नेकपा एक रहेसम्म प्रधानमन्त्रीलाई काग्रेस र जसपाले कसरी हटाउन सक्छ–राजेन्द्र महतो
१८ फागुन २०७७
•
२ मिनेट पाठ
नेकपा एक रहेसम्म प्रधानमन्त्रीलाई काग्रेस र जसपाले कसरी हटाउन सक्छ–राजेन्द्र महतो
राष्ट्रिय जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संबिधानत नेकपा एउटै पार्टी भएको र उसको झण्डै दुई तिहाईको सरकार भएकाले नेपाली काग्रेस र राजसपाले केही गर्न नसक्ने बताएका छन ।‘झण्डै दुई तिहाई बहुमत भएको एउटा पार्टीको सरकार रहेसम्म हामीले केही गर्न सक्तैनौं, यो झुक्याउने कुरा मात्र हो’मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने,‘नेपाली काग्रेस र जसपा मिलेपनि हाम्रो बहुमत पुग्दैन, हामीले हटाउने कसरी ? ।’




प्रधानमन्त्री केपी ओलीलाई नेकपा पार्टीका नेताहरुले हटाउनु पर्ने उनको तर्क छ । संसदिय दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली भएकाले किन हटाउन नसकेको भनेर उनले प्रश्न गरे । ‘के पार्टी भित्रैवाट संघर्ष गरेर हटाउनु पर्यो, के पार्टी फोडेर हटाउनु पर्यो, यो उनीहरुको काम हो’उनले भने,‘ यो हामीले गर्न सक्तैनौ नि यो अबश्था र समस्या हो ।’ नेकपा पार्टीका दुईटै समुहको अवस्था स्पष्ट भएमा प्रधानमन्त्री ओलीको विकल्प नेकपा पार्टी भित्रैवाटै आउने उनले बताए ।  

नेकपाको एउटै पार्टी भएसम्म अर्को सरकारको आवश्यकता नभएको उनको भनाई छ ।‘एउटा पार्टी रहेसम्म आबश्यकता छैन, पार्टी दुई भएमा त्यो आवश्यकता हुन सक्छ, त्यतीवेला प्रस्ताव आउन्छ, त्यो अवस्था आएमा काग्रेस पनि हामी पनि सोच्न सक्छौं’उनले भने । पार्टी दुई भएपछि आफ्ना मुद्धा सम्वोधन र रेशम चौधरीलाई रिहा गर्न तयार नभएसम्म भने सरकारमा जाने संभावना नरहेको उनले बताए । आफ्ना सवाल सम्वोधन र रेशम चौधरी रिहा गर्न तयार हुनेसँग सरकारमा जान सहकार्य गर्न सक्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले गरेको प्रतिगमन सच्चिएपनि संविधान बनाउदाँ गरिएको प्रतिगमन सच्चिन वाँकी रहेको उनले बताए । गोली चलाएर संविधान बनेको उनले बताए ।‘आठ पार्टीले बनाएको अन्तरिम संविधान भन्दा पछाडी हटेर यो संविधान बनाइएको छ, त्यो संविधान शंसोधन गरिनुपर्छ’उनले भने,‘प्रतिगमन हुने सँग हाम्रो सहकार्य हुने छ ।’

नेपालको राजनीतिमा नैतिकताको खडेरी भएको उल्लेख गर्दै राजीनामा माग्ने कुरा नभएको भन्दै आफै दिनुपर्ने उनले बताए । अवको बैकल्पि शक्ती राजसपा भएको उनले बताए । केहि दिन अघि प्रचण्डले नेपाली काग्रेस, राजपा र आफू मिलेर बनेको सरकार कमफरटेवल हुने भनेर उल्लेख गरेको प्रसंगमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले भने,‘अरुका लागी कमफरटेवल गर्दागर्दै आफै त अनकमफरटेवल हुनु भएन नी ।’   कम्युनिष्ट पार्टी र नेपाली काग्रेसका नेताले राष्ट्रवादको मुकुण्डो लगाएर महाकाली सन्धी लगायतका निरन्तर राष्ट्रघात गर्ने गरेको उनले आरोप लगाए ।
अर्को समाचार
लोसपामा भाँडभैलाे, राजेन्द्रले अब नयाँ पार्टी खोल्लान् ?
२४ मंसिर २०८०
•
२ मिनेट पाठ
लोसपामा भाँडभैलाे, राजेन्द्रले अब नयाँ पार्टी खोल्लान् ?
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै  भाँडभैलो भएको छ। केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको विवाद तीव्र हुन पुगेको हो। जसले गर्दा आइतबार देखि सुरु केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिस्कार गरेका छन्।




पार्टी अध्यक्ष ठाकुरले केन्द्रीय समिति गठन गर्दा एकलौटी गरेको भन्दै शीर्ष नेता द्वय महतो र अनिल झाले बैठक बहिस्कार गरेका हुन्। केही महिना अघि अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गर्दै ३ सय ११ सदस्यीय बनाएका थिए। तर, समितिमा महतो र झा निकट कार्यकर्ताहरूले निकै कम स्थान पाएपछि विवाद सुरु भएको हो। यसबाट महतो र झा रुष्ट भएका हुन्।

मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्ताहरूलाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झाले बैठक बहिस्कार गरेका छन्। दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष ठाकुरले केन्द्रीय समिति गठन गर्दा भएका त्रुटिहरू सच्चाउने र केन्द्रीय समितिमा अट्न नसकेको पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा राख्ने प्रतिबद्धता गरेका थिए। तर दुई महिनासम्म उनले केन्द्रीय समिति विस्तार गरेनन्। उल्टै केन्द्रीय समिति विस्तार नगरी बैठक बोलाएको उनीहरूको आरोप छ।

‘दुई महिना अघि नै पार्टी अध्यक्षज्यूले त्रुटि सच्च्याउछु र केन्द्रीय समितिमा नबसेका साथीहरूलाई केन्द्रीय समितिमा ल्याउँछु भन्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ महतोले भने, ‘तर उहाँले केही गर्नु भएन। उल्टै बैठक बोलाएर विवाद बढाउने काम गर्नु भएको छ। यो त अति नै भयो।’

नेपाली काँग्रेस परित्याग गरी आएका ठाकुर मधेस आन्दोलनका क्रममा भएका घाइते तथा वफादार कार्यकर्ताहरूलाई समेत बेवास्ता गरेको महतोको आरोप छ। अब तपाईंले नयाँ पार्टी खोल्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अहिले पार्टी खोल्ने कुरा नगर्नुहोस्। हामी अहिले अध्यक्षज्यूको कार्यशैलीको विरुद्धमा विरोधमा उत्रिएका हौ। आवश्यकता अनुसार संघर्ष गर्दै जान्छौं।’

केन्द्रीय समितिको बैठकमा शीर्ष नेता द्वय महतो र झाले बहिस्कार गरे पनि निकट केन्द्रीय सदस्यहरू भने बैठकमा सहभागी भएका छन्। जनता समाजवादी पार्टी ९जसपा० भित्र विवाद उत्कर्षमा भएपछि ठाकुर, महतोका साथै शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले २०७८ भदौमा लोसपा गठन गरेका हुन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस