कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’
०३ फागुन २०७८
•
४ मिनेट पाठ
कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’
कर्णाली प्रदेश मुख्य मन्त्री कार्यालय। तस्बिर: गोविन्द/नागरिक
कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच अवरुद्ध संसद सुचारु गर्न भएको माघ १८ गते भएको सहमति अनुसार १५ लाख मुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने रहेको थियो। तर, अधिकांश साना टुक्रे योजना कार्यान्वयन चरणमा गईसकेका छन्। कर्णाली प्रदेशका केही जिल्लामा बाहेक प्राय जिल्लामा त्यस्ता साना योजना कार्यान्वयनमा गईसकेका हुन्। जसले गर्दा सरकार र प्रतिपक्षबीचको सहमति कार्यान्वयन नहुने शंका बढेको हो।




कर्णाली प्रदेश सरकार अन्तर्गत रहेका पूर्वाधार तथा सहरी विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालयहरुबाट अधिकांश १५ लाखमुनिका साना योजना कार्यान्वयन चरणमा लगिएको हो। धेरै ठेक्का अन्तिम चरणमा छन् भने, कतिपय योजनाहरु सम्पन्न गरिसकेको प्रतिवेदन मातहतका कार्यालयले मन्त्रालयमा पठाएका हुन्।

मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयहरुमा योजनाहरुको बारेमा मागिएको छ। कार्यान्वयनमा पुगेका योजनाहरुका बारेमा मुख्यमन्त्री प्रदेश बाहिर भएकाले ठोस निर्णय नभएको जनाईएको छ।  मन्त्रालयहरुले मातहतका कार्यालयमा योजना कार्यान्वयनको अवस्थाबारे २३ गते मात्र पत्राचार गरेका थिए। माघ १८ गते कर्णाली सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रदेशसभाको गतिरोध अन्त्यका लागि भएको सहमतिमा प्रदेश सरकारबाट भएको १५ लाखमुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने उल्लेख थियो। एक अर्ब बढीको टुक्रे योजना रोक्न सरकारले मातहतका कार्यालयमा पत्राचार गरे पनि अधिकांश योजना कार्यान्वयनको चरणमा पुगेपछि सरकारले कस्तो निर्णय लिने हो प्रतिपक्ष दल पर्ख र हेरको नितिमा बसेको छ।

पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट यो आर्थिक वर्षमा १५ लाखमुनिका सडकतर्फ ३ सय ४९ योजना, मोटोरेबल पुल १९ वटा र झोलुङ्गे पुल ५४ वटा रहेका छन्। डोल्पामा सडक १२ वटा, मोटोरेबल पुल ७ वटा र झोलुङ्गे पुल ४ वटा रहेका छन्। जसमा ८ वटा सडक, झुलगे पुल २ वटा र मोटोरेबल पुल ७ वटा प्रकृयामा गई  कार्यान्वयनको चरणमा रहेका छन्।

पूर्वाधार विकास कार्यालय दैलेखबाट ६० सडक, ९ वटा झुलुगे पुल र १ वटा मोटोरेबल पुल रहेकोमा अधिकाँश कार्यान्वयन भईसकेको छ। कालिकोटमा पनि १६ सडक र मोटोरेबल पुल २ वटा रहेकोमा १२ वटा सडक कार्यान्वयनका लागि प्रकृया अघि बढाईसकोको छ। जाजरकोटमा ३५ सडक र ४ झोलुङ्गे पुलहरु रहेका छन्। जसमा चार वटा झोलुङ्गे पुलको डिपिआर तयार हुँदै छ भने चार वटा सडक सम्पन्न भईसकेको छ। त्यस्तै सम्झौता भई उपभोक्ता मार्फत २२ वटा सडक काम भईरहेको छ। त्यस्तै काम नभएको सडकमा ८ वटा रहेको छ।

रुकुमपश्चिममा २२ सडक २ वटा मोटोरेबल पुल र १ वटा झोलुङ्गे पुल रहेका छन्। सवै योजनाहरुको काम भईरहेको छ। जुम्लामा ४० सडक, मोटोरेबल पुल २ वटा र झोलुङ्गे पुल १ वटा रहेका छन्। जसमा सडक २३ वटा, झोलुङ्गे पुल र २ वटा मोटोरेबल पुल तर्फको काम बाहेक सवै योजनाहरु कार्यान्वयनको चरणमा रहेको छ। पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा ९२ सडक, ३ मोटोरेबल पुल र झोलुङ्गे पुल १ वटा रहेको छ। ४० वटा सडक, १ झोलुङ्गे पुल र २ वटा मोटोरेबल पुल बाहेक अरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ। सल्यानमा २० सडक, मोटोरेबल पुल २ र झोलुङ्गे पुल ७ रहेका छन्। जसमा  २० वटा सडक ठेक्का प्रकृयामा अघि बढाईएपनि अरु काम भएका छैनन्। हुम्लामा ३२ सडक र १३ झोलुङ्गे पुलमा हालसम्म कुनै पनि योजना प्रकृयामा गएको छैन्। मुगुमा कुनै पनि साना योजनाको काम सुरु भएको छैन्।

साना योजना केही सम्पन्न र अधिकांश कार्यान्वयनको चरणको प्रकृयामा रहेकाले अव मुख्यमन्त्री कार्यालयबाट कस्तो निर्णय आउँछ त्यसअनुसार मातहतका कार्यालयमा पत्राचार गरिने पूर्वाधार तथा सहरी विकास मन्त्रालयका निमित्त सचिव रमेश सुवेदीले बताए। त्यस्तै १२ करोडका साना टुक्रे योजनाहरु मन्त्रालय र मातहतमा रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले बताए। सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले योजनाहरुको बारेमा खुलेर बोल्न चाहेनन्। जलश्रोत तथा उर्जा विकास मन्त्रालय मातहतका कार्यालयमा प्राय योजनाहरु कार्यान्वयन भएका छैनन्।

जिल्लाहरुमा प्राय योजना सम्झौता भएर कार्यान्वयनमा गईसकेको अवस्थामा के गर्ने भनेर मुख्यमन्त्री कार्यालयबाट आएको निर्णयलाई कार्यान्वयनमा लैजाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.किसन लाल भट्टले बताए। सवै मन्त्रालयबाट १५ लाखमुनिका साना योजनाको विवरण मागेको मुख्य मन्त्री कार्यालयका प्रमुख सचिव राज कुमार श्रेष्ठले बताए। ‘सबै मन्त्रालयमा सम्झौता भएको र हुन बाँकी रहेको योजनाको विवरण मागेका छौं।’ प्रमुख सचिव श्रेष्ठले भने,  मुख्य मन्त्री आएपछि कार्यान्वयनमा गएर योजनाको बारेमा के गर्ने भनेर ठोस निर्णय हुनेछ।’
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
३ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस