संसद् बिजनेसविहीन सभामुख अलमलमा
२२ साउन २०७८
•
३ मिनेट पाठ
संसद् बिजनेसविहीन सभामुख अलमलमा
प्रतिनिधिसभाको बैठक साउन १९ गतेबाट एकै चोटी २६ गते बस्ने भएपछि सरकारले संसद्लाई बिजनेस नदिएको स्पष्ट देखिएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि साउन ३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु भएको थियो। अधिवेशन सुरु भएका यतिका दिनसम्म संसद्मा विचाराधीन रहेका विधेयक अगाडि बढाइएको छैन उल्टै हप्तामा एउटा बैठक बस्न थालेको छ। संसद्मा रहेका विधेयकलाई अघि बढाएर लैजानका लागि प्रतिपक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ। एमालेभित्रको विवादका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको र मन्त्रिमण्डल विस्तार हुन नसक्दा संसद्ले बिजनेस नपाएको देखिएको स्रोतको दाबी छ।




एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न सहज हुनसक्छ भन्ने सरकारको बुझाइ छ। प्रमुख प्रतिपक्ष एमालेको सबैपक्ष आफ्नो प्रतिपक्ष बन्न पुगेमा सरकारलाई निकै अप्ठेरो पार्ने रणनीति अध्यक्ष ओलीले बनाएको स्रोतले बतायो। 

संसद्मा रहेका विधेयकलाई अगाडि बढाउनका लागि पहिला सरकार गठन बलियो हुनुपर्ने विष्लेषण छ। सरकार नै कमजोर धरातलमा बनेमा संसद् बिजनेसविहीन हुन जाने निश्चित छ। एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरेकाले यो संसद्लाई असफल बनाउने नै रणनीति खेल्ने स्रोतले बतायो। तर, एमालेका एक नेताले भने संसद्को बैठक एक हप्ता पर सारेको कुरा आफूलाई मन नपरेको बताए। 

उनले भने, ‘हामीले किन पर सारेको भनेर आवाज उठाउँ भने हामीलाई विगतको कुरा देखाएर आरोप लगाउने भएका कारण हामी चुप नै बसेका छौं।’ सभामुख अग्निप्रसाद सापकोटाले पनि सरकारले बिजनेस नदिएकाले आफू अलमलमा परेको बताएको स्रोतले जानकारी दियो। सभामुख सापकोटाले संसद्लाई बिजनेस दिनका लागि पहल पनि गरेका छैनन्। राष्ट्रिय राजनीतिमा आएको संकटले संसद्लाई पनि प्रभाव पारेकाले सभामुखले यस विषयमा पहल नगरेको स्रोतले बतायो।  

संसद्मा रहेका ५० ओटाभन्दा बढी विधेयक दुई वर्षसम्म अड्किरहेका छन्। नागरिकतासम्बन्धी ऐन बनाउन नसक्दा धेरै नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैन। संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक पारित नहुँदा कर्मचारीको समायोजन हुन सकेको छैन। संविधान अनुकूलका कानुनको अभाव भइरहेको छ। तर, यस विषयलाई संसद्ले अघि बढाउन कठिनाइ देखिँदै आएको छ। संसदको अवधि अब १६ महिना मात्र बाँकी छ। अर्को संसदीय निर्वाचनपछि बनेको संसद्मा ती सबै विधेयक निस्क्रिय हुनेछन्। नयाँ संसद्मा पुनःनयाँ विधेयक दर्ता गर्नुपर्ने हुन्छ। 

संसद्मा आएका विधेयकमाथिको छलफलका क्रममा राज्यको धेरै रकम खर्च भएका कारण १६ महिनामा धेरै विधेयक पारित हुन नसकेर निस्क्रिय हुन जाने लक्षण देखिएको कानुन मन्त्रालय स्रोतले बतायो। संसद् सचिवालयका एक अधिकारीले भने, ‘राजनीतिक सहमति नभई संसद्ले काम गर्नसक्ने अवस्था देखिँदैन।’ संसदमा यतिबेला प्रतिपक्ष एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजको छ। जसबाट सरकारको आलोचना गर्ने कमीकमजोरी औंल्याउने र सरकारले ल्याएका प्रस्ताव, विधेयक, असफल पार्नेगरी एमाले अघि बढ्दैछ।  

संसद्लाई बिजनेस नदिए पनि संसद्मा सांसदले राखेका धारणा महत्वपूर्ण भएकाले संसद्को नियमिति बैठक बोलाउनु पर्ने सांसदहरूको भनाइ छ। ‘अहिलेसम्मका बैठकमा उठेका विषय हेर्ने हो भने पनि सांसदले राखेका धारणलाई सरकारले कार्यन्वयन गर्नका लागि पहल गर्न दबाब परेको छ’ एक सांसदले भने। एमाले प्रतिपक्षमा बसेपछि संसदमा निकै शसक्त ढंगले कुरा उठेका छन्। जसले संसदमा गरिमा बढाएको छ। ‘सत्तामा हुँदा एमालेका सांसद संसद्मा चुइक्क आलोचनात्मक कुरा नगर्ने तर, प्रतिपक्षमा बस्दा भने निकै परिपक्व ढंगले अघि बढेको विष्लेषण छ। तर, एमालेमा जस्तो कांग्रेसले आफ्ना सांसदलाई यो बोल्ने यो नबोल्ने भनेर उर्दी जारी गरेको देखिएको छैन,’ स्रोतले भन्यो। जसबाट यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रतिपक्ष जस्तै सत्तापक्ष पनि समसामयिक समस्यामा आफ्नो मत स्पष्ट ढंगले राखेर सरकारलाई दवाव दिएको छ। जसबाट सार्वजनिक सरोकारका विषयमा सबै सांसद एक भएको सन्देश गएको छ।
अर्को समाचार
संसद् बिजनेसविहीन सभामुख अलमलमा
२२ साउन २०७८
•
३ मिनेट पाठ
संसद् बिजनेसविहीन सभामुख अलमलमा
प्रतिनिधिसभाको बैठक साउन १९ गतेबाट एकै चोटी २६ गते बस्ने भएपछि सरकारले संसद्लाई बिजनेस नदिएको स्पष्ट देखिएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि साउन ३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु भएको थियो। अधिवेशन सुरु भएका यतिका दिनसम्म संसद्मा विचाराधीन रहेका विधेयक अगाडि बढाइएको छैन उल्टै हप्तामा एउटा बैठक बस्न थालेको छ। संसद्मा रहेका विधेयकलाई अघि बढाएर लैजानका लागि प्रतिपक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ। एमालेभित्रको विवादका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको र मन्त्रिमण्डल विस्तार हुन नसक्दा संसद्ले बिजनेस नपाएको देखिएको स्रोतको दाबी छ।




एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न सहज हुनसक्छ भन्ने सरकारको बुझाइ छ। प्रमुख प्रतिपक्ष एमालेको सबैपक्ष आफ्नो प्रतिपक्ष बन्न पुगेमा सरकारलाई निकै अप्ठेरो पार्ने रणनीति अध्यक्ष ओलीले बनाएको स्रोतले बतायो। संसद्मा रहेका विधेयकलाई अगाडि बढाउनका लागि पहिला सरकार गठन बलियो हुनुपर्ने विष्लेषण छ। 

सरकार नै कमजोर धरातलमा बनेमा संसद् बिजनेसविहीन हुन जाने निश्चित छ। एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरेकाले यो संसद्लाई असफल बनाउने नै रणनीति खेल्ने स्रोतले बतायो। तर, एमालेका एक नेताले भने संसद्को बैठक एक हप्ता पर सारेको कुरा आफूलाई मन नपरेको बताए। उनले भने, ‘हामीले किन पर सारेको भनेर आवाज उठाउँ भने हामीलाई विगतको कुरा देखाएर आरोप लगाउने भएका कारण हामी चुप नै बसेका छौं।’ सभामुख अग्निप्रसाद सापकोटाले पनि सरकारले बिजनेस नदिएकाले आफू अलमलमा परेको बताएको स्रोतले जानकारी दियो। सभामुख सापकोटाले संसद्लाई बिजनेस दिनका लागि पहल पनि गरेका छैनन्। राष्ट्रिय राजनीतिमा आएको संकटले संसद्लाई पनि प्रभाव पारेकाले सभामुखले यस विषयमा पहल नगरेको स्रोतले बतायो।  

संसद्मा रहेका ५० ओटाभन्दा बढी विधेयक दुई वर्षसम्म अड्किरहेका छन्। नागरिकतासम्बन्धी ऐन बनाउन नसक्दा धेरै नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैन। संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक पारित नहुँदा कर्मचारीको समायोजन हुन सकेको छैन। संविधान अनुकूलका कानुनको अभाव भइरहेको छ। तर, यस विषयलाई संसद्ले अघि बढाउन कठिनाइ देखिँदै आएको छ । संसदको अवधि अब १६ महिना मात्र बाँकी छ। अर्को संसदीय निर्वाचनपछि बनेको संसद्मा ती सबै विधेयक निस्क्रिय हुनेछन्। 

नयाँ संसद्मा पुनःनयाँ विधेयक दर्ता गर्नुपर्ने हुन्छ। संसद्मा आएका विधेयकमाथिको छलफलका क्रममा राज्यको धेरै रकम खर्च भएका कारण १६ महिनामा धेरै विधेयक पारित हुन नसकेर निस्क्रिय हुन जाने लक्षण देखिएको कानुन मन्त्रालय स्रोतले बतायो। संसद् सचिवालयका एक अधिकारीले भने, ‘राजनीतिक सहमति नभई संसद्ले काम गर्नसक्ने अवस्था देखिँदैन।’  संसदमा यतिबेला प्रतिपक्ष एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजको छ। जसबाट सरकारको आलोचना गर्ने कमीकमजोरी औंल्याउने र सरकारले ल्याएका प्रस्ताव, विधेयक, असफल पार्नेगरी एमाले अघि बढ्दैछ।  

संसद्लाई बिजनेस नदिए पनि संसद्मा सांसदले राखेका धारणा महत्वपूर्ण भएकाले संसद्को नियमिति बैठक बोलाउनु पर्ने सांसदहरूको भनाइ छ। ‘अहिलेसम्मका बैठकमा उठेका विषय हेर्ने हो भने पनि सांसदले राखेका धारणलाई सरकारले कार्यन्वयन गर्नका लागि पहल गर्न दबाब परेको छ’ एक सांसदले भने। एमाले प्रतिपक्षमा बसेपछि संसदमा निकै शसक्त ढंगले कुरा उठेका छन्। जसले संसदमा गरिमा बढाएको छ। ‘सत्तामा हुँदा एमालेका सांसद संसद्मा चुइक्क आलोचनात्मक कुरा नगर्ने तर, प्रतिपक्षमा बस्दा भने निकै परिपक्व ढंगले अघि बढेको विष्लेषण छ। 

तर, एमालेमा जस्तो कांग्रेसले आफ्ना सांसदलाई यो बोल्ने यो नबोल्ने भनेर उर्दी जारी गरेको देखिएको छैन,’ स्रोतले भन्यो। जसबाट यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रतिपक्ष जस्तै सत्तापक्ष पनि समसामयिक समस्यामा आफ्नो मत स्पष्ट ढंगले राखेर सरकारलाई दवाव दिएको छ। जसबाट सार्वजनिक सरोकारका विषयमा सबै सांसद एक भएको सन्देश गएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस