महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग
११ मंसिर २०७८
•
४ मिनेट पाठ
महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग
चितवनको नारायणी नदीकिनारमा शुक्रबार आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह ।तस्बिरः नरहरि सापकोटा/नागरिक
पार्टी विभाजन खेपेको एमालेको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा चितवनको भव्य उपस्थितिले नेताकार्यकर्तामा जोस थपेको छ। नारायणीवारि, पारि, पुलमा,भरतपुरको सडक, गल्लीहरू पनि शुक्रबार दिनभर खचाखच देखिन्थे। नेताहरूले एमाले छाडेर गएकाहरूलाई नारायणी किनारको मानव सागर हेर्न चुनौतीसम्म दिए।




उद्घाटन सत्रमा एमालेबाट विभाजन भएर छुट्टै दल गठन गरेका माधव नेपालप्रति आक्रामक देखिएका केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उत्तिकै गाली गर्न भ्याए। कार्यकर्ता र जनताका बीचमा ओलीले निकै उत्तेजित भएर भाषण गरेका थिए।

देशभरबाट महाधिवेशनको उद्घाटनमा सहभागी हुन आएका कार्यकर्ता कतिपयले कार्यक्रम नै देख्न पाएनन्। अत्यधिक भिडका कारण महाधिवेशनमा बोलाइएका अन्य पार्टीका अथितिहरूलाई पनि मञ्चमा पुग्न निकै सकस भयो।

कार्यक्रम सकिँदा पनि कार्यकर्ता नारायणी किनारतर्फ जाने क्रम चलिरहेको थियो। सहभागी भएर फर्कने र जाँदै गरेकाहरूको भिडले पारस बसपार्कदेखि चौबिसकोठी हुँदै कार्यक्रमस्थलसम्म सवारी आउजाउ बन्द गर्नुपरेको थियो। दिनभरजसो प्रहरीले राजमार्गमा मालवाहक सवारीसाधन चल्नसमेत रोक लगाएको थियो। ठाउँठाउँमा डिजिटल बोर्डबाट कार्यक्रम देखाइएको भए पनि सबैले त्यो सुविधा पाएनन्।

१ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए। प्रधानमन्त्रीसहित अन्य पार्टीका शीर्ष नेता पनि शुक्रबार चितवन रहेकाले यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।

सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो। शुक्रबार बिहान झिसमिसेदेखि एमालेका नेताकार्यकर्ता महाधिवेशन उद्घाटनस्थल वरपर भेला हुने, फोटो खिच्ने नाचगान गर्ने गरेका थिए। जसले गर्दा दिनभरजसो चितवन एमालेमय बन्यो। दिउँसो १२ बजेदेखि उद्घाटन कार्यक्रम सुरु हुने बताइए पनि करिब १ बजेबाट मात्र सुरु गरिएको थियो। विभिन्न जातीय वेषभूषा, संस्कृति झल्कने गीत, संगीत प्रस्तुत गरिएको थियो।

अधिवेशन उद्घाटन स्थलमा बनाइएको गैंडाको आकृति (मस्कोट) ले धेरैको ध्यान खिचेको थियो। मस्कोटलाई बोकाइएको झन्डा छेउ सेल्फी खिच्नेको लर्को थियो। चितवन एकसिङे गैंडाका लागि प्रख्यात रहेको र त्यसको संरक्षण स्वरूप मस्कोटलाई प्रतीक बनाइएको कार्यक्रम सञ्चालक एमाले नेता प्रदीप ज्ञवालीले उद्घोषणका क्रममा बताए। अध्यक्ष केपी ओलीले पनि मस्कोटले चितवनको पहिचान दिएको बताएका थिए।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सँगसँगै कार्यक्रम स्थल पुगेका थिए। ओली सरकार विघटन भएर देउवाको नेतृत्वमा सरकार बनेपछि सम्बन्ध चिसिएको आकलन कार्यकर्ताको थियो।

एमाले महाधिवेशनमा उपस्थित भएर देउवाले सम्बोधन गरेपछि सम्बन्ध सुमधुर रहेको सन्देश महाधिवेशनबाट नेताहरूले दिएका छन्। देउवाले सम्बोधनका क्रममा ओली र आफू सँगै जेल बसेको बताए। करिब चार महिनापछि ओली र देउवा एउटै मञ्चमा देखिएका थिए।

ओलीले रिमोर्टबाट पार्टीको झन्डा, चुनाव चिह्न र राष्ट्रिय झन्डा उत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे। रिमोर्ट थिच्दा तीनवटै झन्डा माथि सरेको दृश्य नौलो थियो। ओलीले मदन भण्डारी स्मृति ग्रन्थ भाग २, प्रेस चौतारी चितवनले प्रकाशन गरेको चौतारी पत्रिकाको पनि विमोचन गरे। एमालेको मुखपत्र ‘नवयुग’को डिजिटल भर्सन (अनलाइन) को पनि अध्यक्ष ओलीले शुभारम्भ गरे।

उद्घाटन कार्यक्रममा सहभागी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रप्रा अध्यक्ष कमल थापा,माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणी पोखरेल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर कसैले पनि एमालेको आलोचना भने गरेनन्। कमल थापा, महन्थ ठाकुरलगायतले ओलीले गरेको केही कामको प्रशंसासमेत गर्न भ्याए।

गायक एकनारायण भण्डारीको हाम्रो नेपालमा, राम्रो एमाले नामको एल्बमको पनि ओलीले विमोचन गरे। प्रविधिमैत्री अधिवेशनका रूपमा एमालेले डिजिटल बोर्ड मात्र राखेन। ओली सरकारमा हुँदा गरेका र यस अघि एमालेले सरकारको नेतृत्व गर्दा गरेको कामलाई वृत्तचित्र बनाएर पनि उद्घाटन सत्रमा देखाइएको थियो।

डिस्प्ले बोर्डमा एमाले अध्यक्ष ओलीको गुणगान गाएर तयार गरिएको करिब आठ मिनेटको भिडियो प्रस्तुत गरिएको थियो। सहभागीलाई स्वागत गर्दै एमाले नेता एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले समाजवाद र समृद्धिको आन्दोलनमा लागेको बताए।

सयौं सवारीसाधन रिर्जभ गरेर हजारौं कार्यकर्ता चितवनमा उतारेर एमालेले शुक्रबार शक्ति प्रदर्शन गर्‍यो। यसका लागि एमालेले करोडौं रूपैयाँ खर्च गरेको छ। ५० भन्दा बढी स्वागत गेट, बाजागाजासहितको झाँकी,र्‍याली पनि निकालिएको थियो। एमाले नेताकार्यकर्ताका कारण बिहीबारदेखि नै चितवनका होटलहरू खचाखच छन्।

कोरोनाले थलिएको होटल व्यापार एमाले महाधिवेशनले केही सुधार भएको भन्दै सौराहाका व्यवशायी पनि उत्साहित छन्। झिसमिसेमै बन्द हुने सौराह बिहीबारदेखि नै रातभर खुलेको थियो। शुक्रबारदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। सहभागी प्रतिनिधि र पर्यबेक्षकका लागि सौराहमा होटल व्यवस्थापन गरिएको थियो।
अर्को समाचार
एमालेमा फेरि ओली नेतृत्व
१५ मंसिर २०७८
•
५ मिनेट पाठ
एमालेमा फेरि ओली नेतृत्व
एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।




ओलीले एक हजार आठ सय ४० मत ल्याए भने उनका प्रतिस्पर्धी रावलले दुई सय २३ मत पाए। एमालेभित्र लोकतन्त्रलाई जीवित राख्नुपर्ने अडानमा रहेका रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि ओलीको सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएको थियो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन निर्वाचनमा गएका कारण थप दुई दिन लम्बिएको थियो।

२०७१ सालमा भएको नवौं महाधिवेशनमा प्रतिस्पर्धी माधवकुमार नेपालले भन्दा ४४ मत बढी ल्याएर ओली पहिलोपटक अध्यक्ष भएका थिए।

उनले त्यसबेला एक हजार ४७ र नेपालले एक हजार तीन मत पाएका थिए। ओलीले १०औं महाधिवेशनमा सर्वसम्मत हुने ठूलो कसरत गरेका भए पनि रावलले उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। एक मत आए पनि पार्टीभित्र निर्वाचन प्रक्रिया र पद्धति बचाउनुपर्छ भन्ने मान्यतामा रावल उभिएका कारण निर्वाचन भएको हाे।

मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।

निर्वाचन नतिजा सार्वजनिक भएपछि अध्यक्ष पदका प्रतिस्पर्धी रावलले आफूले पाएको मत पार्टी र आफ्ना लागि ठूलो सफलता भएको बताएका छन्। नागरिकसँग संक्षिप्त कुरा गर्दै उनले ओली पक्षले उम्मेदवारी नै दर्ता गर्न नदिने योजनाका बीच पनि आफ्नो संघर्षका कारण निर्वाचन भएको बताए।

‘तपाइँहरूलाई थाहै छ लोकतान्त्रिक पद्धतिका लागि मैले पार्टीभित्र कति संघर्ष गर्नुपर्‍यो,मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपछि उम्मेदवारी दिएर जति मत पाएको छु,त्यो मेरो र पार्टीका लागि ठूलो सफलता हो,’रावलले भने।

उनले आफ्नो संघर्षका कारण पार्टी केही हदसम्म लोकतान्त्रिक भएको बताए । उनले आफ्नै कारण विधान कार्यान्वयन भएको दाबी पनि गरे। ‘मैले पार्टीभित्र गरेको संघर्षका कारण विधान कार्यान्वयन भएको छ र केही हदसम्म पार्टी लोकतान्त्रिक प्रक्रियामा अगाडि बढेको छ,’ उनले भने।

१०औं महाधिवेशनमा पदाधिकारीका १४ पदका लागि निर्वाचन भएको थियो। चितवनस्थित सौराहामा जारी बन्दसत्रअन्तर्गत सोमबार बिहान १० बजे उम्मेदवारी दर्ता समय सकिएसँगै निर्वाचन कार्यक्रम अघि बढेको थियो।

सोमबार बिहानै अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए। तर सहमतिका लागि भन्दै रातिसम्म मतदान रोकिएको थियो। मंगलबार बिहान ४ बजेबाट मात्रै मतदान सुरु भएको थियो।

अध्यक्षमा निर्वाचित भएलगत्तै ओलीले केन्द्रीय कमिटीको बैठक सौराहामै राखेका थिए। निर्वाचित केन्द्रीय सदस्यले सौराहामै शपथ लिए। २०७५ सालमा माओवादी केन्द्रसँग पार्टी एकतापछि बनेको नेकपाको अध्यक्ष पनि ओली नै थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले–माओवादी मिलेर बनेको नेकपा भंग हुने आदेश दिएपछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केका थिए। त्यसपछि एमालेले १०औं महाधिवेशन गरेको हो।

महाधिवेशनको बन्दसत्रमामा ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई हलले ताली बजाएर स्वागत गरे पनि थोरै प्रतिनिधिले त्यसलाई अस्वीकार गर्ने परिस्थिति आयो।

रावल र घनश्याम भुसालले निर्वाचनमा जानुपर्ने अडान लिए। त्यसपछि मात्रै बाध्य भएर ओली निर्वाचनमा जान तयार भएका थिए। ओलीले पार्टीमा आफूलाई निर्विकल्प नेता ठाने पनि रावलले चुनौती दिए।

यसअघि असोजमा गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेता बनाउने वातावरण तयार गरिएको थियो। निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा अंकुश लगाउने कोसिस भएपछि महाधिवेशनमा ओलीविरुद्ध रावलले उम्मेदवारी दिएका हुन् । रावल एमाले नफुट्दा माधव नेपाल समूहमा थिए।

नेपालले अर्को पार्टी बनाए पनि रावल १०बुँदे सहमतिका आधारमा एमालेमै बसेका हुन्। १०बुँदे सहमतिपछि नेपाललाई छाडे रपार्टी काममा फर्केका भुसालले भने रावललेभन्दा धेरै मत ल्याए। भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। छजना उपाध्यक्षका लागि सातजनाले उम्मेदवारी दिएका थिए।

जसमध्ये अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन्। उनले १९७६ मत प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा सुरेन्द्र पाण्डे एक हजार १९२५, सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा १७६८ मत प्राप्त गरी विजयी भए। उपाध्यक्षमा पराजित भुसालले ७२५ मत ल्याए।

त्यस्तै सात सचिव पदमा नौजनाको उम्मेदवारी परेको थियो। सचिवमा गोकर्ण बिष्ट सर्वाधिक १९७६ मत प्राप्त गरी विजयी ए। त्यस्तै सचिवमा योगेश भट्टराई १९६४,छविलाल विश्वकर्मा १८००, पद्मा अर्याल १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी१७०० र रघुवीर महासेठ १५१३ मत ल्याएर विजयी। सचिवमा पराजित भीम आचार्यले १३ सय र टंक कार्कीले ५०० मत पाएका थिए।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका थिए। निर्वाचन हुने भएपछि ओलीले आफ्नो पक्षको सूची तयार पारी प्रतिनिधिलाई वितरण गरेका थिए।सोही सूचीअनुसारका सबै पदाधिकारीमा विजयी भए। एमालेमा आएपछि पहिलो पटक चुनाव लडेका पूर्वमाओवादीहरूलाई पनि कार्यकर्ताले स्वीकार गरेका छन्।

महाधिवेशनको बन्द सत्रले १७ वटा प्रस्ताव पारित गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीले राखेका ती प्रस्ताव महाधिवेशनले पारित गरेको हो। पारित प्रस्तावअनुसार सम्पूर्ण वामपन्थी विचारधारालाई एमालेमा आबद्ध हुन आह्वान गरिएको छ।साथै,अहिले अदालतमा भएको आन्दोलनलाई गत असार २८ गते सर्वोच्च अदालतको सहउत्पादक भएको भनिएको छ। ‘असार २८ गतेको परमादेश न्यायालय र राजनीतिक पक्षबीच भएको सेटिङ थियो भन्ने अहिले अदालतमा देखिएको घटनाक्रमले पुष्टि भएको छ।

अहिले अदालतमा देखिएको अराजकता परमादेशको सहउत्पादकको रुपमा झाँगिदै गएको परिणाम हो। सर्वोच्चभित्र देखिएको बेथितिप्रति खेद व्यक्त गर्दै निश्चित स्वार्थका लागि न्यायलाई बन्धक नबनाउन एमाले आह्वान गर्दछ,’पारित प्रस्तावमा उल्लेख छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस