खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा विवादका कारण स्थगित भएको कांग्रेसको वडा अधिवेशन टुंगिएको छ। गत भदौ १८ गते वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि स्थगित वडा अधिवेशन निर्वाचन प्रक्रियाबाट टुंग्याइएको हो। बुधबार राती सम्पन्न निर्वाचनबाट देशकुमार राई ४७ मत ल्याएर पुनः वडा सभापतिमा दोहोरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।
उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद ढकालले २७ मत पाएको जनाएको छ। कूल ९६ जना क्रियाशील सदस्य रहेको निर्मलीडाँडामा ७८ मत खसेको थियो। निर्मलीडाँडामा कांग्रेसको वडा सभापतिका लागि देशबहादुर, विष्णुप्रसाद, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिए पनि अन्तिममा देशबहादुर, विष्णुप्रसादमात्र चुनावी मैदानमा उत्रिएका हुन्।
दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये यसअघि ७८ वडाको अधिवेशन सम्पन्न भइसकेको छ। सहमति नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको कांग्रेसले जनाएको छ।
कांग्रेसका ६ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसम्मत ढंगबाट वडा अधिवेशन सम्पन्न भएको जिल्ला सचिव जोशीले बताए। कांग्रेसको वडा अधिवेशनबाट वडा समिति निर्माणसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ।