म माथि गुण्डा परिचालन गरियोः नेता पौडेल
१७ मंसिर २०७७
•
२ मिनेट पाठ
म माथि गुण्डा परिचालन गरियोः नेता पौडेल
सर्बदलीय सहमतिमा पुल उद्घाटन गर्न बोलाएर आफूमाथि आक्रमण गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन्। आफूमाथि गुण्डा परिचालन गरिएको उनले बताए।




पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ करिब ५ बजे रिहा गरेको छ। उनलाई व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको थियो।  

पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि गएका थिए। पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

सो निषेधाज्ञाको अवहेलना गरेपछि प्रहरीले पौडेललगाएतका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

पौडेलसहित नेता तथा कार्यकर्तालाई जिल्ला समन्वय समिति तनहुँका शान्ति रमन वाग्लेको रहोबरमा छाडिएको तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले जानकारी दिए। 

तनहुँको सदरमुकाम दमौलीस्थित ब्यास नगरपालिका–१ लाई वडा नम्बर १० र १० सँग जोड्नेगरि तालघरेको बुल्दीपुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रण लिएको थियो। पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर लछारपछार गरेको छ। बुल्दी पुल उद्घाटन गर्न भनेर पुगेका पौडेललाई प्रहरीले उठाएर लगेको थियो। प्रहरीले डण्डाले आफूलाई छातीमा चोट लागेको पौडेलले बताए।  

‘मलाई सर्बदलीय सहमतिका आधारमा पुल उद्घाटन गर्न बोलाइएको थियो। त्यही अनुसार म पुल उद्घाटन गर्न दमौली आएको थिए,’ प्रहरी नियन्त्रणमै रहेको बेला टेलिफोनमा पौडेलले नागरिक न्यूजसँग भने, ‘तर, गुण्डा परिचालन गर्दै सरकारले प्रशासनको दुरुपयोग गरिएको छ। म माथि गुण्डा परिचालन गरिएको छ।’ दुवै पुल निर्माणमा आफैले अथक प्रयास गरेको उनले बताए। ‘मेरो आफ्नै प्रयासले यी दुवै पुल बनेका हुन्,’ उनले भने, ‘पुल बनाउन मैले गरेको प्रयासकै कदर गर्दै मलाई उद्घाटनका लागि बोलाइएको हो। तर, अहिले म माथि आक्रमण भयो।’

नेकपाका कार्यकर्तासहितको उपभोक्ता समिति बनाएर सबैको सहमतिमा उद्घाटन गर्न आफूलाई बोलाइएको पौडेलले बताए। ‘पुल निर्माणका लागि बनेको उपभोक्ता समितिमा कम्युनिष्टका कार्यकर्ता पनि छन्। सबैको सहमतिमा मलाई बोलाएर आक्रमण गरिएको छ,’ उनले भने, ‘प्रशासनको दुरुपयोग गरिएको छ।’  

दमौलीबाट कांग्रेसका कार्यकर्तासहित करिव २ किलोमिटर अगाडी पर्ने बुल्दी पुलमा निर्मित मोटरेवल पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो। नाराजुलुससहित गएका कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच भडप समेत भएको थियो। झडपको क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसहित एक दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका थिए भने केही नेता कार्यकर्ता घाइते भएका थिए।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
३ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस