विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
यो महाधिवेशनबाट विवेकशील साझा नयाँ ढगंले अगाडी बढ्न लागेको नेता मिलन पाण्डेले बताए। उनका अनुसार पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको छ। समितिमा पार्टी अध्यक्ष समीक्षा बास्कोटा, तत्कालीन संयोजक मिलन पाण्डे, नेताहरू केशव दाहाल, रञ्जु दर्शना र रमेश पौडेल रहेका छन्।
महाधिवेशनका लागि पार्टीमा तत्कालिन नेता रविन्द्र मिश्रसँग विमती जनाउदै बाहिरिएका नेताहरु सक्रिय भएका छन्। तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि विवेकशील साझाका केहि नेताहरुले त्यसको विरोध गरेका थिए। त्यसपछि पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै मिलन पाण्डे पक्षलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएको थियो।
त्यसो त २०७९ जेठ ११ मा विवेकशील साझाको अध्यक्ष छाडेर मिश्र १२ असोजमा राप्रपा प्रवेश गरेका थिए। ४ मंंसिरको चुनावमा विवेकशील साझाबाट चुनाव लडेका मिलन पाण्डे पराजीत भए भने स्वतन्त्र रूपमा चुनाव लडेकी रञ्जु दर्शना पनि पराजित भएकी थिइन्।
महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो।
यता विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता नदिएको विवेकशील साझाले जनाएको छ।