लेकसाइडस्थित कुटि रिसोर्टका २३ वटा डिलक्स रुम दुईदिनका लागि बुकिङ छन् । रिसोर्टका ती रुममा बस्ने उनीहरु कतैबाट पोखरा घुम्न आएका पाहुना भने होइनन् । गण्डकी प्रदेशसभाका सदस्य ती पाहुना अहिले रिसोर्टमा बसिरहेका छन् ।
पोखरामा डेराडण्डा गरेर बसेका, पोखरामै घर भएका र छिमेकी जिल्लाबाट आउजाउ समेत गर्दै आएका २३ जना प्रदेशसभा सदस्य बुधबार बिहानसम्म कुटि रिसोर्टमा बस्नेछन् । हरेक कोठामा एकजना बस्नेगरि २३ वटा डिलक्स कोठा बुकिङ भएको रिसोर्ट श्रोतले बताएको छ । डिलक्स ती हरेक कोठामा एकएकजनाका दरले मात्र बस्दै आएका छन् ।
एकरातका लागि चारहजार रुपैयाँ तिर्नेगरि कोठा बुकिङ गरिएको छ । चारहजार रुपैयाँमा कोठा र ब्रेकफास्टको मुल्य परेको छ । तर, बिहान र बेलुकीको खानाको भने अतिरिक्त मुल्य तिर्नुपर्छ । बिहान र बेलुकीको खानाको मुल्य समेत जोड्दा झन्डै एकदिनको ६ हजार रुपैयाँ एकजनाले तिर्नुपर्ने रिसोर्ट श्रोतले बताएको छ ।
अर्काे गुडविल होटलमा पनि दुईजना प्रदेशसभा सदस्य बसिरहेका छन् । गुडविलमा बस्ने सदस्यहरु भने जनता समाजवादी पार्टी (जसपा)का छन् । प्रदेशसभासमा जनमोर्चाका तीनजना सदस्य भएपनि उनीहरु भने होटलमा बसेका छैनन् । गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका १२ सदस्य छन् । कांग्रेस र माओवादीका सदस्यहरु भने कुटिमा बसिरहेका छन् ।
‘दुईरातका लागि कोठा बुकिङ गरेका हुन् । बुधबारपछिको लागि भने बुकिङ छैन,’ रिसोर्ट श्रोतले भन्यो, ‘कोरोनाको त्रास भएको यो बेला दुईरातका लागि पनि पाहुना पाउँदा राम्रै भएको छ ।’ रिसोर्टमा बसेका उनीहरुले खाना र नास्ता पनि त्यहिँ खाने गरेका छन् । ‘दुईरात बस्दा एकजनाले १२ हजार रुपैयाँका दरले मुल्य तिर्नुपर्नेछ,’ रिसोर्ट श्रोतले भन्यो ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव पास हुन ३१ जना चाहिन्छन् । एकजना सदस्यलाई पनि सत्तापक्षले प्रलोभनमा पार्न सक्ने सम्भावना हुने भन्दै सबैजना एकैठाउँ बसेर छलफल गर्नका लागि रिसोर्टमा बास बस्नुपरेको प्रदेशसभाका एकजना सदस्यले बताए ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा जनमोर्चाको पनि साथ रहेको छ । अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन हठात रुपमा मध्यरातमै अन्त्य गरेको थियो । त्यसलाई प्रदेश प्रमुख अमिक शेरचनले पनि साथ दिएका थिए । तर, पछि दलहरुले विशेष अधिवेशन माग गरेपछि सोमबारदेखि सदन चल्न थालको थियो ।
‘अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने व्यक्तिहरुबीच बेलाबेला छलफल आवश्यक पर्ने भएकोले एकैठाउँ बसेका हौ,’ एकजना सदस्यले भने, ‘सहमति कायम गर्नका लागि पनि हाम्रो एकजुट आवश्यक छ ।’ सबैजना एकठाउँ बस्दा आत्मबल बलियो हुने र एकताको बोध हुने भएकोले रिसोर्टमा बसेको उनले बताए । व्यक्तिगत खर्चमै होटलमा बास बसेको उनले बताए ।
‘सत्तापक्षले सांसद किनबेच गर्न पनि सक्छ । एकजनालाई मात्र प्रभावमा पारेमा समस्या हुनसक्छ भनेर एकठाउँ बसेका हौ,’ उनले भने, ‘एकजनालाई मात्र अनेक निहुँमा उपस्थित हुनबाट अवरोध गरियो भने त्यसको असर पर्छ ।’ सत्तापक्षले अनेक निहुँमा प्रदेससभा सदस्यलाई उपस्थित हुन नदिन षडयन्त्र गर्न सक्ने उनले बताए । ‘सत्तापक्षसँग पैसा, पावर र प्रहरी सबै छ । त्यसैले एकजनालाई मात्र अवरोध गरियो भने अविश्वासको प्रस्तावमा अप्ठेरो आउनसक्छ,’ उनले भने, ‘त्यसैले सुरक्षित हुनका लागि पनि हामी एकैठाउँ बसेका हौ ।’
‘कोरोनाको बहाना देखाएर निषेधाज्ञा जारी गर्नेदेखि पीसीआरको रिपोर्ट खोज्नेसम्मको काम भएको छ,’ ती सदस्यले भने, ‘मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै संसदबाट भाग्ने प्रयास गरेका छन् । संसद फेस गर्छु भनेपनि अंकगणितका हिसाबले पास हुने देखेपछि सत्तापक्षले नै अनेक निहुमा सदन अवरोध गरेको हो ।’
माओवादी केन्द्रका सांसद दीपक कोइरालाले पनि छलफलमा जुट्नका लागि रिसोर्टमा बसेको बताएका छन् । उनले भने, ‘सम्भावित चलखेल रोक्नका लागि पनि रिसोर्टमा बसेका हौं,’ कोइरालाले भने । संसद अवरुद्ध गरेर सत्ता लम्ब्याउने प्रयास सत्तापक्षले गरेको पनि उनले बताए ।