राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले देश असफल राष्ट्र बन्ने बाटोमा गइसकेको बताएका छन्।
उनले विराटनगरमा आयोजित सभामा बोल्दै देश असफल राष्ट्र बन्ने बाटोमा गइसकेको बताएका हुन्। अहिलेको नेतृत्व, राजनैतिक व्यवस्था र तीन तहको संघीयताले देशको हित हुन नसक्ने र जनताको जीवनस्तर उक्सिन नसक्ने लिङ्देनले बताए। उनले राजनैतिक व्यवस्था परिवर्तनका लागि जनता अग्रसर हुन आग्रह गरे।
‘देशको ३२ वर्षदेखि नेतृत्व गर्दै आएको नेतृत्व र प्रणाली पनि असफल भएको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘तीन तहको सरकार र अहिलेको निर्वाचन प्रणालीलाई जति पाली रहन्छौं। त्यती नै हाम्रो शिरमाथि श्रीलंका जस्तो खतरको बादल मडारी रहन्छ।’ यस कारण अहिलेको सरकार र व्यवस्थाको विकल्प खोज्ने समय आइसकेकाले यो व्यवस्थाविरुद्ध एक जुट हुन सबैलाई आग्रह गरे। देशको अर्थतन्त्र ओरालो लागे छ। काँग्रेस, एमाले र माओवादी अलग पार्टी होइनन्। यिनीहरु एक सिक्काका दुई पाटा हुन्। देशलाई यो स्थितिमा पु¥याउने काममा यिनै पार्टीहरुबाट भएको लिङ्देनले बताए।
हामीले हाम्रो सामान्य आँखा हेर्दा देशको अवस्था ठीक ठाक चलेको जस्तो देखेका छौं। देश शान्ती पूर्ण अवस्थामा रहेको जस्तो देखे पनि आज देशको अवस्था हाम्रो सामान्य आँखाले देखे सामान्य नभएको बताउँदै, लिङ्देनले भने, ‘देश इतिहासको एउटा असामान्य स्थितिबाट गुज्रिरहेको छ। कुनै पनि बेला यो देश असफल राष्ट्र हुन सक्छ। अहिले सरकारका ३ वटै अंगहरुले काम गरिरहेको छैनन्।’ अदालत, संसद् र सरकार भएको अनुभूति कसैले गर्न पाएका छैनन्। यी अंगहरु काम गर्ने र गराउन नसक्ने भएका छन्। यिनीहरुबीचमा रहेको नियन्त्रण र सन्तुलनको अवस्थासमेत गुमेको छ लिङ्देनले भने। देशको अर्थतन्त्रको खराब भइसकेको हुँदा देशले कुनै पनि सयममा श्रीलंकाको जस्तो नियति भोग्नु पर्ने अवस्था आउन सक्छ।
‘श्रीलंकाको जस्तो खतराका संकेतहरु हाम्रो देशमा देखिन थालिसकेको छ,’ लिङ्देनले भने, ‘बैंकमा पैसा छैन भनेर लगानी रोकेको छ। ठूलो चेकहरु साटिएका छैनन्। देश कता जाँदै छ भन्ने एउटा प्रतिविम्ब हो।’ सरकारले ठीक ढंग काम गर्न नसक्दा देशको अर्थतन्त्र बिग्रिएको हो। आज बैदेशिक ऋण बढेको बढै छ। लिएको ऋणी उत्पादनमुखी क्षेत्रमा लगानी गर्न नसकेर वितरणमुखी र कार्यकर्ता पोस्ने काम अहिलेका नेतृत्वले गरिरहेको छ। राष्ट्रिय प्रजातन्त पार्टीले देश र धर्म जोगाउँदै अहिलेको कुशासन र विकृतिबाट मुक्त दिलाउने एउटा अभियान लिएर हिँडेको अध्यक्ष लिङ्देनले बताए।