नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शनिबार गोरखा आएका उनले यस्तो बताएका हुन्। उनले भने, ‘सबै कार्यकर्तालाई एकताबद्ध बनाएर, बिहानदेखि बेलुकीसम्म खटेर, जनताको सकारात्मक कामलाई बुझाउँदै गल्ती कमजोरीलाई आत्मालोचना गरौँ, जनताको घरघर जाऔँ।’
माओवादीले जितेको पालिकामा के काम भयो भन्नेबारे घरघरमा पुगेर जानकारी गराउनुपर्ने उनले बताए। स्थानीयतहमा विजयी हासिल गर्नुपर्ने बताउँदै उनले समाजवादको दिशामा अघि बढ्दै संविधान र लोकतन्त्रको कार्यान्वयन गर्न निर्वाचन जित्नुपर्ने बताए।
‘प्रतिगमनको खतराप्रति सचेत हुँदै विकासको दिशामा अघि बढ्नुछ,’ उनले भने, ‘सामाजिक तथा आर्थिक रुपमान्तरणमा अघि बढ्न र समतामुलक समाज निर्माण गर्न, एकतालाई कायम गर्दै अघि बढ्नुपर्ने बताए।