पदाधिकारी व्यवस्थापन गर्न विधान संशोधनबारे छलफल
०६ मंसिर २०७८
•
५ मिनेट पाठ
पदाधिकारी व्यवस्थापन गर्न विधान संशोधनबारे छलफल
नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने विषयमा छलफल अघि बढेको छ।




महाधिवेशनको उद्घाटन सत्र सुरु हुन पाँच दिन बाँकी हुँदा कसैले पनि औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि पदाधिकारीमा धेरै नेता आकांक्षी देखिएपछि विधान संशोधनबारे छलफल अघि बढेको हो।

अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरू अहिले विधान संशोधन गरेर भए पनि नेताहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने पक्षमा रहेका छन्। अध्यक्षमा केपी ओलीको विकल्प नभएकाले त्यसबाहेकका पदमा पनि कोहीकसैले उम्मेदवारको मुख खोल्न सकेका छैनन्।

शनिबार पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष उम्मेदवारी घोषणा गर्ने तयारीसमेत गरेका थिए। तर, निकट नेताहरूले त्यसो नगर्न सुझाव दिएपछि उनी रोकिए। सकेसम्म सबै सिनियर नेताहरूलाई समेटेर लैजानुपर्छ भन्ने पक्षमा नेताहरू रहेकाले पनि रावलको उम्मेदवारी घोषणा कार्यक्रम रोकिएको स्रोतको दाबी छ।

असोजमा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज परिस्थिति देखिएको छ। पदाधिकारीका लागि करिब ६० नेता आकांक्षी देखिएका छन्। उनीहरू सबैलाई समेट्ने अवस्था नभएपछि दसौं महाधिवेशनको हलबाट उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गरी छलफल अघि बढाइएको छ।

यद्यपि, पार्टी सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने यो विषयमा कुनै छलफल नभएको बताए। ‘मलाई त्यस्तो लाग्दैन, पदाधिकारीको संख्या ठूलो भए पनि आकांक्षी त धेरै नै हुन्छन् नि, अहिले भएकै संख्यामा व्यवस्थापन गर्नुपर्छ। तर, महाधिवेशन सर्वोच्च संस्था भएकाले विधान संशोधन गर्ने अधिकार भने हुन्छ,’ प्रवक्ता ज्ञवालीले भने।

उनका अनुसार असोजमा विधान अधिवेशन गरेर दुई महिनामै विधान संशोधन गर्नुपर्ने अवस्था आउने सम्भावना कम छ। हालका अध्यक्ष केपी शर्मा ओलीलाई एकपटक सर्वसम्मत अध्यक्ष बनाउने र त्यसमुनिका सबै पद बढाएर नेताहरूलाई समावेश गराउने तयारीअन्तर्गत विधान संशोधनबारे छलफल सुरु भएको स्रोतले दाबी गरेको छ।

असोजमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ मात्रै बनाएपछि आकांक्षी नेताहरू धेरै भएको तथा नेताहरूलाई समावेश गर्न असहज हुने भएपछि नेताहरूले यस विषयमा छलफल अघि बढाएका छन्।

एमाले उच्च स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, उपमहासचिव एक गरी तीन पद थप गर्ने विषयमा नेताहरूबीच छलफल सुरु भएको हो। एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले महाधिवेशनको हलबाट विधान संशोधन हुने सम्भावना रहेको दाबी गरे।

उनी आफैं सचिवका आकांक्षी रहेका छन्। त्यसकारण, नेताहरूको व्यवस्थापनमा उच्च नेतृत्वले ध्यान दिनुपर्ने उनको मत छ।‘महाधिवेशन सर्वोच्च संस्था हो,विधान महाधिवेशनका बेला प्रतिनिधिहरूले पदाधिकारीमा जुन संख्या उठाएका छन्, त्यो त्यसै आएको होइन,उनीहरूले नेकपा एमालेको सुदृढ एकता चाहेका छन्,त्यसकारण पदाधिकारीमा केही संख्या थप हुन सक्छ,’ कार्कीले भने।

यसअघि उपमहासचिव घनश्याम भुसालले विधान पुनः संशोधन हुन सक्ने संकेत गरेका थिए। ‘केहीकेही विषय मिलाउनुपर्ने हुन सक्छ,दसौं महाधिवेशनको हलमा संशोधनको प्रस्ताव जान सक्छ,’ उनले भनेका थिए। एमालेमा उपाध्यक्षका लागि धेरै आकांक्षी छन्।

उनीहरूलाई समेटेर जानुपर्ने र अहिलेको अवस्थामा एमाले एकढिक्का रहेको सन्देश दिनुपर्ने भएकाले पनि विधान संशोधनको आवश्यकता रहेको केन्द्रीय सदस्यहरूको बुझाइ रहेको छ। वरिष्ठ उपाध्यक्षसहित पाँच र उपमहासचिव पनि एक मात्रै पद रहेकाले आकांक्षीहरूलाई व्यवस्थापन गर्न असज भएको हो।

वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादीबाट आएका रामबहादुर थापाले दाबी गरेको अवस्था छ। त्यसैगरी चार उपाध्यक्षका लागि पृथ्वी सुब्बा गुरुङ, सत्यनारायण मण्डल, लालबाबु पण्डित, महिलामा सीता पौडेललगायतले दाबी गरिरहेका छन्। उपाध्यक्षका लागि झन्डै दोब्बर आकांक्षी रहेकाले सबैलाई व्यवस्थापन गर्न चुनौती छ।

त्यसैगरी महासचिवका लागि पनि वर्तमान उपमहासचिव विष्णु पौडेल, नवौं महाधिवेशनका महासचिवकै उम्मेदवार रहेका सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य शंकर पोखरेल र १० बुँदे सहमतिपछि पार्टीको काममा फर्केका घनश्याम भुुुसालको पनि इच्छा छ। विधान महाधिवेशनले उपमहासचिवमा एक, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष पाँच पद निर्धारण गरेको थियो। यदि अहिले संशोधन भए उपाध्यक्ष र उपमहासचिवममा नेताहरूलाई व्यवस्थापन गर्न सहज हुनेछ।

यसपटक पृथ्वी सुब्बा गुरुङले उपमहासचिव वा उपाध्यक्ष दाबी गरिरहेका कारण उनलाई पनि उपाध्यक्षमा बढुवा गर्न सकिने नेताहरूले जनाएका छन्। त्यस्तै, सचिव प्रदीप ज्ञवालीले उपमहासचिवमा स्वाभाविक दाबी रहेको बताउँदै आए पनि उनले अहिलेसम्म त्यो विषयमा औपचारिक धारणा राखेका छैनन्। सचिवमा सबैभन्दा बढी नेता आकांक्षी छन्। माओवादीबाट एमालेमा आएका नेताहरू लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई ल्याउने गरी छलफल थालिएको छ।

१० बुँदेबाट एमालेमा रहेका र माओवादीबाट एमालेमा आएका नेताहरूलाई समेट्न पनि पदाधिकारीमा सर्वसम्मत गर्नुपर्ने बाध्यता एमालेलाई छ। केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पनि सबै हिसाबले समावेशी र सबैको भावना समेट्ने गरी नेतृत्व चयन हुनुपर्ने सुझाव दिएको बताएका छन्। ‘अबको नेतृत्व सबै प्रकारले समावेशी र नेकपा एमालेका आम कार्यकर्ताको भावना समेटिएको हुनुपर्छ,’ सुनुवारले भने।

अहिले सबैभन्दा सचिवका लागि धेरै नेताले दाबी गरिरहेका छन्। हालका सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य त्यही पदमा दोहोरिने सम्भावना छ। सचिवमा केही नयाँ अनुहारले पनि दाबी गरिरहेका छन्।

सात पदका करिब ३० नेताहरूले सचिवमा दाबी गरिरहेका छन्।हिक्मत कार्की, शेरबहादुर तामाङ, यमलाल कँडेल, गोकुल बाँस्कोटा, वृन्दा पाण्डे, विष्णु रिमाल, ठाकुर गैरे, पार्वत गुरुङ, आनन्द पोखरेल, शेरधन राई, रघुवीर महासेठ, पद्मा अर्याल, किरण गुरुङ, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, अरूण नेपाललगायत नेताहरूले सचिवमा दाबी गरिरहेका छन्।
अर्को समाचार
नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः नेता रावल
२६ वैशाख २०८०
•
१ मिनेट पाठ
नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः नेता रावल
नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन्।




मंगलवार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ? भन्दै प्रश्न गरे। उनले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताए। उनले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए।

उनले भने, ‘अर्को गृहमन्त्री नक्कली भूटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ। अहिले जुन भूटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्र बिरोधी कुकृत्य पनि हो। यो ठगी हो, अनैतिक काकम हो। त्यसैले संविधानको धारा ५ मा यो कठिन रुपमा राखेका हौँ, कतिपयले मानेका थिएनन्। त्यसमा नेपालको राष्ट्रिय हीतको परिभाषा गरेको छ। राष्ट्रिय हीत विपरितको आचरण र काम संघीय कानूनको निमित्त दण्डनीय हुनेछ भनेको छ। हेर्नुस् त संघीय कानून नै ल्याउँदैनन्। किन नल्याएको? यस्तै आचरणलाई छुट दिनका लागि। नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ। प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ।’
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस