प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको?
२० असार २०७८
•
१ मिनेट पाठ
प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको?
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन्। आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा प्रधानन्यायाधीशले वैकल्पिक सरकार भनेको के हो र यो एमालेभित्रको विकल्प हो कि अरु दलको हो भनी सभामुखतर्फबाट बहसकर्ता रहेका उपेन्द्रकेशरी न्यौपानेसँग सोधनी गरे।  




प्रधानन्यायाधीश राणाले प्रश्न गर्दै भने, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न नेकपा (एमाले)का २३ जनाले हस्ताक्षर ल्याउनुभएको छ, यो प्रक्रिया वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ ?”

वरिष्ठ अधिवक्ता न्यौपानेले संविधानको धारा ७६(५) मा सरकार गठन गर्नका लागि दलको समर्थन नभनिएको तर्क गर्दै भने,“प्रतिनिधिसभाका सदस्यलाई स्वविवेकीय अधिकार प्रदान गरिएको छ, यदि धारा ७६(५) मा पनि दलकै आधारमा नियुक्त हुने हो भने त यो धाराको औचित्यै रहन्न, ७६(३) को प्रयास असफल भएपछि ७६(५) तिर जाँदैन, फेरि ७६(२) फेरि जान मिल्छ।”

अधिवक्ता श्रीकृष्ण सुवेदीले प्रतिनिधिसभा पुनःस्थापना भएपछि गिरिजाप्रसाद कोइरालाले नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएको तर्क गरे। वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले स्पष्ट बहुमत नभएका बेला धारा ७६(५) अनुसार संसद् सदस्यको बहुमतका आधारमा संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने तर्क गरे।

वरिष्ठ अधिवक्ता मैनालीले भने, “राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्छ, ओलीबाहेक अर्को प्रतिनिधिसभा सदस्यले पनि प्रधानमन्त्रीमा दावी गर्न सक्छन्, संसद्लाई जीवित राख्नका लागि ७६(५) को व्यवस्था गरिएको हो।” चिया समयपछि पुनःसभामुखकै पक्षका वकिलको बहस हुनेछ।
अर्को समाचार
कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु
२३ जेष्ठ २०८०
•
४ मिनेट पाठ
कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु
नेकपा माओवादी केन्द्रले हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका लागि रस्साकस्सी सुरु भएको छ।




माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि रस्साकस्सी सुरु भएको हो।

माओवादी केन्द्रले मंगलबार समर्थन फिर्तासँगै प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीहरूलाई समेत फिर्ता बोलाइसकेको छ। माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईँले मंगलबार नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाइसकेका छन्।

हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ले निश्चित भएसँगै नयाँ सरकारको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनेको छ।
नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरिरहेका छन्। दुवै दलले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णयसमेत गरिसकेका छन्। नेकपा माओवादी केन्द्रले जेठ २२ गते संसदीय दलको बैठकबाट आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। नयाँ सरकार गठनको पहल थाल्न संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको नेतृत्वमा समितिसमेत गठन गर्ने बैठकले निर्णय गरेको छ।

पार्टीको प्रदेश कमिटी र प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरिसकेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए। उनले गठबन्धनमा भएका अन्य दलहरूले पनि दाबी गर्नु स्वाभाविक भएको भन्दै माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल थालिसकेको बताए।

उनले भने ‘प्रदेश कमिटी र संसदीय दलले नै निर्णय गरिसकेका कारण माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल थालेको छ।’
यता जेठ २३ गते बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले पनि संसद्को दोस्रो ठुलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ। जेठ २३ गते बसेको संसदीय दलको निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णय गरेको बताए।

‘प्रदेश सभाको दोस्रो ठुलो दल भएकाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले पहल थाल्छ’ राईले भने।
यता नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने नयाँ सरकारको नेतृत्वमा आफ्नो पार्टीको दाबी नरहेको बताए। उनले दलहरूबिच नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई नयाँ मुख्यमन्त्री बनाउने विषयमा भद्र सहमति भइसकेको समेत खुलासा गरे।

राईले भने ‘माओवादीले सरकार छाड्नु अघि नै माओवादीको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भइसकेको छ।’
प्रदेशसभामा सुविधाजनक बहुमतका लागि निर्णायक शक्तिका रुपमा रहेको राप्रपाले पनि मुख्यमन्त्रीका लागि चाहना राख्दै आएको छ। औपचारिक रुपमा राप्रपाले नयाँ सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको भए पनि अनौपचारिक रुपमा भने मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ। नयाँ सरकारका विषयमा राप्रपाले भने अहिलै कुनै निर्णय गरि नसकेको जनाएको छ। राप्रपा संसदीय दलका नेता भक्तीप्रसाद सिटौलाले अहिलै कुनै निर्णय गरि नसकेकाले अवस्था हेरेर सरकारबाट राजीनामा दिएर बाहिरिने वा नयाँ सकारको नेतृत्वका लागि दाबी गर्ने भन्ने विषयमा निर्णय गर्ने बताए। 

उनले भने ‘अहिलै निर्णय गरेका छैनौ, अवस्था अनुसार नयाँ सरकारमा सहभागी हुने नहुने, हुँदा कसरी हुने भन्ने बारेमा निर्णय गछौं।’
कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। हाल सत्तारुढ गठबन्धनमा ४६ जना सांसद छन्। विपक्षी गठबन्धनमा सभामुखसहित ४७ जना सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनमा  बहुमत पुग्ने भए पनि सभामुख पनि भएका कारण हरेक निर्णयमा सभामुख नै निर्णायक हुने अवस्था छ। यता राप्रपालाई सहभागी गराउन सकेको खण्डमा भने विपक्षी गठबन्धनको पक्षमा ५३ जना सांसद पुग्ने छ।

अध्यादेशबाट बजेट ल्याउने तयारी !

बजेटको मुखमा अनिश्चितकालका लागि कोशी प्रदेशसभा बैठक स्थगित भएको छ। मंगलबारको प्रदेशसभा बैठकमा सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

बजेट आउने समय नजिकिँदै गर्दा कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि समयमै बजेट आउने वा नआउने भन्ने अन्योलमा परेको छ। सरकारले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो। तर, नीति तथा कार्यक्रम नल्याई मंगलबार नै प्रदेशसभा बैठक स्थगित भएपछि समयमै बजेट आउने हो वा हैन भन्ने अन्योल देखिएको छ। प्रदेशसभा स्थगित भए पनि अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेको सरकार निकट स्रोतले जनाएको छ।

यता प्रतिपक्षी दलका नेताहरूले भने चालु संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु अलोकतान्त्रीक पद्धति हुने बताएका छन्। पूर्व मुख्य मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले चालु अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटोमा सरकार जान नहुने बताए।

माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले चालु अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु अलोकतान्त्रीक बाटो हुने भएकाले मुख्यमन्त्री अलोकतान्त्रीक बाटोमा नहिँड्ने विश्वास व्यक्त गरे।

‘मुख्यमन्त्री अनुभवी हुनुहुन्छ’ आङ्वोले भने‘ संसद्को अधिवेशन अन्त्य गरी अध्यायदेशबाट बजेट ल्याउने अलोकतान्त्रीक बाटोमा हिँड्नुहुन्न भन्ने विश्वास छ।’  
संघीय सरकारले जेठ १५ गते भित्रमा र प्रदेश सरकारहरूले असार १ गते भित्रमा बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस