राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सदस्य खिमबिक्रम शाहीले आफु पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको विज्ञप्तीमार्फत प्रष्टिकरण दिएका छन् । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भईरहँदा शाही सम्पर्कविहीन भएका थिए । पछि चरक मेमोरियल अस्पतालको कोरोना वार्डको आईसीयू कक्षमा उपचार भईरहेको खुलेको थियो । शाही सहभागि हुन नसकेपछि प्रदेशसभा पनि स्थगित भएको थियो ।
आफ्नो स्वास्थ्यमा सुधार आएको उनले बताएका छन् । ‘सदनमा जाने बेला अचानक बिरामी भएपछि मेरो आफ्नै भाईलाई सम्पर्क गरेको थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ शाहीले भनेका छन, ‘अहिले उपचाररत छु । मेरो स्वास्थ्यमा क्रमिक सुधार भएको छ । थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैंयौ प्रश्नको बारेमा स्पष्ट पार्नेछु ।’
शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफु सहमत रहेकोले पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको भन्दै प्रष्ट पारेका छन् । शाहीको प्रदेशसभामा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गराउँदा कोरोना संक्रमणको पुष्टि भएको थियो । शाहीको सरकारी प्रयोगशालामा बुधबार बेलुकी परीक्षण गराउँदा पुन पोजेटिभ रिपोर्ट आएको छ ।