रोल्पाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले स्वेच्छाचारी ढंगले निर्णय गर्ने गरेको भन्दै यहाँ स्थित राजनीतिक दलले बैठक बहिस्कार गर्दै बिरोध स्वरुप विज्ञप्ती निकालेका छन् । बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा दलहरुलाई बोलाएका प्रमुख जिल्ला अधिकारीले आफूहरुलाई उपेक्षा गरेको उनीहरुको ठहर छ ।
पटक पटकका बैठकहरुमा प्रमुख जिल्ला अधिकारीलाई दिएका सुझाबलाई बेवास्ता गर्दै अगाडि बढेका कारण आजको बैठक बहिस्कार गरेको उनीहरुले जारी गरेको विज्ञप्तीमा जनाएका छन् । माधब नेपाल निकट नेकपा एमाले अध्यक्ष हरिप्रशाद घर्ती, नेपाली कांग्रेस उपसभापती किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्ती र राप्रपा सहअध्यक्ष गोबिन्द बलामीले संयुक्त रुपमा विज्ञप्ती निकालेका हुन् ।
उता प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा दलहरुको विज्ञप्ती प्रति असन्तुष्ट छन् । ‘समितिका सदस्य नभएपनि राजनीतिक दलहरुलाई राम्रो सुझाबका लागि बोलाएको हुँ । बोलाउनु नै गलत भयो । राम्रो गरौ भन्ने सोच हो । उहाँहरुको माग ५ बजेसम्म बजार खोलौ भन्ने थियो तर डिसिएमसिले १ बजे भन्यौ ।’ नागरिकसंग कुरा गर्दै सापकोटाले भने, ‘बेलुका ५ बजेसम्म खोल्नु भन्दा निषेधाज्ञा नगरे पनि त भयो । रोल्पामा मेरो आफन्ती वा पक्षबिपक्षमा कोही छैन । जनहितका लागि राम्रो गरौ भनेको हो । डिसिएमसिले गर्न खोजेको निर्णयमा उहाँहरुको बिरोध आयो । यो विज्ञप्ती प्रति मेरो खेद छ । दलका बाहेक सबैको हस्ताक्षर र सहमति छ ।’
विपदका समयमा स्थानीय प्रशासक र दलहरु बीचको दूरी बढ्दै जानुले गतिलो संकेत नभएको जानकारहरु बताउँछन् । विपदका समयमा सबैले एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा प्रशासक एकातिर, दलहरु अर्कोतिर भईदिँदा कुनै पनि बेला थप समस्या हुन सक्ने देखिन्छ । समय मै दुबै पक्षले सहमतिमा आई सहज वातावरण बनाउनु पर्ने स्थानीयहरुको बुझाई छ ।