ओली समुहका केन्द्रीय सदस्य गुरुङद्वारा पद अस्वीकार
०९ पौष २०७७
•
१ मिनेट पाठ
ओली समुहका केन्द्रीय सदस्य गुरुङद्वारा पद अस्वीकार
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक नेताले पद अस्वीकार गरेका छन् ।  माछापुच्छ«े गाउँपालिका निवासी दलबहादुर गुरुङले ओली पक्षको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।




गुरुङले विहीबार एक प्रेस विज्ञप्ती जारी गरेर आफु सँधै पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । ‘मलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिन्छु,’ उनले अगाडि भनेका छन् ‘यद्दपी नेकपामा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ । म सधै विधि र विधानसम्मत सञ्चालित एकताबद्ध कम्युनिष्ट पार्टीको पक्षमा छु । त्यसैले केन्द्रीय सदस्य पद अस्वीकार गर्दछु ।’  ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेका गुरुङ नेकपा कास्की सचिवालय सदस्य हुन् ।
अर्को समाचार
कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी
२१ मंसिर २०७८
•
२ मिनेट पाठ
कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।




संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन्। संस्थापन पक्षबाट पूर्वमन्त्री एवम् कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाल, पूर्वसभासदद्धय आशा बिक र मैकुलाल बाल्मिकी तथा दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण बिक रसाइली आकांक्षी छन्। पूर्वमन्त्री हमाल संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यका लागि आकांक्षी देखिएका छन्। कोइरालाले केन्द्रीय सदस्य(महिला)मा लड्ने आकांक्षा राखेकी छन्।

यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। पूर्वसभासद बल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रीय सदस्यको आकांक्षी छन्। पूर्वसभासद आशा (दलित महिला) बाट केन्द्रीय सदस्यको आकांक्षी छिन्। नेपाली कांग्रेसको विधान अनुसार दलित कोटाबाट एक जना सह–महामन्त्रीसहित पुरुष ५ र महिला ४ जना निर्वाचित हुने व्यवस्था छ।

पूर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा(संस्थापन) प्यानलबाट केन्द्रीय सदस्यमा आफूलाई उम्मेदवार बनाउन नेताहरु लागेको बताए। ‘लुम्बिनी प्रदेशबाट तपाई हाम्रो टिमको उम्मेदवार बन्नुपर्छ भनेर केन्द्रका नेताहरुले मलाई भन्नु भएको छ,’ उनले भने, ‘मलाई केन्द्रीय सदस्य बनाउन धेरै नेता र कार्यकर्ताको चाहना छ।’ यस्तै अर्का आकांक्षी कोइरालाले संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य(महिला)मा चुनाव लड्ने तयारी गरिरहेको बताइन्। ‘मैले माहोल हेरिरहेकी छु, टिमका नेताहरुबाट राम्रै प्रतिक्रिया आइरहेको छ, टिमका सबै नेताहरु एक भइदिए हुन्थ्यो,’ उनले भनिन्।  

केन्द्रीय सदस्यको आकांक्षी आशाले ४ जना दलित (महिला) कोटामा आफू पनि पर्ने सम्भावना रहेको बताइन्। ‘दलित महिला कोटाबाट केन्द्रीय सदस्य लड्ने मेरो आकांक्षा छ, पार्टीको चुनाव हो, नेताहरुले कसरी मिलाउनु हुन्छ, त्यसमा भर पर्छ र मेरो सम्भावना बलियो नै छ,’ उनले भनिन्।

यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफू सिनियरमा चौथो नम्बर भित्र पर्ने भएकाले केन्द्रीय सदस्य (दलित पुरुष)को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए। ‘म अहिले दलित संघको केन्द्रीय उपाध्यक्ष पनि हुँ, नेताहरुले मिलाए भने म पहिलो नम्बरमै पर्छु,’ उनले भने।

केन्द्रीय सदस्यका आकांक्षी रहेका पूर्वसभासद बाल्मिकीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन्। ‘दलित पुरुषको कोटाबाट ५ जना निर्वाचित हुने व्यवस्था छ, म पनि त्यसभित्र पर्ने विश्वास गरेको छु,’ उनले भने, ‘मलाई सबै नेताहरुले आश्वासन दिइसक्नु भएको छ, एक जना मधेसी दलितलाई पनि समावेश गर्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस