संसदीय विशेष समिति निष्क्रिय
१४ कार्तिक २०७६
•
४ मिनेट पाठ
संसदीय विशेष समिति निष्क्रिय
काठमाडौं – संसद् बैठक अवरुद्ध नहुने गरी संविधान, नियम र स्थापित परम्परासमेतलाई ध्यानमा राखेर सुझावसहितको प्रतिवेदन दिन गठन भएको विशेष समिति निष्क्रिय बनेको छ। सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक अवरुद्ध गरेपछि यस प्रकारको अवरोध सदाका लागि अन्त्य गर्ने भन्दै नेकपाका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन भएको थियो।




सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका विप्लव समूहका इन्चार्ज कुमार पौडेल र अमित यादवको कुवामा परेर मृत्यु भएको विषय र अमित यादवको मृत्युका विषयमा आन्दोलनमा रहेका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सरोजनारायण सिंहको मृत्यु भएपछि प्रमुख प्रतिपक्षीले संसदीय छानबिन समिति गठन गर्ने माग गरेको थियो। असार २४ गतेदेखि अवरुद्ध भएको संसद् करिब एक महिना अवरुद्ध हुने अवस्था आएपछि संसदीय विशेष समिति गठन गर्ने सहमतिमा पुगेपछि सदन सुचारु भएको थियो।

विशेष समितिलाई काम सुरु गरेको मितिले एक महिनाको कार्यदेश दिइएको भए पनि सो समयभित्र समितिले काम सम्पन्न गर्न सकेको छैन। समिति एक सदस्यले भने, ‘समितिको कार्यविधि नै तयार भएको छैन, कार्यविधि तयार गर्न सचिवालयलाई जिम्मा दिएको एक महिना बितिसकेको छ। २०४८ सालदेखि विभिन्न समयमा घटेका घटनाको पनि यो समितिले अध्ययन गर्ने तयारी गरेको छ। तर अध्ययन नै सुरु नगरेपछि विशेष समितिले कहिले प्रतिवेदन दिने हो अन्योल उत्पन्न भएको छ। विशेष समितिका संयोजक सुवास नेम्वाङलाई सभामुख बनाउने हल्ला पनि चलेकाले अब त्यसो भएमा यो समितिले कसरी काम गर्दछ त्यो हेर्न बाँकी नै छ।

प्रतिनिधिसभा भइरहेको अवरोधका सम्बन्धमा र आगामी दिनमा त्यसो हुन नदिने गरी आवश्यक सुझाव दिन ३० दिनको म्यादसहित साउन २० गते विशेष समिति गठन गरेको थियो। विशेष समितिमा कांग्रेस सचेतक पुष्पा भुसाल र कांग्रेस सांसद मीनेन्द्र रिजाल, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा सांसद विन्दा पाण्डे, सत्तारुढ दल समाजवादी पार्टी उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद लक्ष्मणलाल कर्ण सदस्य रहेका ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

‘यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन’ भन्दै अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति भएको थियो।’ संसदीय समिति गठनको विषयमा असार २४ देखि संसद् अवरुद्ध भएपछि २ पटक सूचना जारी गरेर बैठक स्थगित भएको थियो। सो समयभित्र प्रमुख प्रतिपक्षबाट ४ पटक सभामुख अगाडिको ‘बेल’ घेराउ भएको थियो। संसद् अवरुद्ध भएपछि संसद् कार्यसूचीमा प्रवेश हुन पाएको थिएन। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १७७ बमोजिम विशेष समिति गठन गरिएको थियो। समितिमा रहेका सदस्यको नाम सभामुखले पढेर सुनाएका थिए।
अर्को समाचार
विपद्बबारे संंसदीय समिति निष्क्रिय
२१ कार्तिक २०८०
•
३ मिनेट पाठ
विपद्बबारे संंसदीय समिति निष्क्रिय
भूकम्पका कारण जाजरकोट र रुकुमको जनजीवन अस्तव्यस्त छ। वृद्ध बालकदेखि सुत्केरी, किरियापुत्री सबैको बिजोगको अवस्था छ। भौतिक संरचना ध्वस्त भएकाले र डरका कारण सबैजना बाहिर चौरमा बसेको अवस्था देखिन्छ। चिसो बढ्न थालेकाले त्यस ठाउँमा बालक र वृद्धाहरू जोखिममा पर्ने सम्भावना छ। त्यस्तो अवस्थामा संसदीय समिति कहाँ छन् थाहा छैन। जनताका समस्या सम्बोधन हुन नसके समितिले सरकारलाई दबाब दिनुपर्ने हुन्छ।




साथै सरकारका प्रतिनिधिलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने हुन्छ। तरपनि यस्तो अवस्थामा प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका चार समितिको बैठक प्रभावकारी देखिएको छैन।

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरू यतिबेला कहाँ छन् ? के गरिरहेका छन्? जनताले थाहा पाएका छैनन्। राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने भूकम्पप्रभावित क्षेत्रमै पुगेर रेडियो कार्यक्रम सञ्चालन गरेका छन्। राज्य व्यवस्था समितिका अन्य सांसद गृह जिल्लामा पुगेका छन्। सभापतिले कोरम नपुगेर बैठक राख्न सकेको अवस्था छैन। भूकम्प गएको तीन दिनपछि सोमबार सभामुखले राज्य व्यवस्था समितिको टोलीलाई भूकम्पप्रभावित क्षेत्रमा जान भनेपछि समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने तयारी भएको छ। सभामुखको भनाइपछि सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय लिएका थिए। सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायत अतिरिक्त सेवासुविधासमेत नलिई अनुगमनमा जान भनेका छन्। ‘संसद्को नियमित अधिवेशनसमेत अन्त्य भएको अवस्था छ। जनताको आवाज संसद्मा पुग्ने अवस्था छैन,’ सभामुखले भनेका थिए।

अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ। रवि लामिछाने, गगन थापा र विश्वप्रकाश शर्मा सो ठाउँमा पुगिसकेका छन्। शिक्षा र स्वास्थ्य समितिको सोमबार बैठक बोलाए पनि कोरम नपुगेपछि जाजरकोट र रुकुममा स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारलाई मौखिक निर्देशन दिएको छ। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले आइतबार आकस्मिक बैठक बसी काठमाडौं उपत्यकामा रहेका सांसदलाई समितिमा बोलाएर छलफल नै नगरी राहत, उद्धार, पुनःस्थापनामा लाग्न सरकारलाई निर्देशन दिएको समितिमा सभापति प्रकाश पन्थले बताए।

समितिहरूले सरकारका प्रतिनिधिलाई समितिमा बोलाएर समस्या के छ? कति राहत आवश्यक छ? जस्ता विषयमा छलफल गर्न नसक्नु र छलफलका आधारमा निर्देशन दिन नसक्नुको पछाडि संसद् नै बेकामे अवस्थामा रहेको अवस्था छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा सांसदलाई वर्षमा बजेट अधिवेशनको १५ दिनको तलबभत्ताबाहेक अरू केही उपलब्ध गराउन आवश्यक नरहेको बताएका छन्। संसदीय समितिले बेथितिबारे छलफल गर्ने, अनुगमन गर्ने, निगरानी गर्नेजस्ता काम गर्न नसक्नुले शर्माले सो कुरा भनेको हुनुपर्छ भन्ने विश्लेषण छ।

कोरोनाजस्ता महामारीका बेला भर्चुअल बैठक गरेर रचनात्मक सुझाव दिने र सरकारलाई उत्तरदायी बनाउने कामको धेरथोर सुरुवात भएको थियो। अहिले पनि सांसद उपत्यकामा नभएमा भर्चुअल बैठकबाट पनि काम गर्न सकिने अवस्था रहेको संसद् सचिवालयले जनाएको छ। समितिमा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत भए मात्र गणपुरक संख्या पुगेको मानिन्छ!
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस