एमालेबाट निर्वाचित कंचनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। यसैगरी नेकपा एमालेबाट निर्वाचित ५ जना वडाध्यक्ष पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बेदकोटमा आयोजित एक समारोहबीच प्रवेश गराएका हुन्।
वडा न ३ का वडाध्यक्ष तिलक ठकुल्ला, वडा नम्बर ४ का भास्कर भट्ट, वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नम्बर ८ का अध्यक्ष दुर्गासिह भण्डारी र वडा नम्बर १० केशब रावल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन्।
गत निर्वाचनमा एमालेबाट जितेका ८ वडाध्यक्ष मध्य ५ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
जिल्ला अधिवेशनमा सचिव पदमा चन्द, पल्लब राज भट्टसँग पराजित भएका थिए। विगतमा नेपाल नजिक रहेका चन्द सचिवमा पराजित भएपछि असन्तुष्ट भएका थिए।
यसैगरी ५ जना कार्यपालिका सदस्य पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।