मधेस राजनीतिः मुद्दा यथावत्, व्यक्ति व्यवस्थापन
२९ जेष्ठ २०७८
•
४ मिनेट पाठ
मधेस राजनीतिः मुद्दा यथावत्, व्यक्ति व्यवस्थापन
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये आधाभन्दा बढी कोर मधेस अर्थात् प्रदेश २ बाट छन्। २५ सदस्यीय मन्त्रिमण्डलमा १४ जना प्रदेश २ बाट छन्। तिनमा जनता समाजवादी पार्टी (जसपा) का ९ जना छन्। अहिले मुद्दाको होइन, सत्ताको खेल भइरहेको छ जसमा जसपा निर्णायक देखिएकाले बढ्ता लाभ पाइरहेको विश्लेषक बताउँछन्।  




मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन। सरकारले मधेसका केही प्राविधिक र प्रशासनिक मुद्दामात्र सम्बोधन गर्न सक्छ। तर पछिल्लो घटनाक्रम हेर्दा सरकारबाट सम्बोधित मुद्दा पनि न्यायालय र प्रशासनले रोकिदिएको अवस्था छ। मधेस मामिलाका विश्लेषक तुलानारायण साहका अनुसार अहिले चलिरहेको खेल विशुद्ध सत्ताको हो, जसमा दुईवटा पोल निर्धारण गरिएको छ। ‘एउटा पोलको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी ओली र अर्को पोलको नेतृत्व नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले गरेका छन्। दुवै नेतृत्वको उद्देश्य भनेकै सत्ता हो। एउटाले आफ्नो सत्ता टिकाइराख्न चाहेका छन्, अर्कोले सत्तामा पुग्न’, साहले भने, ‘यो खेलमा जसपा निर्णायक बन्न पुगेको छ ’। सत्तामा पुग्नेबित्तिकै मुद्दा सम्बोधन नहुने भन्दै साह थप्छन्,‘मुद्दा सम्बोधन आन्दोलनको राजनीतिबाट हुने हो। सत्ताको राजनीतिबाट हुने हाइन।’

मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन तर आन्दोलनका नेतृत्वकर्ता नेता आफ्ना मुद्दामा राजनीतिक सहमति जुटाउनभन्दा पनि सत्ता केन्द्रित भइदिँदा मधेस मुद्दाको भविष्य अनिश्चितताको सुरुङमा भासिँदै गएको छ।
मधेस मुद्दा ओझेल पर्नुमा मधेसी दलका नेतृत्वकर्ताको कमजोरीमात्र कारण नरहेको साहको विश्लेषण छ। ‘मधेसी दलका नेतृत्वकर्ताले चाहेर मात्रै पनि सम्बोधन भइहाल्ने खालको मुद्दा होइन यो,’, उनी भन्छन्, ‘यो संविधान संशोधनसँग जोडिएको छ र संविधान संशोधन संसद्मा दुईतिहाइ नभई हुँदैन। जसका लागि राजनीतिक सहमति आवश्यक पर्छ।’

मधेस मुद्दामा अहिलेसम्म दुई थरी राजनीति देखिएको विश्लेषक साह बताउँछन्– एउटा आन्दोलनको राजनीति अर्को सत्ता राजनीति। ‘आन्दोलनको राजनीतिमा मुद्दाले प्राथमिकता पाउँछ। त्यो बेला नेपाली राजनीतिमा साम्प्रदायिक  ध्रुवीकरण हुन्छ र मधेस मुद्दा एक्लिन्छ, ओझेल पर्छ’, साह भन्छन्, ‘जब सत्ताको राजनीति हुन्छ त्यो बेला दलीय  ध्रुवीकरण हुन्छ। यो बेला सरकार, मन्त्री इत्यादिले प्राथमिकता पाउँछन्।’ यी दुवै राजनीतिमा मधेसका मुद्दा कहिल्यै प्राथमिकतामा नपरेका कारण असम्बोधित दस्तावेज बनेर बसेको साहको विश्लेषण छ।

सत्ताको राजनीतिमा नेताहरूको थरीथरीको विचार बाहिर आउने गरेको छ, प्रतिगमन, अग्रगमन, इगो आदिआदि। अहिले मधेस राजनीतिमा भएको पनि त्यही हो। सत्ता राजनीतिमा निर्णायक जसपाभित्र दुईथरी विचारले  ध्रुवीकरण भयो। एकथरीले ओलीलाई प्रतिगमनकारी करार गर्दै पहिचान र परिवर्तनकारी शक्ति उनको सारथि बन्न नहुने अडान राखे। अर्कोथरीले आन्दोलनकारीमाथि लागेका मुद्दा सम्बोधन गरिदिए प्रतिगमनकारी नै भए पनि ओलीको सत्तामा सारथि बन्ने विचार प्रस्तुत गरे। यही कारण जसपा दुई चिरा भयो। एउटा चिरा ओली नेतृत्वको सरकारमा पुग्यो। अर्को चिरा प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्चको आदेश पर्खेर देउवा नेतृत्वको कित्तामा बसेको छ। दुवैथरी विचारधाराको गन्तव्य सत्ता नै हो। मुद्दा त दुईतिहाइको सहमति नभई सम्भव नै छैन।

मुखमा मुद्दा, मनमा सत्ता

लामो सयमदेखि मधेसको घाउमा खिल गाडिएर बसेको छ। घाउँ हो मधेस ‘मुद्दा’। यो घाउलाई कोट्याउँदा मधेसी राज्यमा बराबरको हिस्सेदारी खोज्दै बलिदानीका लागि सडक संघर्षमार्फत ज्यान फाल्न पुग्छन्। तर करिब सात दशकदेखि मधेसीको यो सपना ज्युँका त्युँ छ।  

फरक यति भएको छ कि डेढ दशकमा तीनवटा बलिदानीपूर्ण संघर्षको जगमा उभिएर धेरैले कार्यकर्ताबाट नेताको परिचय बनाए।  

आन्दोलनका नेतृत्वकर्ता नेता सत्ता केन्द्रित भइदिँदा मधेस मुद्दाको भविष्य अनिश्चितताको सुरुङमा भासिँदै गएको छ। ‘बलिदानीपूर्ण आन्दोलनको अजेन्डालाई संविधानतः स्थापित गराउन चाहेको मधेस संसदीय अंकगणितमा पछि छ। गणितलाई पूरक बनाउन मधेसले मुद्दामा दलहरूको साथ चाहेको छ। मधेसले व्यक्तिको व्यवस्थापन होइन कि, मुद्दाको व्यवस्थापन चाहेको छ’, राजनीतिज्ञ खुशीलाल मण्डल भन्छन्, ‘सत्ता पक्षले जहिल्यै मधेसको मुद्दा भन्दा मुद्दा उठाउने व्यक्तिको व्यवस्थापनमा रुचि देखाउँदै आएको छ। जसका कारण मधेस मुद्दा अनिश्चितताको भुमरीमा फस्दै गएको छ।’

अहिलेको सत्ता राजनीतिमा मधेसी दल (जसपा) निर्णायक भूमिकामा छ। देउवा पक्ष होस वा ओली दुबैले जसपाको साथ बिना सत्तामा आसिन हुन सक्दैन। ‘यस अवसरलाई जसपाका नेतृत्वले मुद्दासँग भजाउन सक्नुपथ्र्यो’, मण्डल भन्छन्, ‘सबै सत्ताकै जालमा फसेपछि मुद्दा ओझेल पर्न गयो।’  

प्रधानमन्त्री ओलीलाई मधेसले स्वीकार गरेको छैन। तेस्रो मधेस आन्दोलनका क्रममा ओलीको बोली र व्यवहारले मधेसमाथि परेको घाउ अझै बिसेक भइसकेको छैन। ‘ओली नेतृत्वको सरकारमा मधेसबाट जति मन्त्री थपिए पनि मधेसको मूल मुद्दाको सम्बोधन संविधान संशोधनबिना हुन सक्दैन’, मण्डल भन्छन्, ‘दुईतिहाइको सरकार हुँदा त उपेन्द्र यादवसँग सम्झौता गरेर लत्याइदिनेले अल्पमतमा परेको बेला मधेसको मुद्दा सम्बोधन गर्न सक्छ।
अर्को समाचार
प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने
०३ माघ २०७८
•
२ मिनेट पाठ
प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने
प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरित हुन सकस जारी छ। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरू प्रदेशको स्थायी राजनधानीको विषयमा एकमत प्रायः देखिए पनि नामांकनमा विभाजित देखिए।




नामांकनमा एकमत कायम गर्न प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति नै गठन गरी दफाबार छलफल गरिएको थियो। तर, छलफलबाट नाममा एकमत कायम हुन सकेन। विशेष समितिले छलफलबाट तयार प्रतिवेदन प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ। जसमा अब गोप्य मतदानमार्फत नामांकनको विषय टुंग्याउनुपर्ने निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई ४ र ६ वटा राजधानीको प्रस्तावलाई ३ वटामा सीमित गर्न सकेको उल्लेख छ। अब नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति स्रोतसाधन, मतदान सामग्रीहरू तथा सुरक्षा प्रबन्धलगायतका यथोचित व्यवस्थापन गर्नुपर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको छ।

सभामुख सरोजकुमार यादव नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनअनुसार अब नामका विषयमा चारवटा र राजधानीका विषयमा तीन वटा प्रस्तावमाथि मतदान हुनेछ।

प्रदेश २ को नाम मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश छन्। सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका हुन्। यसमा सांसदहरू बबिता कुमारी, रानीकुमारी तिवारी, सावित्रीदेवी साह, जगतप्रसाद यादव र दिलीप साह समर्थक छन्।

जानकी प्रदेशको प्रस्तावकमा प्रमोदकुमार यादव छन् भने समर्थकमा वेची लुंगेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव छन। मिथिला भोजपुराको प्रस्तावकमा शिवचन्द्र चौधरी छन् भने समर्थकमा नागेन्द्रप्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जुकुमारी यादव छन्।

प्रदेश २ को राजधानीका लागि गरिएका प्रस्तावमा जनकपुर, पोखरिया र सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासहित वीरगञ्ज र वीरगञ्ज महानगरपालिका छन्। परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले राजधानी जनकपुर राख्न प्रस्ताव गरेका हुन्।

सिंगासन साह कलवारले पोखरिया, सखुवा प्रसौनी, पर्सागढीसहित वीरगन्जलाई राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन्। तेस्रो प्रस्ताव दर्ता गराएका राजेश्वरप्रसाद शाहले वीरगन्जलाई मात्र राजधानी बनाउन माग गरेका छन्।

प्रदेशको स्थायी राजधानी र नामांकनका लागि प्रदेशसभामा हाल कायम रहेको प्रदेशसभा सदस्यको संख्याको दुईतिहाइ बहुमतले पारित गर्न सक्ने संवैधानिक प्रावधान रहेको छ। प्रदेशसभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना प्रदेश सांसदहरू छन्।

सत्तारूढ जसपाका ३९, सत्तारुढ दल कांग्रेसका १९, सत्ता घटक एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ प्रदेश सांसद छन्।

प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ सांसद छन्। दुईतिहाइका लागि ६९ जना सांसदको मत चाहिन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस