विवेकशिल सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले पार्टीबाट राजिनामा दिएका छन । पार्टीको साधारण सदस्य सहित सवै जिम्मेवारी बाट उनले राजिनामा दिए हुन । धनगढी उपमहानगरपालिका वासिन्दाले मेयरमा स्वतन्त्र भएरै उम्मेदवारी दिन सुझाव दिएकोले उनले पार्टी छोडेको जनाएका छन । पार्टी अध्यक्षलाई बुझाएको राजिनामा पत्र उनले धेरै लामो समयसम्म राजनीती गर्ने सोच नभएको र स्थानिय वासिन्दाको सुझाव अनुसार स्वतन्त्र रुपमा अन्तिम पटक स्थानिय निर्वाचन लड्ने तयारी भएकाले सवै जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गरेका छन ।
धनगढी उपमहानगरपालिकाको मेयरमा गत निर्वाचनमा स्वतन्त्र पार्टीबाट निर्वाचन लडेर सम्मानजनक मत प्राप्त गरेका हमाल २०७४ साउन २८ गते विवेकशिल साझा पार्टीमा प्रवेश गरेर सुदूरपश्चिमको संयोजकको जिम्मेवारीमा थिए ।