुँदा को उम्मेदवार बनाउने भन्नेमा पनि दलहरुले गृहकार्य गरिरहेका छन्। गठबन्धन भएको खण्डमा सहजै जित्ने आशले ति दलभित्र वडा तहदेखि उम्मेदवार बन्नेको लर्को छ।