'प्रचण्डको सनकमा जननिर्वाचितको पद खोसियो'
३० चैत्र २०७७
•
३ मिनेट पाठ
'प्रचण्डको सनकमा जननिर्वाचितको पद खोसियो'
नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिएर कानुनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन,’ रेग्मीले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता–कार्यकर्तामाथि कोर्टमार्सल गरिन्थ्यो, लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन ।’




रेग्मीले दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्ने भएपनि जननिर्वाचित निकायबाट च्यूत गर्ने हैसियत प्रचण्डमा नरहेको दावी गरेका छन् । ‘प्रचण्ड आफै ३३ वर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?,’ उनले प्रश्न गरे, ‘आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?, ३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ ?’ उनले लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनु हुँदैन भनेका छन् ।

उनले नेकपा विवादलाई प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने र माधव नेपालको पार्टी अध्यक्ष हुने लालसाको परिणाम उत्पन्न कृत्रिम विवाद भनेका छन् । ‘यसको प्रहसन  काठमाडौमा गरिए पनि रिमोट ब्रसेल्स र नयाँ दिल्लीमै थियो,’ उनले भने, ‘पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै बखत मैले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्रीलाई समर्थन गरेको हुँ ।’  

उनले एकातिर माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, आफुहरु तिनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनुपरेको बताएका छन् । ‘प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहीँ एमालेतिर उभिँदा पद छोड्नु पर्ने ?, आफुले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड !,’ उनले फेरि प्रश्न गरे, ‘तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहीँ माओवादी बनेनन् भनेर छडी लगाउने ? यो कुन नैतिकता हो कमरेड !’

उनले पार्टी भन्दा माथि उठेर जनताको पक्षमा निर्भीकतापूर्वक बोल्दा पदका बारेमा कहिल्यै नसोचेको बताएका छन् । ‘काठमाडौंमा जमेको वकालत चटक्कै छोडेर दैलेखमा पहिलेनै हार्ने घोषणा गरिएको निर्वाचन लड्न हानिँदा मैले दैलेखी जनताको मुहारमा खुशी फर्काउने अभिलाशा बोकेको थिएँ,’ उनले भने, ‘म निर्वाचित भएपछिको लडाइँ त्यहीँ जनअपेक्षाको कडी थियो ।’

हाल नेकपा एमालेको कर्णाली प्रदेश सचिव रहेका रेग्मीले सशस्त्र द्वन्द्वका बेला प्रचण्ड र बाबुराम भट्टराईलाई दैलेखी जनताले लखेटेको स्मरण गरेका छन् । ‘दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए,’ उनले लेखेका छन्, ‘त्यस्तो जिल्लामा कुशलतापूर्वक निर्वाचनमा सफलता हाँसिल गर्नु चानचुने कुरा थिएन् ।’ उनले माओवादीको ‘शिला’ खोज्नुपर्ने ठाउँबाट आफुले चुनाव जितेको बताउँदै फेरि पनि जनताबाट अनुमोदन हुने नैतिक तागत आफूसँग रहेको बताएका छन् ।

‘स्थानीय तहको निर्वाचनमा दैलेखको कुनै पनि वडामा माओवादीले सदस्यसमेत नजितेको छैन,’ उनले भने, ‘वास्तवमा म माओवादीको शिला खोज्नुपर्ने ठाउँमा चुनाव जितेको पात्र हुँ ।’

रेग्मीले प्रदेशसभा सदस्यका रूपमा आफ्नो तीन वर्षे कार्यकाल कर्णालीका जनताको सर्वोत्तम हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन र विधिको शासनको पक्षमा समर्पित रहेको बताएका छन् । ‘मैले प्रदेशसभामा निर्भीक रूपमा जनताको पक्षमा आवाज बुलन्द गरेँ,’ उनले भने, ‘सत्ताको अँध्यारो कोठरीभित्र घनिभूत रूपमा बढेको भ्रष्टाचारको बिरोध गरेँ ।’

उनले सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न हिल्सा–सुर्खेत फास्ट ट्याक निर्माण, कर्णालीमा बाह्य लगानी भित्र्याउन, सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, प्रदेशसभाका सुरूआती दिनहरुमा कानुन निर्माण, मस्र्यौदा लेखनलगायतका काममा आफुले नेतृत्वदायि भूमिका खेलेको बताएका छन् । उनले प्रदेश सरकारको राजनीतिक पूर्वाग्रहका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा २९ वटा विद्यालय, दुई वटा क्याम्पस भवन, अस्पताल, सडक, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न भएको बताएका छन् ।  
अर्को समाचार
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरण सहितका सामान दैलेख पुर्‍याइयो
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरण सहितका सामान दैलेख पुर्‍याइयो
दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ। चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन्।  




पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ। ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन्। रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ।  

भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ। अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ। सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरेका छन्।  

कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने,समस्या परेका घरहरुलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए।  

आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन्। भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका छन्। आफूहरुले स्थानीयस्तरमै रोजगारी पाए भारत नजाने थापाले बताए। नेपाल सरकार र चीन सरकारसँग भएको ‘जिटुजी’ सम्झौताअनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए।  

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’गरिनेछ। ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए। -रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस