स्थानीय तह निर्वाचनः एमाले एक्लैले ६० प्रतिशत जित्ने ब्रिफिङ
१० चैत्र २०७८
•
५ मिनेट पाठ
स्थानीय तह निर्वाचनः एमाले एक्लैले ६० प्रतिशत जित्ने ब्रिफिङ
नेकपा एमालेका नेताहरूले स्थानीय तहको निर्वाचनमा सत्ताधारी गठबन्धनले भन्दा बढी सिट जित्ने दाबी गरेका छन् ।




कांग्रेस र माओवादी एक्लाएक्लै मैदानमा आए करिब ६० प्रतिशत सिट हात पार्ने तथा सत्तागठबन्धन कायमै रहे ४० प्रतिशतभन्दा बढी सिट हात पार्ने दाबी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूको छ। बुधबार सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनबारे ब्रिफिङ गर्ने क्रममा नेताहरूले अधिकांश स्थानमा एमालेको अवस्था राम्रो रहेको दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र एमाले एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी पहिलेदेखि नै गर्दै आएका छन्।  

बैठकमा प्रदेश नं. १ का अध्यक्ष तुल्सी नेउपाने, मधेस प्रदेशका अध्यक्ष रामअवतार यादव, वाग्मतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोदकुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले अधिकांश स्थानमा एमाले पहिलो दल हुने दाबी गरेका थिए । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आगामी स्थानीय निर्वाचनमा एमाले लोकप्रियताका साथ पहिलो शक्ति हुन्छ, पार्टीप्रति तीव्र जनआकर्षण छ भन्ने रिपोर्टिङ भएको छ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बैठकमा पनि नेताहरूले एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ गरेका थिए।

पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता र तालमेलको कुरा उठाए पनि त्यसलाई अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । एमालेको जिल्ला तहबाट आएको रिपोर्टिङको आधारमा गठबन्धन दलहरूभन्दा केही सिट बढी ल्याएर एमाले पहिलो पार्टी बन्ने अनुमान गरिएको छ । ‘सत्ता गठबन्धन आफैंमा विभाजित छ गठबन्धन भए पनि नभए पनि एमाले पहिलो दल बन्छ’, पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भने।

एमालेले माधव नेपाल नेतृत्वको पार्टीमा नेताहरूमात्रै गएका, कार्यकर्ता खासै नगएका कारण केही केही स्थानमा मात्रै असर गर्ने विश्लेषण गरेको छ। यसको क्षतिपूर्ति गर्न माओवादी, विभाजित भएर गएका पूर्वएमाले कार्यकर्ता र मधेसवादी दलका कार्यकर्तालाई फर्काएर ल्याउने मिसनका साथ एमाले अघि बढेको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान अघि बढाएको छ।  

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । कांग्रेस र एमाले ढुक्क देखिए पनि सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी भने अप्ठ्यारो अवस्थामा छन्।

यी दुवै दलले गठबन्धनबीच चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसबाट सकारात्मक जवाफ पाएका छैनन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति नहुने आकलन गरिएको छ। 

०७४ सालको स्थानीय तह चुनावमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका थिए । एमालेले ७ सय ५३ स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुखमा जित निकालेको थियो। त्यस्तै १ सय ७१ गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको थियो।

स्थानीय तहमध्ये ३ सय ३१ ठाउँमा उपाध्यक्ष जितेको एमालेले त्यति बेला प्रमुखको तुलनामा ३७ ठाउँमा उपप्रमुख बढि जितेको थियो । एमालेले २ हजार ५ सय ६० वडामा वडाध्यक्ष जितेको थियो। निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले त्यस बेला ४० दशमलब २३ प्रतिशत जित हासिल गरेको थियो।  

केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरूलाई एक तहमुनिको भूगोलमा खटिन निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यलाई आफू सम्बद्ध जिल्लाको निर्वाचनमा खटिन निर्देशन दिएका थिए।

‘प्रदेश कमिटीका सबै सदस्यहरू आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदस्यहरू आफ्नो वडामा गएर खटिनुपर्नेछ’,ओलीले भने। त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मञ्चहरूमा आबद्ध नेता कार्यकर्तालाई आआफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिइएको छ।  

यस्ता छन् ओलीका चुनाव जित्ने आधार

एमाले अध्यक्ष ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचन जित्ने विभिन्न आधारबारे चर्चा गरेका छन्। आफू नेतृत्वको सरकारले गरेका कामबारे उल्लेख गर्दै ओलीले पार्टीका सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको योगदानका कारण पार्टीले बहुमत ल्याउने तर्क गरेका छन्। केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको भूमिका, प्राप्त उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तनले पनि पार्टीलाई विजयी बनाउन सहयोग गर्ने उनको विश्लेषण छ।  

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका, राज्यका हरेक अंगमा न्यूनतम एकतिहाइ महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान, नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद र नेकपा एमाले नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन वित्तीय, कानुनी र प्रशासनिक योगदान गरेको भन्दै उनले यिनलाई पनि निर्वाचन जित्ने आधारका रुपमा उल्लेख गरेका छन्।
अर्को समाचार
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले माओवादी केन्द्र र आफ्नो दल अर्थात् नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।




मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

माओवादी संसदीय दलको बुधवार बसेको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। ‘अहिलेलाई उहाँ (रणसिंह परियार)लाई विना विभागीय मन्त्रीका रुपमा पठाउने निर्णय भएको छ,’ सांसद कृष्ण जिसीले भने, ‘बाँकीको नाम टुंगो लागेपछि एकै पटक मन्त्रालयको जिम्मेवारी दिइनेछ।’ परियार माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हुन् । उनी हुम्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।

मंगलबार भएको दुई दलका शीर्ष नेताबीच मन्त्रालयको भागबण्डाको टुंगो लागेको थियो। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रले महत्वपूर्ण चार मन्त्रालय पाउने टुंगो लागेको छ। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा जलस्रोत विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनेछ। चैत २९ गते कँडेल मुख्यमन्त्री नियुक्त भएपनि मन्त्री नियुक्त गर्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस