आज मतदान
१४ मंसिर २०७६
•
५ मिनेट पाठ
आज मतदान
काठमाडौं – प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज मतदान हुँदैछ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष) सिटका लागि मतदान हुँदैछ। उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ। निर्वाचन आयोगले मतदानका लागि सम्मूर्ण तयारी पूरा भएको जनाएको छ।




प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले शनिबार बिहान ७ देखि साँझ ५ बजेभित्र आआफ्नो मतदान केन्द्रमा पुगी ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन्। ‘मतदानका लागि शान्तिसुरक्षालगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ,’ थपलियाले नागरिकसँग भने, ‘उपनिर्वाचन हुने क्षेत्रका सम्पूर्ण मतदातालाई ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्छु।’

आयोगका अनुसार तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित मतदाताले मतदान गर्न पाउनेछन्। मतदान सकिएपछि निर्वाचन अधिकृतले सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि गणना कार्य सुरु हुनेछ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र–१ (क), बाग्लुङ निर्वाचन क्षेत्र–२ (ख) र दाङ निर्वाचन क्षेत्र–३ (ख) मा मतदान हुनेछ। यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान हुनेछ। विभिन्न गाउँपालिका तथा नगरपालिकामा रिक्त वडाध्यक्षका ४३ स्थानका लागि हुँदैछ।

उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ मतदातामध्ये दुई लाख ३३ हजार चार सय दुई महिला, दुई लाख २० हजार सात सय १० पुरुष र अन्य दुईजना छन्। कास्की–२ मा ७१ हजार आठ सय ७१ जना मतदाता छन्। भक्तपुर–१ (क) मा ४५ हजार १५, बाग्लुङ–२ (ख) मा ३५ हजार १ सय ८४ र दाङ ३ (ख) मा ६८ हजार ७ सय १९ मतदाता छन्। स्थानीय तहतर्फ दुई लाख ३३ हजार तीन सय २५ मतदाता रहेको आयोगले जनाएको छ। आयोगका अनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन २०७४ पछि उपनिर्वाचन हुन लागेका क्षेत्रमा १६ हजार दुई सय १९ मतदाता थप भएका छन्।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेशसभा सदस्यका लागि १५ र स्थानीय तहका विभिन्न पदका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्। उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका तीन सय ३३ उम्मेदवारमध्ये राजनीतिक दलका दुई सय ५३ र स्वतन्त्र ८४ जना छन्। दुई सय ५३ पुरुष र ८४ महिला उम्मेदवार छन्।

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने

मतदाताले मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउनेछन्। तर आयोगले अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र नभएका मतदातालाई फोटोसहितको सरकारले जारी गरेको परिचय खुल्ने कागजका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले मतदाता नामावलीमा समावेश भएका तर मतदाता परिचयपत्र हराएको वा नलिएको/नपाएको अवस्थामा नेपाली नागरिकताको परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमति पत्र वा सरकारी निकायबाट जारी फोटोसहितको वैध परिचयपत्रका आधारमा पनि मत खसाल्न दिने निर्णय गरेको हो।
अर्को समाचार
राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो
०५ पौष २०८०
•
१ मिनेट पाठ
राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ। चुनावका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल रहनेछन्। साथै तिनै मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहनेछन्। देशभर जम्मा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।




राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ तोकिएको छ। मधेस प्रदेशका लागि महेन्द्र नारायणनिधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा रहेका छन्। बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुर तोकिएका छन्।

त्यसैगरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ रहेको छ। कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत रहेको छ भने सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्। साथै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख,  उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहने आयोगले जनाएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस