एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि युबराज ज्ञवालीको राजनीतिक ‘कद’ एमाले भित्रको निर्णायक शक्तिका रुपमा उँचो बन्यो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसंगको ‘सौहार्द्रता’ माधवकुमार नेपाल समूहका ज्ञवालीको बन्न सकेन। फलतः ज्ञवालीकै गृहजिल्लाका शंकर पोख्रेललाई निकटस्थ बनाएका ओलीका लागि ज्ञवाली जहिल्यै ‘फरक कित्ताका नेता’ मात्रै बने। त्यहित, शंकर पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा पनि ‘ओली निवास’ को सेरोफेरोमै रहे।
पार्टीभित्र दोस्रो बरियतामा रहेर पनि ‘गुमनाम’ जस्तै बनेका ज्ञवालीको राजनीतिक ‘ओज’ माओवादीसंगको एकताले झनै ह्वात्तै खस्काईदियो। उनी माओवादी र एमालेबीचको एकताबाट जन्मिएको नेकपामा त भूमिकाविहीनताकै अवस्थामा पुगे, एमालेमा रहँदाको उनको उपाध्यक्ष पद नै गुम्यो।
नेकपाको ‘आयु’ भर राजनीतिक हैसियतविहीनताकै अवस्थामा पुगेका ज्ञवालीका लागि सर्वोच्चको ‘नेकपा खारेजी’ को फैसला भने राजनीतिक रुपमा ‘बौरिने’ अवसर बनिदियो। नेकपा भंगपछि पुनः उही स्थानमा फर्किएको एमालेमा युवराज पनि उही स्थानमै फर्किए उपाध्यक्षको हैसियतमा।
तर एमालेमा देखिएको बिचलनले युवराजलाई पार्टीभित्रको दोस्रो बरियताको ‘ओजनदार’ भूमिकामा रहन दिएन। उनी त्यो बेला अध्यक्ष केपी शर्मा ओली बिरोधी ‘राप’ बाल्न ओलीका कमजोरी खोज्नमै ब्यस्त बने। आफ्नो समूहका नेता ‘माधवकुमार नेपाल र अध्यक्ष ओली’ टकरावको बीचमा रहेर मध्यमार्गी बाटो खोज्न प्रयास नगरेका भने हैनन् ज्ञवालीले।
तर ओली ‘हठ’ ले आजितै बनाईसकेको भन्दै ज्ञवाली भन्थे, ‘उहाँ (ओली) सुध्रिने छाँटै छैन, एमाले भित्रबाटै अर्को शक्तिको उदय नहुने सम्भावना रहेन।’
नभन्दै ‘युबराजहरु’ कै उक्साहट अनि ओलीप्रति रुष्ट ‘माधव ईख’ ले नयाँ दल खोल्ने बाटो कोर्यो। तर युबराजहरु भने माधव नेपालसंगको लामो राजनीतिक सहयात्राको बाटोबाट मोडिने निर्णयमा पुगे। पार्टी एकताका लागि बनेको १० बुँदे सहमति उनीहरुका लागि ‘केपी समिप’ बन्ने बलियो ‘फेरो’ बनिदियो।
सहमतिका १० बुँदाहरु बोकेर ‘रुजु’ गर्न बालकोट पुगेका युवराजहरुले आफ्नै समूहका नेता माधवकुमार नेपाल र उनले गठन गरेको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रतिष्पर्धी नै बनाईदिए।
तर सहमतिका बुँदा रुजु गर्न आनाकानी गरिरहेका ओलीले १० बुँदेको औचित्यनै नरहेको घोषणा गरिदिएपछि १० बुँदेको फेरो समातेर नेपाललाई छोडेका भिम रावल ‘बालकोट घोषणा’ देखि सन्तुष्ट छैनन्। यहाँ सम्मकी केही दिनअघिको सुदूरपश्चिमको बैठकलाई अवैध घोषणा गरेका रावलले ओलीसंग चुनावमै भिड्ने सम्मको चुनौती समेत दिईसकेका छन्। सुदूरपश्चिमको ईन्चार्जमा आफूलाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई चुनेपछि रावत थप असन्तुष्ट छन्।
त्यसोत, १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक समेत रहेका रावलले त संयोजक पदबाटै राजीनामा दिइसके पनि।
तर रावलसंगै १० बुँदेको फेरो समातेर बालकोट पुगेका ज्ञवाली भने यो मुद्दामा मौन छन्। रावलले संयोजक पदबाटै राजीनामा दिईसक्दा सम्म पनि ज्ञवाली भने १० बुँदेका बिषयमा मौन छन्।
तर ज्ञवाली १० बुँदेका बिषयमा परिवर्तन भैसकेको नागरिकसंग उनले गरेको कुराकानीले संकेत गरेको छ। कति सम्म भने अध्यक्ष ओलीले १० बुँदेको अब अर्थ नरहेको भन्दै यो रटान नलगाउन एमालेको बैठकमै बोले।
उनले भनेका थिए ‘१० बुँदे त माधव नेपाललाई रोक्नका लागि मात्रै गरिएको थियो, अब त्यसको औचित्य छैन।’ ओलीको भनाई अनुसार १० बुँदे कार्यान्वयन भएकै छैन र हुन्न पनि। अनि रावलले पनि १० बुँदे कार्यान्वयन नभएको भन्दै संयोजक पदबाटै राजीनामा दिनुले पनि एमाले भित्र पाकेको भनिएको १० बुँदेको स्वाद बालकोट छिरेका ‘आगन्तुक’ हरुले पक्कै चाखेका छैनन्। तर ज्ञवाली भने १० बुँदे कार्यान्वयन भएको दाबी गर्छन्। ‘कार्यान्वयन हुँदै नभएको भन्ने हैन,’ उनले नागरिकसंग टेलिफोनमा भने, ‘तर पुरै कार्यान्वयन भैसकेको भन्न पनि मिल्दैन, सहमति कार्यान्वयन पूर्ण रुपमा हुनु चाहिँ पर्छ।’ उनका अनुसार यहि १० बुँदे कार्यान्वयनकै प्रतिफल वडादेखि नगर स्तरीय अधिवेशनहरु सम्पन्न भएका हुन्।
संगै एमालेमा सेपिएका सहकर्मीले पुनः १० बुँदे कार्यान्वयनको अवस्था प्रति असन्तुष्टि जनाईरहँदा ज्ञवालीको यो दृष्टिकोणले भने उनलाई अध्यक्ष ओली निकटस्थ बनाईदिएको आशंका गर्ने ठाउँ मिलेको छ। त्यहित, ज्ञवालीका लागि १० बुँदे कार्यान्वयनभन्दा बढी चिन्तन पार्टीको आसन्न १० औँ महाधिवेशन प्रति छ। उनले भने, ‘१० बुँदे भन्दा पनि अब पार्टीको महाधिवेशन तर्फ हाम्रो ध्यान जानु जरुरी छ।’
यो महाधिवेशनले पार्टी नयाँ कार्यदिशाका साथ अघि बढ्ने भएकाले अहिलेको १० बुँदेको खास अर्थ नरहेको संकेत उनले गरे। १० बुँदे महाधिवेशनमा प्रतिनिधित्वका लागि मात्रै कार्यान्वयन हुनु पर्ने भन्दै उनले भने, ‘महाधिवेशनमा पनि १० बुँदेले महत्व राख्छ, महाधिवेशनमा प्रतिनिधित्वको बिषयलाई यहि १० बुँदेका आधारमा सम्बोधन गरिनु पर्छ।’
१० बुँदे प्रति असहमति जनाईरहेका भिम रावलको असन्तुष्टिलाई ‘ब्यक्तिगत मामिला’ का रुपमा अर्थ्याएका ज्ञवालीको यो अर्थलाई पनि ‘केपी पारस्परिकता’का रुपमा अन्दाज गर्न गाह्रो पर्दैन। ‘उहाँ (रावल) ले १० बुँदे कार्यान्वयन नभएको भनेर राजीनामा दिनु भयो,यो उहाँको निजी मामिलाको कुरा हो,’ ज्ञवाली भन्छन्, ‘तर कार्यान्वयनै नभएको भन्ने चहिँ हुँदै हैन।’
रावलको अन्तर बिरोधलाई सुदूरपश्चिमको अन्तर बिरोधसंग जोडेका उनले भने, ‘सुदूरपश्चिमको पार्टी संरचनालाई करेक्सन गरिदिए उहाँको असन्तुष्टि रोकिन्छ।’ रावलले आफ्नो प्रदेशको राजनीतिक स्वार्थले मात्रै यति सम्म गरेका होलान् त? ज्ञवालीको जवाफ छ, ‘मुख्य कुरा त्यहि नै हो, बाँकी जनवर्गीय संगठनहरुको सामान्य खालका बिवादहरु पनि छन्।’ केन्द्रीय सदस्य थप गरिएको निर्णय प्रतिको ‘रावल असन्तुष्टि’ का बिषयमा पनि ज्ञवालीले अध्यक्ष ओलीकै पक्ष लिए।
उनले भने, ‘अध्यक्ष ज्यूले यो निर्णय पहिले नै भएको र अहिले कार्यान्वयन मात्रै गरेको भन्नुभयो, पहिले निर्णय भैसकेको भएपनि बिबिध कारणबस् निर्णय हुन नसकेको मात्रै रहेछ।’