कांग्रेसका कारण गठबन्धन संकटमा पर्न सक्छ: दाहाल
०४ चैत्र २०७८
•
२ मिनेट पाठ
कांग्रेसका कारण गठबन्धन संकटमा पर्न सक्छ: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा सत्ता गठबन्धन सँगै रहने/नरहने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्। प्रेस सेन्टर नेपालले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले तत्काल एमालेसँग सहकार्यको कुनै योजना नभए पनि कांग्रेसको व्यवहारले आगामी कार्यदिशा निर्धारण गर्ने बताए।




एमालेसँग चुनावी गठबन्धनको सम्भावना कत्तिको छ भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, ‘तत्काल एमालेसँग सहमतिको सम्भावना देखिँदैन तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन। कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन।’ उनले कांग्रेसका केही अतिवादी नेताले कुनै हालतमा चुनावी तालमेल हुँदैन भन्ने अभिव्यक्ति दिइरहेका कारण गठबन्धनमा असर पर्न सक्ने विचार व्यक्त गरे। 

दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन बचाएरै जानुपर्ने पक्षमा रहेकाले एमालेसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। ‘कांग्रेसका केही नेताले निर्वाचनमा कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवादी ढंगले बोल्न थाल्नुभएको छ तर देउवाजीले त्यसरी नबोल्न भनिसक्नु भएकाले अवस्था त्यतातिर नजाला भन्ने पनि छ,’ दाहालले भने।

चुनावी तालमेल भए पनि स्थानीय आवश्यकताका आधारमा केही स्थानमा मात्रै हुने भन्दै दाहालले आफ्नै अजेन्डा र शक्तिमा निर्वाचन जित्ने गरी लाग्न कार्यकर्तालाइ निर्देशन दिए। पार्टीको सामाजिक, आर्थिक र राजनीतिक अजेन्डासहित उत्साहका साथ निर्वाचनमा होमिनुपर्ने उनको भनाइ थियो। 

राजनीतिक र सामाजिक जागरणसहित जनतालाई आर्थिक रूपमा सम्पन्न गराउने पार्टीको मुख्य लक्ष्य रहेको भन्दै दाहालले सोही नारा लिएर जनताको घरघरमा जानुपर्ने बताए। माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि बिहीबार बुटवल आएका दाहाललले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने दोहोर्‍याए।

एमसिसी सम्झौता अनुमोदनको प्रसंग कोट्याउँदै दाहालले सत्ता गठबन्धन र देश दुवैलाई संकटबाट पार लगाउन केही विषय परिमार्जन गरेर त्यसलाई प्रतिनिधिसभाबाट पारित गर्नुपरेको बताए। दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली कुण्ठाले भरिएको व्यक्ति भएको भन्दै उनलाई देश र जनताप्रति कुनै चिन्ता र चासो नभएको बताए।
अर्को समाचार
वर्षमानले पाएको त्यो सूचनाः एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ
०८ माघ २०८०
•
२ मिनेट पाठ
वर्षमानले पाएको त्यो सूचनाः एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेन्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन्।




कोसी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबिच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तन विरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शङ्काको वातावरण निर्माण भएको बताए।

राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरंकुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो । ‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौँलाख जनता सडकमा आएर निसस्त्र सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बाेक्नुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो रु’ उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिँड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप उनले लगाए। कोसी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले बताए। 

उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरूलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर काँग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे। संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए।  ‘कृष्ण सिटौला शान्ति प्रक्रिया, संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डमा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ। उहाँ जत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने हो, उम्मेदवार नै खडा गर्न नहुने हो’, पुनले भने, ‘ प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ । सिटौलाजीलाई त सर्वसम्मत बनाउनुपर्ने हो। उहाँ कसैसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति होइन।’

संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता, संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनै पर्ने उनको भनाइ थियो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस