‘जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’
१८ फागुन २०७७
•
३ मिनेट पाठ
‘जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’
नेकपा ओली पक्षीय गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : उमेश पुन/नागरिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफू पक्षीय समूहको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रमुख सचेतक देव गुरुङलाई पहिले आफैंले राखेर पछि हटाएको उदाहरण दिए। ‘जुन हातले नाम लेख्यो, त्यही हातले नाम काट्न सक्छ। नियुक्ति दिनेले नियुक्ति खोस्न पनि सक्छ। जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु,’ उनले भने। एकतापछि बनेका केन्द्रीय सदस्यहरूलाई आफूले मनोनीत गरेकाले उनीहरूलाई हटाउने अधिकार पनि आफूसँग भएको उनको जिकिर थियो।




प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई बहुमत भए आफूले बोलाएको बैठकमा आएर पुष्टि गर्न चुनौती दिए। ‘उहाँहरू बहुमत छ भन्नुहुन्छ तर बहुमत कहाँ पुष्टि भयो ?’ उनले भने, ‘त्यो बहुमत होइन। कार्की बैंकेटमा भोज खान आएका मान्छेलाई गनेर हामीसँग यति मान्छे छन् भनेर बहुमत पुग्छ ? पार्टीले बोलाएको, अध्यक्ष र महासचिवले बोलाएको बैठकमा विधिवत् रूपमा आउनुप¥यो नि !’ उनी दाहाल–नेपाल समूहले दाबी गरेको बहुमत आफैंले दिएको भन्नसमेत पछि परेनन्। ‘उनीहरूले भनिरहेको बहुमत मैले दिएको हुँ, एकताका लागि भनेर दिएको हुँ। महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको हो र त्यो ? त्यसैले उनीहरूलाई हटाउने अधिकार पनि मसँग छ।’

प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउनसमेत चुनौती दिए। उनले विधि, पद्धति र प्रक्रियाबाट नभई आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट जबर्जस्ती गलहत्याउने प्रयास भइरहेको दाबी गरे।  

‘प्रधानमन्त्री हटाउने विधि, पद्धति र प्रक्रिया हुन्छ। उहाँहरू खालि गलहत्याउने कुरा गर्नुहुन्छ। कुन लोकतान्त्रिक अभ्यासमा यस्तो हुन्छ ?’ उनले भने। सक्ने भए कुस्ती खेलेरै आफूलाई हटाउन पनि चुनौती दिए। ‘कुस्ती नै खेल्ने हो र आफू बलियो छु भन्ने लाग्छ भने प्रतिस्पर्धामा आउनुस्, जो जित्छ, त्यही हुन्छ प्रधानमन्त्री। गलहत्याउने परिपाटी भन्दा त कुस्तीकै नियम ठीक छ।’ उनले कथंकदाचित आफूलाई अपराधै गरेर प्रधानमन्त्रीबाट हटाइहाले भने पनि डेढ वर्षपछि दुई तिहाइ मतसहित सरकारमा आउने विश्वास व्यक्त गरे। त्यतिबेलासम्म आफूहरू प्रतिपक्षमै बस्न तयार रहेको उनको स्पष्टोक्ति थियो।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाका कारण देशमा अन्योल सिर्जना भएको बताए। ‘जे भए पनि सर्वोच्च अदालतले फैसला गर्‍यो, हामी त्यसलाई मान्छौं,’ उनले भने। तर फैसलाले के परिणाम दिन्छ भनेर हेर्नुपर्ने उनको भनाइ थियो। ‘कता जान्छ देश ? स्वस्थ अभ्यासतिर जान्छ कि अस्वस्थ अभ्यासतिर। हामीले हेर्नु छ,’ उनले भने। सर्वोच्चको फैसला मानेरै फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरिएको जानकारी उनले दिए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलासँगै ‘दिए खान्थें मायाको दाहिने हातैले’ भन्दै प्रधानमन्त्री बन्न दौडादौड सुरु भएको भन्दै दाहाल–नेपाललाई कटाक्ष गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रियत, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालगायत राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिएकाले आफूविरुद्धको षड्यन्त्रमा देशभित्र र बाहिरका शक्तिहरू लागिरहेको बताए। तर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गरेरै छाड्ने दृढता उनले व्यक्त गरे। उनले आफूमाथि कुनै पनि बेला सांघातिक हमला हुन सक्ने आशंका गरे। ‘यदि ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने, ‘तर त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउँछौं।’ उनले आफू नरहे पनि पार्टी र आन्दोलन निरन्तर रहने विश्वास व्यक्त गर्दै भने, ‘हाम्रो आन्दोलनले प्रतिक्रियावादी तत्वहरू र तिनका मान्छेहरूसँग घुँडा टेक्नुहुँदैन, देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि आफू सधैं लड्ने प्रतिज्ञा गरे। उनले आफू र आफ्नो पार्टी लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिबाट टाढा नजाने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले आफूविरुद्ध १९ पन्ने झुटा लाञ्छनाहरूको पुलिन्दा विधिवत् रूपमा ल्याइएको र यसलाई विश्वभर फिँजाइएको गुनासो गरे। उनले आफूले सही बाटो लिएको जिकिर गर्दै पार्टी शुद्धीकरण र सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
अर्को समाचार
कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी
२१ मंसिर २०७८
•
२ मिनेट पाठ
कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।




संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन्। संस्थापन पक्षबाट पूर्वमन्त्री एवम् कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाल, पूर्वसभासदद्धय आशा बिक र मैकुलाल बाल्मिकी तथा दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण बिक रसाइली आकांक्षी छन्। पूर्वमन्त्री हमाल संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यका लागि आकांक्षी देखिएका छन्। कोइरालाले केन्द्रीय सदस्य(महिला)मा लड्ने आकांक्षा राखेकी छन्।

यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। पूर्वसभासद बल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रीय सदस्यको आकांक्षी छन्। पूर्वसभासद आशा (दलित महिला) बाट केन्द्रीय सदस्यको आकांक्षी छिन्। नेपाली कांग्रेसको विधान अनुसार दलित कोटाबाट एक जना सह–महामन्त्रीसहित पुरुष ५ र महिला ४ जना निर्वाचित हुने व्यवस्था छ।

पूर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा(संस्थापन) प्यानलबाट केन्द्रीय सदस्यमा आफूलाई उम्मेदवार बनाउन नेताहरु लागेको बताए। ‘लुम्बिनी प्रदेशबाट तपाई हाम्रो टिमको उम्मेदवार बन्नुपर्छ भनेर केन्द्रका नेताहरुले मलाई भन्नु भएको छ,’ उनले भने, ‘मलाई केन्द्रीय सदस्य बनाउन धेरै नेता र कार्यकर्ताको चाहना छ।’ यस्तै अर्का आकांक्षी कोइरालाले संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य(महिला)मा चुनाव लड्ने तयारी गरिरहेको बताइन्। ‘मैले माहोल हेरिरहेकी छु, टिमका नेताहरुबाट राम्रै प्रतिक्रिया आइरहेको छ, टिमका सबै नेताहरु एक भइदिए हुन्थ्यो,’ उनले भनिन्।  

केन्द्रीय सदस्यको आकांक्षी आशाले ४ जना दलित (महिला) कोटामा आफू पनि पर्ने सम्भावना रहेको बताइन्। ‘दलित महिला कोटाबाट केन्द्रीय सदस्य लड्ने मेरो आकांक्षा छ, पार्टीको चुनाव हो, नेताहरुले कसरी मिलाउनु हुन्छ, त्यसमा भर पर्छ र मेरो सम्भावना बलियो नै छ,’ उनले भनिन्।

यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफू सिनियरमा चौथो नम्बर भित्र पर्ने भएकाले केन्द्रीय सदस्य (दलित पुरुष)को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए। ‘म अहिले दलित संघको केन्द्रीय उपाध्यक्ष पनि हुँ, नेताहरुले मिलाए भने म पहिलो नम्बरमै पर्छु,’ उनले भने।

केन्द्रीय सदस्यका आकांक्षी रहेका पूर्वसभासद बाल्मिकीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन्। ‘दलित पुरुषको कोटाबाट ५ जना निर्वाचित हुने व्यवस्था छ, म पनि त्यसभित्र पर्ने विश्वास गरेको छु,’ उनले भने, ‘मलाई सबै नेताहरुले आश्वासन दिइसक्नु भएको छ, एक जना मधेसी दलितलाई पनि समावेश गर्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस