उद्घाटन सत्रअगाडि पनि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।
असोजमा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज परिस्थिति देखिएको छ । पदाधिकारीका लागि करिब ६० नेता आकांक्षी देखिएका छन्।