यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन
१० मंसिर २०७८
•
४ मिनेट पाठ
यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।




महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले बिहीबार पत्रकार भेटघाटमा भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।

भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन्। बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। होटलमा चहलपहल बढेको छ। महाधिवेशनमा सहभागी हुन आएका नेता–कार्यकर्ताको चापका कारण सवारी व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

सुरक्षा व्यवस्था कडा पारेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए। साबिकभन्दा थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उनले भने, ‘अत्यावश्यकबाहेकका मुग्लिनतर्फबाट आउने सवारीसाधन आँपटारीमा र पश्चिमबाट आउने नारायणी पुलपारि रोकिनेछन्’, उनले भने।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको तर आउनेनआउने निश्चित नभएको बताए।

उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ। निकै आकर्षक रूपमा सिंगारिएको मञ्चको तस्बिर खिच्न बिहीबार बिहानैदेखि एमाले नेता–कार्यकर्ताको घुइँचो लागेको छ। मञ्चमा हुने गतिविधि हेर्न मिल्नेगरी उद्घाटन स्थल नारायणी किनार आसपास डिस्प्ले बोर्ड राखिएका छन्।

सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको भट्टराईले बताए। उद्घाटन स्थलमा सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ। उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ। उनीहरू सडक र मञ्च आसपास आवश्यक व्यवस्थापनमा खटिनेछन्।

महाधिवेशन बन्द सत्रमा मनोनीत एक सय ६ सहित दुई हजार एक सय ७५ जनाप्रतिनिधि सहभागी हुनेछन्। एक सय तीनजना पर्यवेक्षक पनि सहभागी हुनेछन्। महाधिवेशनमा विभिन्न देशका प्रतिनिधि पनि आउनेछन्। सफलताको कामनासहित चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आइसकेको भट्टराईले बताए।

‘महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकका लागि दुई साताअघि नै तीन हजार पाँच सय बेड रिजर्भ गरेका छौं’,आवास संयोजक कृष्णभक्त पोखरेलले भने। सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले महाधिवेशनमा सहभागीलाई आवासको कुनै समस्या नहुने बताए।

बन्द सत्रका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको र अन्य प्राविधिक काम ९० प्रतिशतभन्दा बढी सकिएको उनले बताए। ‘बिहीबारदेखि नै हामीले शीर्ष नेताहरूलाई होटल व्यवस्थापन गरेका छौं’, उनले भने। प्रतिनिधिहरूका लागि भने शुक्रबारदेखि मात्रै आवासको व्यवस्था गरिएको छ।

बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने उनले बताए। बन्द सत्रमा पनि अध्यक्ष ओली र केही विदेशी पाहुनाले स्वागत सम्बोधन गर्ने तय भएको छ। शनिबार साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भट्टराईले बताए। उनले महाधिवेशनपछि एमालेले पार्टीलाई स्थानीय, प्रदेश र संघीय चुनावमा केन्द्रित गराउने बताए।

समाजवाद व्यवहारमा उतार्नुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवाद भनेर मात्र नहुने र यसबारे जनतालाई सूक्ष्म ढंगले बुझाउनुपर्ने बताएका छन्। चितवनको सौराहमा बिहीबार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन, समाजवादको आधार निर्माण’ बारे प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

कार्यक्रममा करिब एक घण्टा विचार राखेका उनले बुद्धिजीवीले जनताले बुझ्ने गरी विषयवस्तु पस्कनुपर्नेमा जोड दिए। ‘समाजवादलाई जनजीविकासँग जोडेर बुझाउन सक्नुपर्छ’, उनले भने,‘व्यवहारमा उतार्नुपर्छ, एमालेको समाजवाद भनेर मात्र पुग्दैन ।’ केही बुद्धिजीवीहरू बुद्धि बेच्नेखालका पनि रहेको बताउँदै बुद्धि बेच्ने बुद्धिजीवी नहुने तर्क गरे।

सम्बोधनका क्रममा उनले आफू सरकारमा हुँदा धेरै नयाँ टेक्नोलोजीको सुरुवात गरेको दाबी गर्दै विकासले फड्को मारेको, नेपालले समुद्रमा जहाज चलाउन सकेको, अन्तरिक्षमा स्याटेलाइट पठाउन सफल भएको बताए।

सहमतिमा जोड 

एमाले नेताहरूले सहमतिबाट नेतृत्व चयन हुने बताएका छन्। महाधिवेशनमा सहभागी हुन भरतपुर आएका अधिकांशले महाधिवेशन सहमतिमा टुंगिने बताए। एमाले नेता रामबहादुर थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सहमतिबाट नेतृत्व चयन हुनेमा आफू आशावादी रहेको बताए। अर्का नेता शेरबहादुर तामाङले आफूले सचिव पदमा चाहना राखेको बताए। उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने संकेत पनि गरे। नेता सुरेन्द्र पाण्डेले पनि महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए।
अर्को समाचार
एमाले महाधिवेशन आज उद्घाटन हुँदै
१० मंसिर २०७८
•
१ मिनेट पाठ
एमाले महाधिवेशन आज उद्घाटन हुँदै
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।




उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन्।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ। सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन्।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ। नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस