प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव
२७ वैशाख २०७८
•
१ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। 




सोमबार प्रनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर उनका विपक्षमा मतदान गर्ने बताएका हुन्। ‘संसद असंवैधानिक तरिकाले विघटन गर्नुभयो, तपाईलाई जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?’ भनेर यादवले प्रश्न गरे। 

प्रधानमन्त्री ओलीले नै संघीय गणतन्त्रलाई धरापमा पार्न लागेकाले आफूले समर्थन गर्न नसक्ने उनले बताए। यस्तै, उनले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाए।
अर्को समाचार
उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने
११ चैत्र २०७९
•
३ मिनेट पाठ
उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ। तर उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका छन्।




उपनिर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने जनमत पार्टीका नेताहरूको भनाइ छ। लोसपाको शुक्रबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपाले मोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताहरू भने बारा २ मा सत्तारुढ १० दलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन्। जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमत पार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न ।’

यही चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जसपाका नेताहरूले जसपाका उम्मेदवार रामसहाय यादवलाई सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए। यसमा नेपाली कांग्रेस र नेकपा (माओवादी)ले जनमत पार्टीलाई मनाउने प्रयास गरेका थिए। तर जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिलाएरै छाडे। रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भए तर राउतले रामसहायलाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न दिएनन्। यसपटक पनि त्यही घटना दोहोरिने सिंहले बताए। ‘उपराष्ट्रपतिको निर्वाचनमा हामीले जसरी मित्रवत् प्रतिस्पर्धा गरेका थियौं। त्यसरी उपनिर्वाचनमा पनि मित्रवत् प्रतिस्पर्धा गर्ने छौं,’ सिंहले भने, ‘गठबन्धन एउटा विषय हो तर चुनाव अर्को विषय हो। एउटै गठबन्धनमा बसे पनि मित्र मित्रवत् प्रतिस्पर्धा गर्न सकिन्छ।’

उपराष्ट्रपति निर्वाचनअघि तराई मधेसकेन्द्रित ३ दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णय गरेका थिए। यो कार्यगत एकता उपनिर्वाचन पनि कायम रहने जनमत तथा लोसपाका नेताहरू बताउँछन्। यद्यपि अहिले जनमत र लोसपा दुवै पार्टीका नेताहरूले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।

जसपाका नेताहरू बारा २ मा उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने विषयमा पार्टीभित्र विवाद नै नभएको बताउँछन्। जसपा बारा समितिले समेत यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादवले सप्तरी २ मा उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा जनमत का अध्यक्ष राउत विजयी भएपछि यादव संसद्मा छिर्न पाएका छैनन्। आफू प्रतिनिधिसभामा प्रवेश गर्न यादवले बारा २ बाट चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन सफल भए। उनले सुरुदेखि नै सत्तारुढ गठबन्धनमा उपराष्ट्रपति पाउन मरिहत्ते गरेका थिए।

जसपाका एक नेताले भने, ‘चुनावलगत्तै बनेको माओवादी र एमालेबीचको गठबन्धनमा जसपाले उपराष्ट्रपति मागेको थियो। त्यति बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्टसँग राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा टुंगो लागिसक्यो। जसपाले उपराष्ट्रपति पाउँदैन भन्नुभयो। ओलीको यस्तो अभिव्यक्तिपछि यादव एमालेसँग निकै चिढिए र त्यसपछि सरकारमा कसैलाई पठाएनन्।’

त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाका लागि २ वटा मन्त्रालय खाली राखेका थिए। तर यादवले सरकारमा कसैलाई पठाएनन्। एमाले–माओवादी गठबन्धन भत्काएर वर्तमान गठबन्धन बनाउन यादवको भूमिका रहेको बताइन्छ। स्रोत भन्छ, ‘एमाले र माओवादीबीच गठबन्धन बनेको केही दिनमै यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।  
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस